यो तपाईकै फोटो हो ?

–  सामाजिक सञ्जालमा निकै राम्रा राम्रा फोटोहरु अपलोड भईरहेका छन् । कसले खिचेको हो, कसको मेहनत परेको छ त्यो भने उल्लेख गरिएको हुदैन अर्थात क्रेडिट दिईएको पाईदैन । सिधै साईटबाट फोटो डाउनलोड गरिएको हुन्छ र भनिन्छ “मैले खिचेको फोटो कस्तो छ ?” स्तरिय क्यामरा एवं मेहनतले  खिचेका फोटोहरु निकै आकर्षण हुनुका साथै उत्तिकै मुल्यवान पनी हुन्छ । हालै फेसवुकमा एउटा वहश पढ्ने मौका मिल्यो । मेरो फोटो भन्दै दुई व्यक्तिहरु विवाद गरिरहेका थिए । झन्डै एक वर्ष अघी एक व्यक्तिसगँ  मेरो  पनी वहश भएको थियो, मैले खिचेको फोटो भन्दै मेरो फोटोलाई उसले दावी गरिरहेको थियो । धेरै लगानी गरेर खिचेको त थिईन तर खिच्नमा मेहनत भने गरेको थिए,  त्यसैले मेरो फोटोमा मायाँ थियो ।
 कुनै लोगो नझुण्डाईएकोले पनी सो व्यक्ति वहशमा उक्रिएको थियो । यदि तपाईलाई पनी आफ्नो फोटोको मायाँ छ र त्यो मेरो हो भनेर दावी गर्दै हुनुहुन्छ भने ‘के आधारमा त्यसो भन्दै हुनुहुन्छ ?’ भन्नुहोला फोटो माथी लेख्यो भने त टन्टै साफ । त्यो पनी हो तर फोटामाथी केहि लेखिएको छैन, धेरै अर्थ लाग्ने र उत्कृष्ठ फोटोहरु विग्रिन सक्छन् भनेर पनी लोगो नझुण्डाईकन आफ्नो व्लग तथा साईटहरुमा राखिएको हुन्छ, यस्तो अवस्थामा कसरी मेरै फोटो हो भनेर दावी गर्ने ?

यदि आफ्नो फोटोमा कपी राईटको अधिकार राख्न चाहनुहुन्छ भने, डेमो हेर्नुस् ।

एक वर्ष अघि ऐतिहासिक सिन्धुलीगढी दरवार घुम्न जादा विपी हाईवे र सिस्नोलाई कम्विनेशन गरेर यो फोटो खिचेको थिए, यसमा म आफ्ना जानकारी राख्दैछु । 

सवैभन्दा पहिलो फोटोशप खोल्नुस् र फाईल मेनुवारमा क्लिक गर्नुस् । यस्तो :

फाईल ईन्फोमा क्लिक गर्नुस् अथवा (Alt + Shift + Ctrl + i )  एकै पटक प्रेस गनु भयो भने पनी हुन्छ । ल हेर्नुस् : 

 यहाँ तपाईले आफ्नो वारेमा सम्पुर्ण जानकारी राख्नुपर्ने हुन्छ । Title, Authar, Description, Copyright Notice, Copyright info URL लगायत  जानकारी लेखेर “OK”  गर्नुस् र मात्र आफ्नो व्लग तथा बेवसाईटमा अपलोड गर्नुस् । कपि राईट सेभ भएको छ कि छैन भनेर हेर्नको लागी साईटमा अपलोड गरिएको फोटोलाई डाउनलोड गर्नुस् । फोटो प्रिभ्यु गर्नुस् र प्रपटिज् हेर्नुभयो भने माथि लेखिएको जानकारी सुरक्षित रहेको देख्नुहुनेछ । अब भने “फोटो अपलोड गरिएको समय” र “फोटो डिस्त्रिप्सन”को आधारमा मेरो हो भनेर दाबी गर्न सक्नुहुन्छ । 

4 Comments

Leave a Reply