स्लो इन्टरनेटमा द्रुत फेसबुक : फेसबुक लाइट

मोबाइलमा पर्याप्त इन्टरनेट डाटा छैन वा इन्टरनेट स्पिड नै स्लो छ भने त्यस्ता प्रयोगकर्ताको समस्यालाई ध्यानमा राखेर फेसबुकले हालै नयाँ एन्ड्रोइड एप, फेसबुक लाइट (Facebook Lite) सार्बजनिक गरेको छ । 
१६ एमबीे हाराहारीको (डिभाइस अनुसार फरक-फरक) म्यासेन्जर, च्याट र फोन टकको लागी विशेषत: उपयोगी छ ।  तर १ एमबी भन्दापनि कम फाइल साइजको फेसबुक लाइट एपमा न्युज फिड, लाइक, कमेन्ट, सेयर, नोटिफिकेशन, म्यासेज, फ्रेन्ड रिक्वेस्ट् र एसेप्ट, लगायतका सुविधा उपलब्ध छ । 
४३५ केबी फाइल साइज रहेको लाइटको विशेषता भनेकै स्लो मोबाइल नेटवर्क र एन्ड्रोइड मोबाइल फोनमा चाडो डाउनलोड र रन हुनु हो । तर फोन र भिडियो टक भने लाइटमा उपलब्ध छैन ।

टुजी नेटवर्कको लागि प्रभावकारी यो एप एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपका प्रयोगकर्ताले प्रयोग गर्न सक्ने पनि फेसबुकले जनाएको छ । 

फिचर
म्यासेन्जर
लाइट
च्याट र भिडियो/अडियो टक
न्युज फिड, लाइक, कमेन्ट, सेयर, नोटिफिकेशन, म्यासेज, फ्रेन्ड रिक्वेस्ट् र एसेप्ट
औषत १६ एमबी (डिभाइस अनुसार फरक)
१ एमबी भन्दा पनि कम (४३५ केबी)
सबै इन्टरनेट जेनेरेशनमा प्रभावकारी
दोश्रो जेनेरेशनलाई ध्यानमा राखेर डेभलप गरिएको
विश्वव्यापी उपलब्ध
एसिया, अफ्रिका, ल्याटिन अमेरिका र युरोपमा मात्र उपलब्ध

Leave a Reply