जानिराख्नस् प्राकृतिक रुपमै मोटोपन घटाउने यी हुन् अचुक सुत्रहरु

दुब्लापातलालाई मोटाउन सजिलो छ । खाना बढी खाने, प्रशस्त आराम गर्ने, अरु समयभन्दा अरु बढी सुत्ने र फेरि खानेकुराहरु खान नछाड्ने । तर, मोटाउदै जान थालेपछि दुब्लाउन भने साच्चै सोचेजस्तो सहज छैन । लागिसकेको भद्दा ज्यान घटाउन साच्चै मुस्किल छ । भन्नेहरुले त कम खाने अझ भोकभोकै बस्ने (डाइटिङ) हो भने ज्यान मज्जाले घट्छ पनि भन्छन् तर यो तरिका साच्चै पागलपन हो । भोकभोकै बस्दा शरिर कमजोर त हुन्छ नै रोगलाई समेत स्वागत गर्नु हो । त्यसो हो भने प्राकृतिक रुपमै कसरी मोटोपन घटाउने त?

  • मज्जाले सुत्नुस्

म अब मोटोपन घटाउन थाल्दैछु भनेर मानसिक रुपमै तयार हुनुस् । जागर चलेको बेला योजना बनाउने र भोलीपल्टै लागु गर्न नसक्ने आम चुनौती हो । बिहान ६ बजे उठ्नुछ भनेर मोबाइलमा अलाम लगाउदै हुनुहुन्छ भने बेलैमा सुत्नुस् । ६ देखी ८ घण्टा आरामसँग सुत्नुस् । एक अध्ययनका अनुसार शरिरलाई आवश्यक निन्द्रा नपुग्दापनि मोटोपन, मधुमेह जस्ता समस्याहरु देखा पर्दछन् । अर्को महत्वपूर्ण विषय राम्रोसँग सुत्ने मानिसले खानेकुराहरु पनि राम्रोसँग खान सक्ने र पचाउन सक्दछ । राम्रो निन्द्राले शरिरको मांसपेशीलाई पूर्ननिमार्ण हुन समय दिन्छ भने मानवशरिरको महत्वपूर्ण अंग दिमाखले समेत आराम पाउछ ।

Good sleeping

  • खाना र खाने समयमा ध्यान दिनुस्

नियमित घरकै खाना खानुस् । चिल्लोपिरो भन्दापनि सहजै पच्ने खानेकुराहरु खानुस् । बढि भात खाने बानी त्याग्नुहोस् । भातको साटो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार, मकैको च्याँख्लाको भात, ब्राउन राइस खाने गर्नुहोस् । दहिदुध, फलफुललाई बढी प्राथमिकता दिनुस् । महत्वपूर्ण विषय के भने पाचनप्रणालीलाई सक्रिय राख्न साँझको खाना खाएको कम्तिमा पनि १ देखि ३ घण्टापछि मात्र सुत्नुस् ।

कागती पानी, ग्रिनटी लगायतको नियमित सेवनले पनि शरिरमा बोसो लाग्न पाउदैन । खाना एवं खाजा खाइसकेपछि मरिच चपाउने बानी बसाल्नुस् । एक अध्ययनका अनुसार नियमित मरिच खाने हो भने यसले सहजै शरिरको बोसो पगाल्छ । खानामा पनि मरिच मिसाएर खानेहरु प्राकृतिक रुपमै मोटोपनको समस्याबाट टाढा रहन सक्छन् ।

Good foods for weight lose

  • प्रसस्त पानी पिउनुस्

दैनिक प्रसस्त मात्रामा पानी पिउनुहोस् । एकैचोटी धेरै पानी पिउने र लामो समय पानी नपिउने भन्दापनि समय अन्तरालमा पानी पिउने गर्नुस् । पानीले विषाक्त पदार्थ शरिरबाट उत्सर्जन गर्न सहयोग पुर्‍याउछ । चिनियुक्त पेयपदार्थ जस्तै कोकाकोला, पेप्सीजस्ता पेयपदार्थबाट टाढै बस्नुस् ।

drinking water to lose weight

यो पनि : सुत्नुअघि मोबाइल चलाउन छाडिदिनुस्

  • बिहान दौडिनुस्

बिहान नियमित दौडिनेहरु शारिरक रुपमा स्फूर्त त हुन्छन् नै यसले मोटोपन घटाउन समेत उल्लेख्य मात्रामा सहयोग गरिरहेको हुन्छ । दैनिक कम्तिमा ३० मिनेट मात्रै दैडिन हो भनेपनि केहीदिनको अन्तरालमै शरिरको बोसो घट्दै गएको अनुभुती गर्नु हुनेछ । घरबाहिर निस्कनु पर्ने छ र तपाइसँग प्रशस्त समय छ भने सकभर हिडेरै काम सम्पन्न गर्नस् । सवारीसाधनको प्रयोगलाई कम गर्दै लैजान सक्नुभयो भने पनि शरिरको बोसो अवस्य नै घट्नेछ ।

morning workout

  • सामुहिक रुपमा व्यायाम गर्नुस्

मानिसको स्वभाव नै हो एक्लै कुनै काम गर्नुपर्‍यो भने निकै अल्छि भइहाल्छ तर सोही काम समुहमा गरियो भने धेरै प्रभावकारी हुन्छ । नियमित व्यायाम पनि समुहमा गर्नुभयो भने स्वतं थप उर्जा मिल्छ र धेरै लामो समय व्यायाम गर्न सकिन्छ । दैडने, उफ्रने एवं कुद्ने लगायतका व्यायामहरु समुहमा निकै प्रभावकारी हुन्छन् । एक आपसमा सहयोग मिल्ने हुदापनि नियमित व्यायाम गर्न थप उर्जा मिल्दछ । बिदाको समयमा र फुर्सदको समयमा समुहमा हाइकिङ्, साइक्लिङमा निस्कन सक्नुभयो भने पनि शरिरलाई स्फूर्तिका साथै शरिरको बोसोपना घट्दै जानेछ ।

group exercise

  • नियमित योग गर्नुस्

शरिर, मन र आत्मालाई एकै साथ जोड्ने काम नै योग हो । हिन्दू एवं बौद्ध धर्ममा योग प्रचलित छ । शरिरको बोसोको मात्रा घटाउन सूर्य नमस्कार योग धेरै नै प्रभावकारी छ । दुई हात जोडेर सुरु गरिने सूर्य नमस्कारले शरिरको मोटोपना त अवस्य नै घटाउछ, साथमा शरिरको मजबुती एवं लचकता, दिमाखलाई केन्द्रिकृत एवं आराम, रगत सञ्चालन र माशंपेसीको सुरक्षा क्षमता बृद्धिको लागि सूर्य नमस्कार प्रभावकारी योग हो ।

surya namaskar Yoga

पेटको मोटोपना घटाउन दुबै हातगोडा टेकेर पेटलाई दबाव दिने योग आसन (तलको फोटोमा देखाइएको) पनि प्रभावकारी योग हो ।  यो आसन सेटअप व्यायामभन्दा कैयनगुणा प्रभावकारी हुन्छ । यो आसन निकै कठिन पनि छ । मोबाइलमा टाइमर सेट गरेर दैनिक १ मिनेटसम्म आसनमा बस्न सक्नुभयो भने पहिलो हप्तामै पेटको साइज घट्दै गएको अनुभूती गर्ने अवसर पाउनुहुनेछ ।

best yoga to burn fatness

मेरो कलमको मोटोपन घटाउने यो जानकारी तपाइलाई कस्तो लाग्यो । यी भन्दा थप तपाइले जानेका र थाहा भएका तरिकाहरु छन् भने कमेन्टमा लेख्न सक्नुहुन्छ ।

Leave a Reply