यसरी भएको छ ‘सामाजिक सञ्जालको दुरुपयोग’

– अव कोहि साथीभाई नभएपनी दिन काट्न मुस्किल छैन । कतै दायाँवायाँ नहल्ल्किन मुर्ती भएरै कम्प्युट चलाईरहन सक्छौ, समाजिक सञ्जालमा टिकी रहन सक्छौ ।  यति प्रिय साथी भएको छ कि खाना खान र समयको ख्याल नै गर्न विर्सने भईसकिएको छ ।  आजभन्दा चार पाचँ वर्ष पहिल्यकै मात्र कुरा गर्ने हो भनेपनी कुनै जमातमाझ आफु र आफ्ना भनाई पुराउन  रेडियो,टिभी पत्रपत्रिका लगायतमा छाउनै पथ्र्यो, अव भने त्यस्ता दिन गए,  सामाजिक सञ्जालकै कारण समय र परिस्थित उथलपुथल भएको छ । हसज रुपमै  विश्वसगँ जोडिन सकिएको छ । काम गर्ने र देखाउने स्थान वनेको छ सामाजिक सञ्जाल । 
 
उपयोग गर्नेहरुले त श्रीखण्ड वनाएकै छन् तर केहि यस्ता जमातहरु छन् जसले खुर्पाको विड सम्झेका छन् र दुरुपयोगमाथी दुरुपयोग गरिरहेका छन् । थाईल्याण्डमा वस्दै आएका पुर्व युवराज पारस शाह अस्वस्थ रहेको समाचार केहि हप्ता अघि मात्रै वाहिर आएको थियो ।  अचेत  भए, ~ होश खुल्न सकेको छैन,~ उपचार कठिन हुदै गईरहेको छ, लगायतका यस्ता खवरहरु । सामाजिक सञ्जालमा पनी छाईरहे । तर एमाओवादी अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहाल निर्णयक हुदै सामाजिक सञ्जालमा छाए । उनले फेसवुकमा यसो भन्दै स्टाटस र फोटो अपलोड गरे ~ “पारस शाहप्रति हार्दिक श्रदान्जली । हिजो उनको उपचारको क्रममा मृत्यु भएको छ । मर्ने वेला पुलिसको तारिख धाउदा धाउदै अल्पायुमै ज्यान गुमाउनु परेको छ ।” 

उनले अपलोड गरेको फोटो र स्टाटसले सवैका टाईमलाईन छोपियो । पासर शाहको मृत्यु भईसकेको रैछ,फेसवुकवाट थाहा पाएको भन्नेहरु धेरै भेटिए । । “पारस शाहको मृत्युको श्रोत भए प्रकाश दाहाल ।”
तर हालै पुर्व युवराज पारस शाह अस्पतालवाट डिस्चार्ज भएर सुधार गृहमा गएका छन् भन्ने समाचार नेपाली मिडियावाटै सुनिएको छ । आखिरिमा प्रकाश दाहाल नै पङगु भएनन त ? 

तपाईले याद गर्नुभएका छ या छैन  फेसवुक लाईक पेजहरुले पनी सामाजिक सञ्जालको धेरैभन्दा धेरै दुरुपयोग गरेका छन् । गुगलवाट डाउनलोड गरिएका अनेक अश्लिल फोटोहरु फेसवुकमा अपलोड गर्दै लाईक र कमेन्ट मागिरहेका हुन्छन् । अश्लिल भ्रमात्मक स्टाटस अपलोड गरिरहेका हुन्छन् । निकै दयनिय फोटो अपलोड गरिएको हुन्छ त्यो सत्य हो या अभिनय थाहा हुन्न त्यसमाथीपनी लाईक र कमेन्ट मागिरहेका हुन्छन् । जस्तो कि खान नपाएर भिख मागेजस्तो ।

कसले चलाउछ त्यस्ता पेजहरु ? आधिकारिक सघंसस्था,व्यक्ति केहि थाहा हुन्न । तरपनी तिनै पेजलाई राष्ट्रिय समाचार समिति (रासस) को समाचार  झै मानेर सेयर र कमेन्ट गर्ने काम भईरहेको हुन्छ । 
मलेशिया घटनाले पनी सामाजिक सञ्जालको दुरुपयोग ह्वात्तै वढेको छ । दुई समुहविचको झडपमा परी ६ जना नेपालीको मृत्यु भएको समाचार आयो । पछि ए हैन रहेछ दुई जना चै सिकिस्त घाईते भएको भन्ने समाचार छायो । तर  एकाथरी समुह हैन १५ जनाको चै मृत्यु भएको भनेर हल्ला फिजाईरहेको छ । अधिकाशं लुकेर अश्लिल व्लग तथा बेवसाईट चलाउनेहरुले नै यस्ता अफवाह हल्ला फिजाउने काम गरिरहेका छन् । वर्षौवर्ष अघि अफ्रिकामा भएका हिशांत्मक र प्राकृतिक प्रकोकका फोटोहरु मलेशिया घटनाकै हुन् भनेर ठोकुवा गर्दै सेयर गर्ने काम भईरहेको छ ।  
ल यो तस्विर हेर्नुस् करिव ३ वर्ष अघि अष्ट्रेलियावाट flicker मा अपलोड भएको फोटोलाई फोटोशपको कमालले नेपाली नै हुन् भनेर पुष्ठि गरिएको छ । आधिकारीक श्रोत यीनै फेसवुक लाईक पेज र साईड भएका छन् । अनि यस्तै पेज तथा साईट पछिपछि छन्, भेडाजस्ता नेपाली फेसवुक प्रयोगकर्ता । (तस्विर खोजी:नेपाली व्लगर उमेश श्रेष्ठ)
यस्तो घटनै भएको छैन,फेसवुकमा अपलोड भएको फोटो र भिडियोको पछाडी नलाग्न भनेर मलेशिया स्थित नेपाली दुतावासले त विज्ञप्ती नै निकालेको छ । पढ्नुस् 
 यसरी पनी फेसवुकलाई प्रयोग गरौ न ।  राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत जनकराज भट्टले फेसवुक प्रयोगकर्तालाई यसरी अनुरोध गरेका छन् । “मलेसिया घटना भनेर अनावयक फोटो शेयर गरेर उफ्रेर या कुनै मुर्ख बिद्वता देखाएर मलेसियामा रहेका दाजुभाईहरुलाई पर्नसक्ने असरका बारेमा सचेत होऔँ । अनावश्यक हल्ला फैलाएर भएका ईराक घटना जस्ता घटनाले बेफाईदा पनि हामिलाई नै हुन्छ ।  मुर्ख जस्तो एकोहोरो उफ्रिनु कराउनु अघी सत्य वुझौ । बेबकुफीले फाईदा कसैलाई गदैन । सोचौं । “

कसैगरी फेसवुकमा त्यस्ता  हिंशात्मक फेटो सेयर हुन छोडेनन भने यसो पनी गर्ने होकि ?  ईक्बेल एक्सेसमा कार्यरत पवन न्यौपानेले फेसवुकमा यस्तो लेखेका छन् । “फेसबुक मित्रको लागी जारी : हैटीको हो हाईन वा मेलसियाको हो होईन भनेर विभत्स तस्विर शेयर गर्ने काम वन्द गरौ । नत्र सिधै अनफ्रेण्ड गर्न वाध्य हुईनेछ ।”


सामाजिक सञ्जालको पहुच र शक्ति ठुलो छ । तपाईको कुनै एउटा स्टाटस/ट्वीटले ठुलै क्षती र हानी पनी हुन सक्छ । फेसवुकमा फोटो ट्याग,सेयर तथा अपलोड र ट्वीट गर्नुपुर्व यी कुराहरुमा ध्यान दिनुस् : 

१  रिस उठेको समयमा स्टाटस/ट्वीट अपलोड नगर्नुस् ।
२.मादक पदार्थ लगायत नशालु पदार्थ सेवन गरेको समयमा सामाजिक सञ्जालको प्रयोग नगर्नुस् ।
३ स्टाटस अपलोड,ट्याग तथा सेयर गर्दैगर्दा सोच्नुस् , कतै मेरै कारणले त अरुलाई असर गदैन ? 
४ सोसिएल मिडिया कसरी प्रयोग गर्ने ? निति नियम के कस्ता छन् पढ्नुस् ।

5 Comments

Leave a Reply