‘यसरी चर्चित वन्छ Blog’

– अष्ट्रेलियाकी ११ वर्षिय ईम्माले Video Blogging सुरु गरेको केहि महिना मात्रै भएको छ । उनले youtube video  च्यानल खोलेकी छिन् । आफुलाई लागेका रमाईला र सृजनात्मक विचारलाई भिडियोमा कैद गर्दै गएकी छिन् । उनको भिडियो व्लगिङ हेर्नको सख्या सयौ हुदै हजारौमा पुगिरहेको छ । उनले सानै उमेरमा व्लगिङ सुरु गरेकीले पनी पाठकमाझ चर्चित भईरहेकि छिन् ।  आफ्नो रुची लाई जागँरका साथ देखाउन चाहेको ईम्माले वताएकी छिन् । ईन्टरनेटको बजारमा व्लगको पनि ठुलो हिस्सा छ । आफ्ना अभिव्यक्त भावनाहरु सहजै पोख्न पाईने ठाउँ ‘व्लग’ भएकाले पनी यसप्रती आकर्षण वढेको हो ।

{“ईम्माले हालै मात्र अपलोड गरेको youtube video“}


भान्सामा विहान वेलुका के कस्ता खानाका परिकार वन्दछन् देखी लिएर ठुला ठुला कम्पनीले आफ्नो उत्पादनको प्रदशनी तथा प्रमोशनको लागी पनी व्लगको प्रयोग गर्ने गर्दछन् ।  म्यासेवल  ईन्गेडगेट्  एवं हुफिङ्टन पोष्ट  लयायत व्लगले मासिक दशौ लाख पाठक पाईरहेको छ । करिव एक वर्ष अघि मात्रै राजनैतिक समाचार लेख्ने व्लग हुफिङ्टन पोष्ट ३ सय मिलियन डल्लरभन्दा वढीमा विक्रि भएको थियो । साधारण हुदै त्यस्ता व्लगहरु चर्चित वन्दै गएका हुन् । यी व्लगहरु त्यतिकै लाखौ पाठक पाएर चर्चित भएका भने होईनन् । सम्वन्धीत विषयमा दख्खल राख्दै निरन्तर रुचीपुर्ण विषयमा गरिएको खोजलाई प्रस्तुत गरेरै विश्व चर्चित भएका छन् ।

नेपालमा पनी व्लगिङ गर्नेहरुको सख्या वढ्दो छ । ओर्डप्रेस, व्लगस्पोर्टमा मान नभएर  फेसवुक पेज , ट्वीटर, युट्युव, लगायतमा एकाउण्ट वनाएर निशुल्क व्लगिङ गरिरहेको छन् भने  आफ्ना रुचीपुर्ण अभिव्यक्तिहरु सामाजिक सञ्जालका वाडिरहेका हुन्छन् ।  नेपालमा पनी हजारौ व्लग छन् भन्न भने सकिन्छ । मात्र यति फरक छ केहि सिमित व्लगले मात्रै निरन्तरता दिएका छन् भने अन्य व्लगहरु रहरै रहरमा जन्मिएका छन् तर वयष्क  भने हुन   सकेका छैन  ।

व्लगले निरन्तरता पाउनु र नपाउनुमा मुख्य त पाठककै हात हुन्छ । व्लगिङ गर्दैगर्दा पाठकको उल्लेख्य सहभागीता र प्रतिक्रिया पाउन थाल्यो भने स्वतं जागर वढ्न थाल्छ र व्लग सृजना गर्ने ईच्छाशक्ति वढ्छ । तरपनी व्लग चर्चित वनाउन अन्य धेरै विषयमा ध्यान दिन जरुरी छ ।   

 रुची (hobby)
व्लगिङ गर्ने सोचमा हुनुहुन्छ अथवा गर्दै हुनुहुन्छ भने तपाईको रुची के मा छ ? के कस्ता विषयमा व्लग लेख्दै हुनुहुन्छ । लेखिने व्लग विशेषत कुन विषय, क्षेत्रसगँ सम्वन्धीत हुन्छन् । हो यस्ता विषयमा प्रश्ट हुन जरुरी छन् । पाठक धेरै थरीका भेटिन्छन् , पाठकलाई तपाईको विचार आफ्नै जस्तो लाग्ने वनाउन पनी पहिल्य आफैमा कस्तो क्षेत्रमा रुची छ प्रश्ट हुन जरुरी छ । निरन्तर व्लगिङको लागी रुचीले पनी विशेष महत्व राख्दछ ।  

शव्द छनोट  (Word selection)
साधारणतया व्लग लेख्दै गर्दा साहित्यिक, गहकिला, धेरै अर्थदिने शव्द प्रयोग गर्दा मात्रै राम्रो लेखिएको ठहरिन्छ अन्यथा लेखनमा तुक नहुने भन्ने वुझाई पनी नयाँ व्लगरमा रहेको पाईन्छ ।  व्लग लेखन भनेकै आफ्नो विचार हो, जुन साधारण शव्दमा हुनुपर्छ । फेरी पाठकहरु पनी एकै प्रकारका हुन्छन् भन्ने छैन । कोहिले त्यस्ता गहकिला शव्दको अर्थ वुझ्न सक्छन् तर अन्यले नवुझ्न पनी सक्छन् । पढ्न र वुझ्न गाह्रो हुने व्लग किन पढ्ने ? पाठकले यस्तो सोच्न सक्छन् । 
शिर्षक  (Heading)
व्लग लेख्दै गर्दा शिर्षकले पनी विशेष महत्व राख्दछ । लेखिएका विषयवस्तु निकै खोजमुलक एवं चाखलाग्दा छन् तर शिर्षकले भने  त्यो लेखको भावलाई व्यक्त गर्न सकिरहेको छैन भनेपनी व्लग चर्चित नहुन सक्छ । यो कस्तो व्लग छ भन्ने छनक शिर्षकवाटै दिनुपर्ने हुन्छ ।  

पाठक (Reader)
व्लग लेख्दै गर्दा कस्ता पाठक आईरहेका छन् । मनोरञ्जन वढी चाहन्छन् कि , शिक्षामुलक एवं राजनैतिक विश्लेषण तथा सामाग्री कुन वढी हेरिरहेका छन् , उनीहरुको जिज्ञासा कस्तो छ । आफ्नो लेखप्रती कस्तो प्रतिक्रिया दिईरहेका छन् । यस विषयमा पनी ध्यान दिन जरुरी छ । कोहि पाठकले केहि जिज्ञासा वा साधारण प्रतिक्रिया नै राख्छन् भनेपनी आफु लेखकले उसगँ सवालजवाफ गर्न जरुरी छ । व्लग आफ्नो विचार लाद्ने भन्दापनी दोहोर अन्तक्रिया पनी हो ।  त्यस्तै एउटै सामाग्रीलाई शव्दमा लेखेर ग्राफमा उतारेर, अडियोमा रेकर्ड गरेर , भिडियोमा देखाएर प्रस्तुत गर्न सकेको खण्डमा सवै प्रकारका व्यक्तिहरुलाई सहज हुनसक्छ ।

प्रमोशन (Promotion)
ईन्टरनेटमा खोजी गरेर पढ्ने पाठकको सख्या उल्लेख्य मात्रामा छ । आफ्नो व्लग गुगल, याहु लगायत सर्च ईन्जिनमा खोजी गर्दा भेटिन्छकि भेटिदैन यस्ता विषयमा ध्यान दिन जरुरी छ ।  कैयन पाठकहरु सामाजिक सञ्जालमै रमाईरहेका पनी हुन्छन् । तपाईको व्लग पढ्न चाहने तर समय निकाल्न नसकिरहेकाहरुलाई फेसवुक, ट्वीटरमा सेयर गरेर पढ्नको लागी ध्यानाकर्षण गर्न सकिन्छ । व्लग र पाठकविच भेट गराउने पुलको काम नै सामाजिक सञ्जालले गरिरहेको छ । त्यस्तै व्लग चर्चित वनाउनको लागी ईमेलवाट सिधै म्यासेज गरेर पनी पाठकलाई पढ्नको लागी सहज वनाउन सक्छौ । कुनै पनी दुई चारवटा व्लग लेखेर चर्चित हुदैन त्यसको लागी सवैभन्दा वढी महत्वपुर्ण भनेको निरन्तरता नै हो । त्यसैले निरन्तरता दिन सकेको खण्डमा चाडै नै त्यो सफलताको सघांरमा पुग्न सहज हुनेछ । – २१ चैत २०६९ मा अन्नपुर्ण पोष्टमा प्रकाशित

Leave a Reply