मृत्यु पश्चात पनी गुगल एकाउण्ट प्रयोग गर्ने हैन ?

–  अनौठो लाग्न सक्छ ‘मृत्यु पश्चात कसरी गुगल एकाउण्ट प्रयोग गर्ने ?’ स्वर्ग वा नर्क कतातिर हुईने हो, फेरी त्यता  कम्प्युटर,ईन्टरनेट हुन्छ कि हुन्न भनेर सोच्न त थाल्नु भएननी ? आफु स्वयमं मरिसकेपछि गुगल प्रयोग गर्न सकिन्छ भन्न खोजिएको होईन । मृत्यु पश्चात पनी आफ्ना आफन्तलाई आफ्नो गुगल एकाउण्टमा  रहेका अनलाईन सम्पती सुम्पन सकिन्छ चै भन्न खोजिएको हो । 
आफुले प्रयोग गर्दै आएका धेरै गुगल एकाउण्टका फिरचहरु आफन्तलाई सुम्पन मिल्ने सुविधा गुगलले दिदै आएको छ । फेरी पनी लाग्न सक्छ युजर आईडी र पासवर्ड दिएपछि त एकाउण्ट साईन अप गर्न मिली हाल्छ नी । त्यो पनी हो तर आफ्नै नाम, ठेगानामा त्यो मर्ने वा मरिसकेको व्यक्तिको सम्पती त प्रयोग गर्न सक्दैननी । आफ्नै नाममा नामसारी गर्नको लागी यो सुविधाको प्रयोग गर्न सकिन्छ । जसको लागी ईन एक्टिभ एकाउण्ट म्यानेजरमा जानुपर्ने हुन्छ  । 
लामो समय गुगलको उत्पादन गर्दै गर्दा धेरै नै महत्वपुर्ण सामाग्रीहरु ईन्टरनेटमा सेभ भएका हुन्छन् । हालै गुगलले जिमेलवाट पैसा ट्रान्सफर गर्न मिल्ने सुविधा पनी ल्याईसकेको छ । यस्ता सम्पतीहरु आफ्ना आफन्तको लागी हस्तान्तरण गरेर मर्नु, मर्दै गरेको व्यक्तिको दायित्व पनी हो ।
यो सुविधा प्रयोग गर्नको लागी Inactive Account Manager मा क्लिक गर्नुस् । Inactive Account Manager पेज खुलिसकेपछि Setup मा क्लिक गर्न नभुल्नुहोला ।
Dont miss : ‘मरेका मान्छेको आत्मासगँ कुरा गर्ने प्रविधि आउदैछ’

आफ्नो गुगलमा रहेका महत्वपुर्ण डाटा एवं फिरचहरु कसको नाममा हस्तान्तरण गर्न चाहनुहुन्छ ?  सो व्यक्तिको फोन नम्वर राख्नुपर्ने हुन्छ , कति समयपछि गुगल एकाउण्टमा रहेको सम्पती हस्तान्तरण हवस् ? के चाहनुहुन्छ ३ महिनादेखी १८ महिनासम्मको समय अवधी छनोट गर्न सकिन्छ । १० जना सम्म आफन्तलाई आफ्नो गुगलको डाटा सेयर गर्न सक्ने सुविधा रहेको पनी देख्न सक्नुहुन्छ । हैन म ‘मरेपछि डुमै राजा’ भन्ने सोच वनाउनुभएको छ भने पनी तपाईले डिलिज अप्सन देख्नुहुन्छ । सेट गरिएको समय अवधिमा आफ्नो गुगल एकाउण्ट स्वत: डिलिट हुने गुगलले जनाएको छ ।

 ~ यो पोष्ट Pokharatech.com  वाट प्रभावित छ ।

3 Comments

Leave a Reply