ब्लग कसरी वनाउने ? Blog Tips

– ईमेलमा एउटा मेल आयो , लेखिएको थियो , तपाईको व्लग म पढ्छु ,   व्लग भन्या के ?  किन व्लग लेख्ने ? कसरी पैसा कमाउन सकिन्छ ? के कस्ता कुरामा ध्यान दिने ?  क-कसले कमाई गरिरहेका छन् ,  लगायत जानकारी थियो । सवै पोष्टहरु उत्तिकै महत्वपुर्ण थिए तर एउटा कुरा कसरी व्लग वनाउने त ? स्टेप वाई स्टेप सिकाएको भए राम्रो हुने थियो । 
~मेरा कुरा ~ 
अव, यो पोष्टले भने माछा खान सिकाउने मात्रै हैन , मार्न पनी सिकाउने छ । मेरै केहि  साथीहरुले ब्लग भन्या घर वनाउन प्रयोग हुने ‘ईट्टा-टायल- व्लग’ भनेर जोकिङ गर्ने गर्थे अव तिनीहरुको लागी पनी उपयोगी नै हुनेछ । 
ओर्डप्रेस डटकम र व्लगर डटकमवाट विश्वमा वढी व्लग वनेको पाईएको  छ । म आफु स्वयमंले ओर्डप्रेसको व्लग/बेवसाईट प्रयोग गर्दै आएको त छु तर पनी गुगलको व्लगर डटकमप्रती नै वढी रुची छ, व्लगर डटकम नै फ्रेन्डली लाग्छ । आर्डप्रेस डटकमवाट कसरी व्लग वनाउने अर्को समय सिकौला तर अहिल्य भने व्लगर डटकमवाट कसरी व्लग वनाउने त ? सवैभन्दा पहिले  गुगल एकाउण्ट हुन भने आवश्यक छ । 
 www.blogger.com  लग ईन गर्नुस् । 
माथी फोटोमा देखाईएझै ईमेल आईडी र पासवर्ड टाईप गरेर साईन ईन गर्नुस् । 
New Blog मा मा क्लिक गर्नुस् । यहाँ क्लिक गरिसकेपछि तपाईले  Blog Title , Blog URL , Template छनोट गर्नुपर्ने हुन्छ । 
यहाँ उदाहरणको लागी Blog Demo वनाईदैछ । व्लगको नाम Nepali Blog  दिएको छु । त्यस्तै व्लग (ठेगाना) URL : blogkasaribanuni.blogspot.com (व्लग कसरी वनाउने डट व्लगस्पोर्ट डटकम) राखिएको छ । Blog Name  खोजी गर्दै गर्दा अरुले प्रयोग गरिसकेको छ या छैन ? हेर्न जरुरी छ । कसैगरी खोजीएको नाममा भेटिएन भने अरु नाममै खोजी गर्नुपर्ने हुन्छ ।  त्यस्तै Dynamic Views टेम्प्लेट पनी छनोट गरिएको छ । र अन्त्यमा  Create blog लेखिएको ठाउँमा क्लिक गदैछु ।
ल अव भने व्लग तयार भयो । Your Blog has been created ! लेख्या त देख्नु नै भयो । त्यस्तै अर्को तर्फ पेनको आईकन पनी देख्नुहुन्छ ।  त्यहा क्लिक गर्नुस् : 
    अव भने यस्तो वक्स देख्नुहुन्छ । के विषयमा व्लग लेख्दै हुनुहुन्छ ?  माथी हेडलाईन राख्नुस्,  Body  मा भने विस्तृत सामाग्री राख्नुस् । के विषयसगँ सम्वन्धीत छ Labels मा Key word पनी राख्नुस् । र अन्त्यमा Publish मा क्लिक गर्नुस् ।
एक लाईन लेखेर Publish गर्दा यस्तो देखिएको छ । व्लग सफलता पुर्वक पोष्ट भएको छ । अव भने अरुले पनी सजिलै व्लग पढ्न सक्छन् । 
 Layout मा गएर व्लग खोल्दा देखिने चिन्ह (B) पनी Favicon मा गएर परिवर्तन गर्न सक्छौ । के कति पोष्ट कस्तो आकार/प्रकारमा देखिने वनाउने हो ?  त्यसको लागी Blog posts को Edit मा गएर मिलाउन सकिन्छ । त्यस्तै फेसवुक लाईक, गुगल प्लस, ट्वीटर ह्याण्डल थप्नुपर्ने भयो , गुगल एड्सेन्स नै राख्नुपरो भनेपनी Add a Gadget मा गएर HTML/JavaScript मा क्लिक गरेर सजिलै कोर्ड पेष्ट गर्न सकिन्छ । र अन्यमा भने Save Arrangement गर्न नविर्सनुहोला ।  
व्लग तयार भईसक्यो । यो भिडियोवाट पनी ‘व्लग कसरी वनाउने ?” भन्ने विषयमा अझै प्रश्ट हुन सक्नुहुन्छ ।

10 Comments

Leave a Reply