स्काईप चलाउनुहुन्छ ?, “यस्ता रहस्य थाहा पाईराख्नुस्”

– Skype कसको पो कम्प्युटरमा नहोला र ? अन्तराष्ट्रिय कलमा गरिने खर्च स्काईपले बचत गरिरहेको छ । ईन्टरनेटको विस्तार र पहुचँकै कारण देश भित्रै पनी स्काईप कल वढ्दो छ । स्काईपवाट गरिने कलले फोनको पैसा त बचत गर्छ नै Text Message पठाउने पैसा पनी जोगिन्छ । 
“आमने-सामने” भएरै कुराकानी गर्न पाईने भएकैले स्काईपको उपयोग महत्वपुर्ण छ । पिसीमा मात्रै नभएर स्मार्ट मोवाईलवाट पनी प्रयोग गर्न सकिने स्काईपमा धेरै फिचरहरु छन् जुन अहिल्यसम्म तपाईले प्रयोग नगर्नुभएको पनी हुनसक्छ । हेर्नुहोस्, महत्वपुर्ण फिरचहरु :

१. Emoticon : स्काईप च्याट गर्दै गर्दा च्याट अनुसारको चलायमान काटुन चित्रहरु पठाउदै कुराकानी गर्न सक्नुहुन्छ । यसले च्याटको सान वढाउछ भने आफ्नो भावना वाड्न मद्धत गर्दछ ।

 २.Font :  याहु म्यासेन्जरमा फन्ट चेन्ज गर्न सजिलो हुन्थ्यो । च्याट वक्स नजिकै अप्सन दिईएको हुन्थ्यो तर स्काईपमा भने फन्ट चेन्ज गर्न केहि मेहनत गर्नुपर्छ । आफुले लेख्दै आएको च्याटको फन्ट परिवर्तन गर्दै च्याट गर्नुको मज्जै भिन्नै छ ।
फन्ट चेन्ज गर्नको लागी मेनुवारको Tools मा जानुस् , Option मा क्लिक गर्नुभयो भने क्यापिटलमा IM & SMS देख्नुहुन्छ । त्यहाँ क्लिक गर्नुभयो भने मात्रै पनी IM appearance मा क्लिक गरिहाल्नुस् । अव भने Change Font  देख्नुहुन्छ । र आफुलाई मन परेको फन्ट छनोट गरेर च्याट सुरु गर्न सक्नुहुन्छ ।
३. Quick Edit Message : फेसवुक, गुगल प्लस तथा याहु म्यासेन्जरमा च्याज गर्दै गर्दा एक पटक Message  पठाईसकेपछि ईडिट गर्न सकिदैन तर स्काईमा भने ईन्टर भईसकेको Message लाई पनी Quick Edit गर्न सकिन्छ । एउटा कुरा भन्नुपर्ने थियो भयो अर्कै , तुरुन्तै म्यासेज सच्याई हाल्नुपर्ने भयो भने Quick Edit  गर्न सक्नुहुन्छ । छैन त काईदा ? Message edit गर्नको लागी पठाईएको Message मा राईट क्लिक गर्नुस र Edit Message मा गएर Text सच्याई हाल्नुस् ।  

४. Clear History : सम्पुर्ण म्यासेजहरु डिलिट गर्नुपरो भने कसरी गर्ने  ? फेसवुकमा जस्तो सजिलो पनी छैन । तर चिन्ता नलिनुस् । सम्पुर्ण म्यासेज डिलिट गर्नको लागी Tools मा जानुस् । Option मा क्लिक गर्नुस् र Privacy  हुदै Privacy Setting मा क्लिक गरिसकेपछि  दाहिने दिर्शातर्फ Clear History देख्नुहुन्छ । त्यहाँ Click गर्नुभयो भने मात्रै पनी तपाई Clear History गर्न सफल हुनुभयो ।

 ५. Share Screens : भिडियो च्याटको साथसाथै स्काईपको अर्को विशेष महत्व भनेको Share Screens पनी हो । स्काईपको Share Screens ले TeamViewer को काम समेत गर्ने हुदा यो अति नै उपयोगी छ । स्त्रिन सेयर भन्नाले जस्तो कि तपाईले च्याट गर्दै गरेको व्यक्तिलाई आफ्नो Desktop Share गर्न चाहनुहुन्छ भने सक्नुहुन्छ र उसको Desktop पनी हेर्न सक्नुहुन्छ । 

विशेषत : कम्प्युटरमा रहेर नयाँ जानकारी लिन एवं जानकारी वाड्नको लागी Share Screens महत्वपुर्ण छ  । Share Screens गर्नको लागी Call मेनुवार हुदै  Share Screens मा क्लिक गर्नुस र “Share Screens  Call गर्ने हो ? भन्ने अप्सन देखाउनासाथ क्लिक गरिहाल्नुस् । तपाई Share Screens गर्न सफल हुनुभयो ।
 Skype मा यति मात्रै आकर्षण फिचर छैन अन्य धेरै  फिचरको प्रयोग गर्दै कललाई रोमाञ्जक वनाउन सकिन्छ ।  । जस्तो Group chat, Hide Notifications , Leave Conversation , Share & Rename Contacts जस्ता फिचरहरु पनी निकै उपयोगी छ । 

2 Comments

Leave a Reply