‘२१ वर्षिय सुन्दरी कन्यालाई केटा चाहियो’

“९८४३२८४२४२ नम्वरको मोवाईलमा ३ घण्टीभन्दा वढी बज्न नपाउदै फोन उठ्यो ।”
पुरुषको आवाज आयो ~ हेलो  !
हेलो ! सोधे – ‘कुन ठाउँमा परो होला ?
 मोरङ जिल्ला ।
मोरङको कुन ठाउँमा ?
दुलारी गाविस हो ।
किन होला ? ती पुरुषले सोधे ।
ए,अ मैले कान्तिपुरमा विज्ञापन हेरेको थिए अनि फोन गरेको । 
उनले भने – हो हो मैले विज्ञापन गरेको । उनी मेरो भान्जि हुन् । उसको विहे गर्नुपर्ने थियो । उनले सरासर भनिरहे ।
तपाई कहाँवाट हो ? त्यति भनिसकेपछि उनले प्रश्न गरे ।
ए, म यहिँ ।
यहिँ भनेको ?
काठमाण्डौवाट ।
उनले सोधे , तपाई के गर्नुहुन्छ ?
म खासै केहि गर्दिन ।
केहि नगर्नेलाई त हामी भान्जी दिदैनौ ।
मैले सोधे – अनि यो विज्ञापनमा त २१ वर्षिय सुन्दर सुशिल रोजगार क्षेत्री कन्यालाई ३४ वर्षभन्दा माथीको कुमार,विदुर डिभोर्स जुनसुकै जातवर्गको जिवनासाथी चाहियो भनेर विज्ञापन गर्नुभाको छ त ? किन धेरै उमेर भाको केटा खोज्नुभाको ?
उनले भने “मेरी भान्जीले ९ कक्षा मात्र पढेकी छिन् । धेरै पढ्न सकेकी छैनन् । उनको उमेरका केटाहरुले धेरै पढेका हुन्छन् । फेरी भान्जिको उमेरका केटाहरुसगँ विहे गर्दा घरवार राम्रो नभाको पनी देखेका छौ । घरजम अलि दिगो हवस् भन्ने चाहेरै अलि पाको उमेरको केटा खोजेको हो ।”
अनी ९ कक्षा पढेकी तपाईको भान्जी जागिरे छिन् त ?
अ अहिल्य काठमाण्डौको होटल साग्रिलामा तालिम लिईरहेकी छिन् अव ‘जव’ गर्छिन ।

ए हुन्छ मैले किन यति धेरै फरक उमेरमा विवाह गर्न खोज्नुभएको रैछ भनेर जान्नको लागी फोन गरेको ।
ए,, ल हुन्छ ठिकै छ ।
~~~ फोन काटिन्छ~~~
काठमाण्डौको एक सञ्चार गृहमा कार्यरत एक पत्रकारले गर्नुभएको कुराकानीमा आधारित ।

९ चैत २०६९ मा कान्तिपुर दैनिकको पृष्ठ ११ को वर्गकृत डिस्प्लेमा छापिएको यो विज्ञापनपनी हेनुस् न ।

3 Comments

Leave a Reply