मेवा एक फाइदा अनेक – रिसदेखी मधुमेहसम्म नियन्त्रण गर्छ

कम मेहनत र सानो क्षेत्रफलमा फलाउन सकिने फल हो मेवा । यो ‘भिटामिन ए’ को श्रोत समेत हो । स्वास्थ्य चिकित्सकले हरेक दिन मेवा खान सल्लाह दिन्छन् । पोषक तत्वले भरिपूर्ण मेवालाई नियमित रुपमा बिहानको ब्रेकफास्टमा समावेस गर्न सकियो भने दिर्घायू रहन मद्धत गर्छ । तर फाइदाजनक छ भन्दैमा एकैपटक एवं एकैदिन धेरै मात्रामा सेवा सेवन गर्नु भने स्वास्थ्यको लागि हानिकारक मानिन्छ । हेलचेक्राई एवं वेवास्ताले गाउँघरमा चराले समेत बोटैमा खाएर सकिने मेवाको नियमित सेवर्न गर्ने हो भने मानवशरीरको लागि धेरै फाइदा लिन सकिन्छ ।

मेवा एक फाइदा अनेक : प्रमुख १० फाइदाहरु

  • रिस नियन्त्रण गर्छ

प्रसस्त पोटासियम पाइने मेवामा रिस कम गराउन सक्ने क्षमता हुन्छ । मेवाको नियमित सेवनले रक्तचाप सन्तुलिन हुन्छ र यसले हाइपरटेन्सनको समस्या हुन दिदैन । सधै रिस मात्रै उठिरहनेको लागि तनाव कम गर्न काचो मेवा सेवन गर्नु लाभदायक मानिन्छ ।

  • तौल घटाउछ

तौल घटाउन मेवा प्रभावकारी फल हो । यदि तपाई मोटो हुदै गएको अनुभुती गर्दै हुनुहुन्छ भने नियमित रुपमा मेवा खान सुरु गर्नुस् । मेवाले शरीरमा आवश्यक सबै तत्वको माग पुरा गर्न सहयोग गर्छ भने अनावश्यक बोसो जम्मा हुन दिदैन । मेवामा पाइने फाइबरले तौल घटाउन पनि मद्धत गरिरहेको हुन्छ ।

  • आँखा तेजिलो बनाउछ 

आँखाको लागि चाहिने भिटामिन ए मेवामा पाइन्छ । आँपपछि सबैभन्दा बढी ‘भिटामिन ए’ मेवामा पाइने हुदा यसको सेवन मानवस्वाथ्यको लागि महत्वपूर्ण छ । मेवाले आँखाको ज्योती बढाउनुको साथै हड्डी दह्रो बनाउने, वाथ जस्ता विभिन्न खाले समस्याको समाधानको लागि मेवा प्रभावकारी छ ।

यो पनि: यस कारण खानुस् तुलसी | यस्ता छन् १० चमत्कारिक फाइदा

  • कोलेस्ट्रोल नियन्त्रण गर्छ

मेवामा फाइबर, भिटामिन सी, एन्टिअक्सिडेन्ट उल्लेख्य मात्रामा पाइने हुँदा मानवशरीरमा बढ्दै गएको कोलेष्ट्रोल नियन्त्रण गर्नमा पनि मेवा लाभदायक फल हो

  • मुटु र कलेजोलाई स्वस्थ्य राख्छ 

मुटु एवं कलेजो स्वस्थ्य राख्न चाहनेहरुले मेवालाई नियमित भोजनमा समावेस गर्नु बुद्धिमानी हुन्छ । साथै यसका रोगीको लागि समेत यो फल लाभकारी छ । मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेवाको बिउलाई धुलो बनाएर महसँग नियमित सेवन गर्नाले कलेजोलाई स्वस्थ्य राख्न मद्धत गर्छ । एन्टी अक्सिडेन्ट र फ्लेवोनायड प्रचुर मात्रामा हुने हुँदा मेवाले मानवशरीरको कोषिकालाई मजबुत बनाउने एवं रोग प्रतिरोधात्मक क्षमता बढाउछ ।

  • पाचनशक्ति बढाउछ

मेवाले पाचनशक्ति बढाउछ । यसले प्रोटिनलाई सहजै पचाउछ । पेट एवं आन्द्रामा हुने विकार हटाएर सफा गर्ने यो फल सेवन धेरै नै लाभदायक छ ।

  • सुन्दरता बढाउछ

मेवा खान मात्रै नभएर शरीरमा लगाउन समेत उपयोगी छ । छालाको रंगमा निखार एवं चमक ल्याउन पनि मेवाको प्रयोग गरिन्छ । पाकेको मेवा अनुहारमा लगाउनाले छाला चम्किलो बनाउनुका साथै दाग एवं धब्बाहरु हट्छ ।

यो पनि: आयुर्वेदिक घरेलु औषधी नीम – नाम एक उपचार अनेक

  • चोटपटकमा संक्रमण हुन दिदैन 

मेवा फल मात्रै नभएर रुख पनि औषधिय गुणले भरिपूर्ण हुन्छ । मेवाको बिउमा मानवशरीरको लागि वाह्य जिवाणु प्रतिरोधी क्षमता हुन्छ । यसलाई पिँधेर घाउ एवं चोटपटक भएको समयमा लगाउदा वाह्य संक्रमण हुन दिदैन भने चोटपटक छिट्टै निको पार्न प्रभावकारी भूमिका खेल्छ ।

  • महिनावारीको पिडा कम गर्छ

महिनावारी हुँदा महिलाहरुमा हुने पिडा कम गर्न मेवा सेवन फाइदाजनक छ । किशोरी एवं महिलाहरु महिनावारीको समयमा पिडामा हुने हुँदा दुखाई कम गर्न मेवालाई अन्य भोजनसँगै सेवन लाभदायक हुन्छ । साथै महिनावारी अनियमित हुने महिलाहरुको लागि समेत प्रभावकारी फल हो ।

  • मधुमेहको खतरा कम गर्छ

मधुमेह (सुगर) रोग भएकाले गुलियो खानेकुराहरु खान नहुने भएपनि मेवामा सुगरको मात्रा अत्यन्त कम हुन्छ । मधुमेह रोगीको स्वास्थ्यको लागि मेवा आवश्यक फल हो । यसले मधुमेह नभएकाहरुलाई समेत यो रोग लाग्ने खतराबाट टाढै राख्छ ।

यो पनि: यस्ता छन् दहीका फाइदाहरु | तर राती दही खानु हुदैन, किन? 

Leave a Reply