संसारनै यूट्युवमा (ग्राफमै हेर्नुस्)

– ईन्टरनेटको सहायताले तपाईलाई विश्व अवलोकन गर्ने मन छ ?  समाचार पढेर, फोटो हेरेर हैन । यूट्युवको भिडियो  हेरेरै विश्वलाई छुन सक्नुहुन्छ ।  यूट्युवमा के कती भिडियो, भिवर होलान अड्कल लगाउन सक्नुहुन्छ ? मासिक ८० करोड भिजिटरहरु चार अर्व घण्टा समय युट्युवमै विताईरहेका छन् । अचम्ममा पर्नुभएको होला हैन, प्रत्येक सेकेण्ड ४६ हजार २ सय ९६ यूट्युव भिडियो विश्ववाट हेरिएको छ ।  धेरै लामो ईतिहास छैन, मात्र ८ वर्षमा यो सम्भव भएको छ । 

गुगलले सन् २००६ मा एक दशमलव ६५ अरव डलरमा चाड् हर्रे,स्टिभ चेन र दावेद करिमसगँ खरिद गरेको थियो । उनीहरुले एक वर्षमै त्यतिका धेरै पैसा पाएका थिए । गुगलले यूट्युव खरिद पश्चात  व्लग, बेवसाईट, अनलाईन स्टोर, ईकसर्म स्टोर जताततैवाट भिडियो संकलन हुने काम अघि वढ्यो । यूट्युव खरिद गरेको मात्र १८ महिनामै  गुगलले आफ्नो लगानी उठाउन सफल भएको थियो । अव सोच्नुस् आठवर्षमा के कति कमायो होला ? छोड्दिनुस् हिसाव गरेर दिमाख दुखाउने काम मात्रै हुन्छ । 
यूट्युवमा हिशात्मक (साम्प्रदायिक), सेक्स लगायतका भिडियो हुदैनन भएपनि हटाउदै गएको पाईन्छ । यो मनोरञ्जन लिनेदेखी शिक्षा वाड्नेसम्मको लागी प्रयोग गरिन्छ । यूट्युवले अर्को क्रान्ति ग¥र्यो, त्यो हो, अनलाईनवाटै धेरैभन्दा धेरै टेलिभिजन सुरुवात भए ।    अनलाईन टेलिभिजन हेर्न पाईन्छ भने किन स्टेशनले  प्रशारण गर्ने टेलिभिजन कार्यक्रम पर्खिरहनुपरो र ? अर्को मुख्य विषय त झन  छुटाउनै भएन, यसवाट पैसा कमाउन पनी सकिन्छ । कसरी यूट्युववाट पैसा कमाउने त ? अघिल्लो व्लग हेर्नुस् 

यूट्युवका क्रान्तिकारी कदमहरु ~

~ फेव्रुअरी,सन् २००५ मा स्थापना । 
~ पहिलो अपलोड भएको भिडियो ‘मि एट् दि जु’
~ नोभेम्वर,सन् २००९ मा फुल एचडी सुरुवात ।
~ मे सन् २०१० मा २ अर्व भिजिट ।  
~ सन् २०१० मा ट्रिउभिउ विज्ञापनको सुरुवात । 
~ एक लाख भन्दा वढी पार्टनर प्रोग्राम सख्या । 
~ डिसेम्वर सन् २०११ मा पुर्न: डिजाईन । 
~ एक अर्वभन्दा वढीले हेरेको भिडियो (गंगनम स्टाईल )
~ दोश्रो ठुलो सर्च ईन्जिन ।
~ ८ सय मिलियन भन्दा वढी मासिक भिजिटर । 
  
ग्राफ हेरेरै थाहा पाउनुस् यूटुवको कमाल । 
Brief History Of YouTube

Leave a Reply