यस्तो छ ‘विण्डोज १०’ को आकर्षण फिचर

माइक्रोसफ्टले विण्डोज १० नेपाली सयम अनुसार साउन १३ गते राती सार्बजनिक गरेको छ । विण्डोज ७, ८ र ८.१ चलाउदै आएकाहरुले एक बर्षसम्म निशुल्क विण्डोज १० अपग्रेड गरेर प्रयोग गर्न पाउनेछन् । विण्डोज ८ को तुलनामा १० मा करिब आधा दर्जनबढी नयाँ एवं अपग्रेडेट फिचरहरु उपलब्ध छन् । उपलब्ध ती फिचरहरुले प्रयोगकर्तालाई थप आकर्षित गर्ने पक्का छ ।

नयाँ स्टाँट मेनु:  विण्डोज १० मा नयाँ तथा परिमार्जित स्टार्ट मेनुको फिचर थप गरिएको छ । स्टार्ट मेनुसँगै प्रयोगकर्ताले सर्च बटम पनि पाउनेछन् । मौसम अवस्था, क्यालेन्डर, अलर्ट नोटिफिकेशन लगायतका सुविधा स्टार्ट मेनुबार हुदै प्रयोग गर्न सकिन्छ ।  
कोर्टाना : भ्वाइस कमाण्डबाट कम्प्युटर चलाउन सकिने सुविधा हो कोर्टाना । विण्डोज १० मा प्रयोगकर्ताले बोलेरै कम्प्यूटरलाई प्रयोग गर्न सक्नेछन् । 
बायोमेट्रिक फिचर : औँठा छाप लगाएर, आँखाको नानी र अनुहार चिनेर मात्र कम्प्युटर खुल्ने फिचर विण्डोज १० मा उपलब्ध छ । स्मार्ट मोबाइलमा प्रयोग हुदै आएको यो सुविधा अब विण्डोज १० मार्फत कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ । 
स्मार्ट स्त्रिन : डिभाइस अनुसारको लेआउट परिवर्तन हुने सुविधा विण्डोज १० मा छ । साधारण कम्प्युटरमा मेनु सानो र टच स्त्रिनमा ठुलो हुने यसको विशेषता हो । टच स्त्रिन फिचर भएको ग्याजेट्समा विण्डोज १० को स्मार्ट स्त्रिनले झनै आकर्षण बढाएको छ । 
टास्क भिउ : विण्डोज ८ र ८.१ प्रयोग गर्दै आएकाहरुलाई थाहा नै छ डेस्क्टपमा दुई वटा सम्म फाइल डिस्प्ले गरेर दुवै फाइलमा काम गर्न सकिन्थ्यो तर विण्डोज १० मा त्यो भन्दा पनि बढी पनि फाइलहरुलाई एकै पटक डेक्सटपमा डिस्प्ले गराएर काम गर्न सकिन्छ ।

बेवपेज इडिट : विण्डोज १० मा बेवपेज इडिट गर्न सकिन्छ । विण्डोज १० मा भएको नयाँ ब्राउजको सहायताले बेवपेज इडिट गर्दै डिजिटल पेनको सहयोगमा बेवपेजमा नोट लेख्न पनि सकिन्छ ।  
न्यू सेटिङ मेनु : विण्डोज १० मा स्टाट मेनुबाटै सेटिङ मेनुमा गएर सेटिङको काम गर्न सकिन्छ । यसको डिजाइन पनि नयाँ र आकर्षक छ । 
मेल एप : माइक्रोसफ्टको इमले प्रयोग गर्दै आएकाहरुलाई विण्डोज १० को मेल एपले अझ प्रयोगमा सुविधा दिएको छ । इमेललाई स्क्रोल गरेर सम्पुर्ण मेलहरु सहजै चेक गर्न सकिन्छ ।

विण्डोज १० को नयाँ फिचरहरु यती मात्रै हैन । अन्य फिचरहरु पनि छन् जसले  प्रयोगकर्तालाई थप आकर्षण गर्ने निश्चित छ । भिडियोमा हेर्नुस् : 

Leave a Reply