सित्तैको ‘विण्डोज १०’ अपग्रेड गर्ने हैन ?

माइक्रोसफ्टले भर्खरै सार्बजनिक गरेको ‘विण्डोज १०’ अपग्रेड गर्ने तरखरमा हुनुहुन्छ भने ढिलाई किन ? विण्डोज ७, ८ र ८.१ चलाउदै आउनुभएको छ भने आजै,अहिल्यै ‘विण्डोज १०’ अपग्रेड गर्न सक्नुहुन्छ । 



थाहा पाइराख्नुस् : तपाइको कम्प्युटरमा जेन्युन विण्डोज ७,८ वा ८. १ छ भने मात्र ‘विण्डोज १०’ निशुल्क अपग्रेड गर्न पाउनुहुनेछ । जेन्युन भएरपनि विण्डोज भिष्टा र एक्सपी प्रयोग गर्नेहरुले भने निशुल्क ‘विण्डोज १०’ प्रयोग गर्न पाउदैनन् । त्यसको लागि पैसा तिर्नुपर्ने हुन्छ । 

पढ्नुस् : यस्तो छ ‘विण्डोज १०’ को आकर्षण फिचर


‘विण्डोज १०’ अपग्रेडको लागी यसो गर्नुस् : 

सबैभन्दा पहिले ‘मिडिया कृयशन टुल’ डानलोड गर्न यहाँ क्लिक गर्नुस् । क्लिकपछि फाइल डाउनलोड गर्नुपुर्व आफ्नो कम्प्युटर कुन विट भर्सनको हो ? सोही अनुसार अप्सनमा क्लिक गर्नुस् । तलको फोटोमा देखाइएको जस्तो । 

कम्प्युटर विटको छनोटपछि फाइल डाउनलोड हुन सुरु हुन्छ तर त्यसमा दुई वटा अप्सन देख्नुहुनेछ ।  

1. Upgrade this PC now

2. Create installation media for another PC


    चलाउदै आएको कम्प्युटरमा ‘विण्डोज १०’ अपग्रेड गर्दैहुनुहन्छ, त्यसैले Upgrade this PC now छनोट गर्नुस् । 


    त्यसपछि चै यो जिआइएफ फोटो हेर्नुस् : (यहाँ ‘विण्डोज १०’ पुर्ण रुपमा अपग्रेडसम्मको फोटोहरु संकलित छन् । )















    यदी विण्डोज १० अपग्रेड गर्दैगर्दा “Something Happened” भन्यो भने ? 



    यदि तपाइको कम्प्युटरमा English (United States) बाहेकका अरु भाषा सेट भएको खण्डमा ‘विण्डोज १०’ इन्सटल हुन सक्दैन । “Something Happened” भन्ने म्यासेज देखिन्छ र अपग्रेडको काम अघी बढ्दैन । 

    त्यस्तो अवस्थामा किवोडमा विन्डोज आइकन र आर (Winkey+R) एकै पटक प्रेस गर्नुस् । रन (Run) पपअप देखिनेछ। त्यसमा intl.cpl टाईप गर्नुस् र इन्टर गरेपछि English (United States) भाषा छनोट गर्नुस् । अब बल्ल ‘विण्डोज १०’ इन्सटल गर्ने बाटो खुल्छ र तपाइले सफलतापुर्वक आफ्नो कम्प्युटरमा ‘विण्डोज १०’ इन्सटल गर्न सक्नुहुन्छ । 

    Leave a Reply