“यो हो नि,ब्लग हिट गराउने ५ पागलपन तरिका”

~ विष्णु सुवेदी
व्लग एउटा खुला पुस्तक हो । सामान्य अर्थमा तपाइ आफूले जानेका कुराहरू लेख्नुहुन्छ, काँटछाँट गरी मिलाउनुहुन्छ र त्यसलाई व्लगमा पोष्ट गर्नुहुन्छ । यो नै व्लगिङ्ग हो । तपाइ लेख्न त लेख्नुहुन्छ, पोष्ट पनि गर्नुहुन्छ । तर पढ्ने कसले त ? यो नै व्लगिङ्गको मुख्य विषयवस्तु हो अर्थात भिजिटर नै व्लगका गहना हुन् ।
व्लग वनाइसकेपछि यसलाई प्रमोट गर्ने धेरै तरिकाहरू छन् । आजकल Social Media , जस्तै Facebook, Twitter जस्ता सामाजिक सञ्जालहरूले गर्दा व्लग तथा वेवसाइटहरू प्रमोशनका लागि सजिलो भएको छ ।

 आफ्नो व्लगको वारेमा फेसबुक पेजद्वारा प्रचार गर्ने, गु्रपहरूमा पोष्ट गर्ने, म्यासेजबाट जानकारी दिने तथा ट्वीटरवाट जानकारी दिने साथसाथै एउटै उद्देश्य वोकेका व्लगहरूमा कमेन्ट गर्ने जसमा आफ्नो व्लगको लिंक राख्ने केही सामान्य प्रचारका तरिकाहरू हुन्, यसका साथसाथै व्यानर तथा लिंक साटासाट पनि व्लग प्रचारको अर्को प्रभावकारी तरिका हो ।
 यस्तै पेड एडभर्टाइजिङ्ग अर्थात पैसा तिरेर गरिने विज्ञापनद्वारा पनि व्लगमा भिजिटहर बढाउन सकिन्छ । गुगल, याहु, फेसबुक लगाएत अन्य धेरै सेवा प्रदायकहरूसंग यस्तो सुविधा लिन सकिन्छ । यी त भए व्लग कसरी प्रचार गर्ने भन्ने वारेका सामान्य तरिकाहरू । 
यदी तपाइले यो लेखको शीर्षक ध्यान दिएर पढ्नुभएको छ भने तपाइलाई अचम्म लाग्नसक्छ । हो, व्लग प्रचार गर्ने सामान्य तरिकाहरू मात्र छैनन् केही पागलपन तरिकाहरूको प्रयोगवाट पनि व्लग प्रचार गर्न सकिन्छ । आउनुस् हेरौ के के रैछन् त यस्ता असामान्य तरिकाहरू :
तरिका नं १:स्कुल/कलेजको प्रयोग :
हो, तपाइ आफ्नो व्लगको वारेमा जानकारी दिन स्कुल वा कलेजको पनि प्रयोग गर्न सक्नुहुन्छ । कसरी गर्ने त स्कुल/कलेजको प्रयोगवाट व्लगको प्रमोशन? तपाइको मनमा यही कुरा खेलिरहेको हुनुपर्छ ।

१.१  वेन्चमा व्लगको ठेगाना लेख्नुस् :

 आफु पढ्ने कक्षाको वेञ्चमा वा अन्य कक्षाहरूमा गएर     भएपनि वेन्चमा अलिक देखिने गरेर आफ्नो व्लगको ठेगाना लेख्नुस् । अवस्य त्यो लेखेको पढ्नेहरूले एकपटक तपाइको व्लग खोल्नेछन् ।
१.२    व्ल्याकबोर्ड/ह्वाइटवोर्ड मा व्लगको वारे लेख्नुस् :
 तपाइ स्कुल/कलेज जाने समय अलि छिटो पुग्नुस्, अरु साथीहरू त्यहाँ पुग्नुभन्दा नै पहिल्यै आफै त्यहाँ पुग्नुस् र आफ्नो व्लगको वारेमा कक्षामा भएका व्ल्याक/ह्वाइटबोर्डमा अलि गाढा अक्षरले लेख्नुस् ।
 
१.३    सूचनापाटीको प्रयोग :
यो पनि विद्यालयको प्रयोग गरेर व्लगको भिजिटर बढाउने अर्को असामान्य तरिका हो । सानो कागजमा (वा टाइप गरी प्रिन्ट नै गरेर भएपनि) लेखेर स्कुल वा कलेजको सूचनापाटीको एक छेउमा टासिदिनुस् । (यो मात्र तरिका हो, यसवाट उत्पन्न हुनसक्ने स्थितिप्रति लेखक जिम्मेवार हुनेछैन ) । 
२. सार्वजनिक सौचालयको प्रयोग :
 
    तपाइले देख्नुभएकै होला सार्वजनिक सौचालयका भित्ताहरूमा नानाथरी कुराहरू लेखिएका हुन्छन् । कतिले यसको दुरुपयोग गरिरहेका छन्, तपाइ चै यसलाई सदुपयोग गर्नुस्, तपाइ आफ्नो व्लगका भिजिटरहरू बढाउन चाहानुहुन्छ भने सार्वजनिक सौचालयका भित्ताहरूमा व्लगको ठेगाना लेखिदिनुस् ।
 
३. सडकका पेटीहरूमा वालपेन्टीङ्गः
    जसरी विभिन्न उत्पादकहरूले, राजनितिक पार्टीहरूले सडकका पेटीको उपयोग गरिरहेका छन् त्यसरी नै तपाई आफ्नो व्लग प्रचारको लागि सडकका पेटीहरूमा वाल पेन्टिङ्ग गर्न सक्नुहुन्छ । प्राय एसियन देशमा यसरी भित्ताहरूमा लेखेको कुनै पैसा तिर्नुपर्दैन । अनि भएन तपाइको फ्रि मा विज्ञापन ?
४. धुलो लागेका बस/कार :

    धुलो लागेका कार र वसका सिसाहरूको प्रयोग गरेर पनि तपाई आफ्नो व्लगको प्रचार गर्न सक्नुहुन्छ । कार वा बसमा धुलो लागेको देख्नेवित्तिकै जानुस्, आफ्नो व्लगको ठेगाना लेखिदिनुस्, कसैले पैसा माग्नेवाला छैन । असामान्य विज्ञापनको यो पनि प्रभावकारी तरिका हो ।

५. बाटोमा व्लगका वारे चिच्याएर भन्नुस् :
    फिल्म रिलिज हुनेवित्तिकै गाडीमा चिच्याउँदै हिडेको त देख्नुभएको छ नि हैन ? हो लगभग यस्तै तरिकाको प्रयोग गरेर तपाइ आफ्नो व्लगका भिजिटरहरू बढाउन सक्नुहुन्छ । यसका लागि कुनै व्यस्त चोकमा जानुस्, आफ्नो व्लगको वारेमा जानकारी दिदै कराउँनुस् । भएन त फ्रिमा व्लगको प्रचार ?
यति मात्र हैनः
    माथि उल्लेखित तरिकाहरू केही उदाहरणहरू मात्र हुन् । असामान्य प्रचारका अन्य तरिकाहरू पनि छन् जस्तै, सार्वजनिक बसको सिट मा लेख्ने, मन्दिरका भित्ताहरूमा लेख्ने आदि । यस्ता अन्य धेरै असामान्य तरिकाहरूको वारेमा तपाइलाई पनि थाहा छ र हामीसंग बाढ्न चाहानुहुन्छ भने तलको कमेन्ट वक्स प्रयोग गर्न सक्नुहुन्छ ।    
( माथि उल्लेखित तरिकाहरू केवल लेखकले देखे/सुनेका तरिकाहरू हुन् । यि तरिकाहरूको प्रयोगबाट हुनसक्ने हानीप्रति लेखक जिम्मेवार हुनेछैन ।)

लेखक सुवेदी पोखरावाट सक्रिय रुपमा व्लगिङ गरिरहेका छन् उनको व्लग पढ्नको लागी यहाँ : www.pokharatech.com
 

12 Comments

Leave a Reply