यू–ट्युव सम्वन्धी १० रोचक तथ्यहरु

१.  यू–ट्युव डटकम डोमेन सन् २००५ मा भ्यालेनटाईन डेको दिन रजिष्ट्रर गरिएको हो ।

२. यू–ट्युवको विकास  Chad Hurey,steve chen र Jawed karim  ले गरेका हुन् । उनिहरु सवै पेपलका जागीर गर्दथे ।

३. यू–ट्युवका तत्कालिन को फाउण्डर Jawed Karim ले मि एट् दि जु  शिर्षकमा अपलोड गरेको भिडियो नै पहिलो हो । पछिल्लो समयसम्म सो भिडियो पचासी लाख भन्दा वढी पटक हेरिसकिएको छ ।

४. सन् २००६ नोभेम्वरमा गुगलले १.६५ विलियन डलरमा युट्युव डटकम  किनेको हो ।

५. यू–ट्युवमा अपलोड गरिएको एउटा भिडियो हेर्न दुई दिन लाग्छ अर्थात ४८ घण्टासम्मको भिडियो अपलोड भएको छ ।

६. एक जना प्रयोगकर्ताले महिनामा औषत १४ पटक यू–ट्युव हेर्ने गर्दछ भने औषत २५ मिनेट समय खर्चन्छन् ।
७.  १८ वर्षदेखी ५४ वर्षसम्मले हेर्न सकिने व्यवस्था गरिएको  यू–ट्युवको ३० प्रतिशत प्रयोगकर्ता अमेरिकन रहेका छन् ।

८. एक मिनेटमा औषत ४ सय यू–ट्युव भिडियो टुईटरमा सेयर भईरहेका छन् ।

९. अमेरिकाको युनिभर्सल म्युजिक ग्रुपको भिडियो यू–ट्युवमा सवैभन्दा वढी हेरिएको छ । सो ग्रुपले अपलोड गरेको ३४ वटा भिडियो पछिल्लो तथ्याङक अनुसार ६ अर्व ९१ करोडभन्दा वढी पटक हेरिएको छ ।

१०.फेसवुकको लाईक पेजमा यू–ट्युव अग्रडी चौथौ स्थानमा रहेको छ । ६ करोड १० लाख भन्दा वढी फेसवुक युजरले यू–ट्युवलाई लाईक गरिसकेका छन् ।  – भदौ महिनाको लिभिङ विथ आईसीटी म्यागेजिनमा प्रकाशित ।

2 Comments

Leave a Reply