‘सोसिएल मिडिया चिरफारमा Social Bakers’

– “नेपालमा फेसवुक यति लाखले चलाउछन् ,सवैभन्दा वढी लाईक पाएको पेज यो हो, ट्वीटरमा यसको फलोअर्स यति छन् , युट्युवमा सवैभन्दा वढी भिडियो यो पो हेरिएको छ” लगायतका जानकारी/समाचारहरु तपाईले पत्रपत्रिका तथा अनलाईनवाट पढ्दै आउनुभएको होला । खासमा ती जानकारी कसरी खोजकर्ताले सहजै पत्ता लगाउछन् भन्ने पनी त लाग्न सक्छ । यस्तै जिज्ञासा तपाईमा छ भने यो थाहा पाईराख्नुस् कि वढीभन्दा सामाजिक सञ्जालसगँ सम्वन्धीत तथ्याकंहरु socialbakers.com वाट निकालिएको हुन्छ । 
सोसिएल वेकर्सले सन् २००८ देखी सोसिएल मिडियाको विश्लेषण तथा लेखाजोखा गर्ने काम गर्दै आईरहेको छ । यसले निर्माण गर्ने  तथ्याकंलाई ठुला-ठुला कम्पनी तथा सस्थाहरुले पनी आधिकारीक मान्ने गरेका छन् । सोसिएल वेकर्सले फेसवुक, ट्वीटर, लिकंदिन, युट्युव एवं पछिल्लो समयमा आएर गुगल प्लसको वृहत विश्लेषण तथा साविस्तार तथ्याकं प्रस्तुत गर्ने काम गरिरहेको छ । सोसिएल मिडिया सम्वन्धी अध्ययन तथा मार्केटिङ गर्नेहरुको लागी सोसिएल वेकर्स नै हालसम्म एकमात्र उपयोगी साईट हो ।
सुरु गर्ने हैन ?
सोसिएल वेकर्स डटकममा जानुस् । कुन सञ्जालको वारेमा जानकारी लिन चाहुदै हुनुहुन्छ ? तपाईले तुरुन्तै तथ्याकं प्राप्त गर्न सक्नुहुन्छ । तथ्याकंका साथसाथै प्रयोग दर घटवढ के कस्तो छ । कुन देशवाट के कति प्रतिशत मानिसहरु सक्रिय भएका छन्, महिला कती, पुरुष कती, कुन उमेर समुहका व्यक्तिहरु छन्  लगायतका जानकारी सहजै पाउन सक्नुहुन्छ ।


भिडियोमै हेर्नुस् , सोसिएल वेकर्सले कसरी सोसिएल मिडियाको तथ्याकं हसजै प्रस्तुत गर्छ त ?

Leave a Reply