ब्लगको ईमेल आईडी चेन्ज गर्न मिल्छ ? Blog Tips

“सामान्यतया व्लग आफैले सिक्दै वनाईन्छ । साधारण भन्दा साधारण डिजाईन परिवर्तन गर्न नसक्दा अथवा नाममै चित्त नवुझ्दा अव यो व्लग नै नचलाउने भन्ने सोचले नयाँ मेल आईडीवाट पनी व्लग वनाईरहेका हुन्छौ । तर पछि पुर्न सोचाई परिवर्तन हुन्छ हैन सवै व्लग चलाउने हो, खासमा त्यो पुरानो व्लगको पनी त आफ्नै महत्व छ नी ।

वरु वनाउन मिल्ने भए यी दुवै व्लगलाई एउटै ईमेल  आईडीवाट साईन अप गर्न मिल्ने वनाउने थिए ।” व्लगर डटकमवाट वनाईएको व्लगको ईमेल आईडी कसरी परिवर्तन गर्ने ? एकै आईडीवाट एक भन्दा वढी व्लग चलाउन मिल्छ कि मिल्दैन ? यस्तै जिज्ञासा तपाईमा पनी छ भने यो पोष्ट महत्वपुर्ण हुनेछ ।

एकै ईमेल आईडीवाट एक भन्दा वढी व्लग चलाउदाको फाईदा:
~ समयको वचत हुन्छ ।
~ साईन अप र साईन आउट गरिरहनुपर्ने झन्झट हुदैन ।
~ दुवै व्लगको वारेमा वारम्वार तुरुन्तै जानकारी लिन सकिन्छ ।
~ पासवर्ड चोरी र ह्याकिङवाट व्लग सुरक्षित राख्न टु स्टेप भेरिफिकेशन गर्न सकिन्छ ।

* टु स्टेप भेरिफिकेशन भनेको के हो ? पढ्नुस् । दुई भिन्न भिन्नै आईडीको व्लग एकैठाउँमा लैजादै हुनुहुन्छ हैन त ?

अघिल्लो पोष्टमा  व्लग कसरी वनाउने नामको व्लग वनाएको थिए  । सो व्लगलाई अर्को ईमेल आईडीमा वसाई सादैछु । डेमो हेरौ ।
ईमले आईडी राखेर व्लग साईन अप गर्नुस् । तपाईले दायाँतर्फ लहरमै Blog use tools देख्नुहुन्छ । सवैभन्दा तल Setting देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुस् ।
Setting मा क्लिक गरिसकेपछि तपाईले Blog Authors देख्नुहुन्छ ।
यो माथिल्लो तस्विर हेर्नुस् (Admin) यहाँ नाम र ईमेल आईडी देखिएको छ । सगै तपाईले Add authors  भन्नेपनी देख्नु नै भएको होला । Add authors लेखिएको ठाउँमा कुन आईडीमा यो व्लग लादै हुनुहुन्छ सो ईमेल आईडी राख्नुपर्ने हुन्छ ।
नयाँ ईमेल आईडीमा  ईमेल चेक गर्नुस् ।
म्यासेज आएको हुन्छ । त्यहाँ क्लिक गर्नुस् र Accept Invitation  गर्नुहोला । अव पुरानो ठेगानावाट नयाँ ईमेल आईडीमा व्लग वसाई सरिसकेको छ । Author मात्र हैन Admin  नै सार्दैहुनुहुन्छ त्यसैले पुरानो ईमेल आईडी प्रयोग गरिएको Dashboard मा फर्कनुस् :
पुरानो ईमेल आईडी प्रयोग गरिदै आएको व्लगको Dashboard, Refresh गर्नुस् र पुर्न Setting को Blog authors  मा हेर्नुस अव तपाईले दुई ईमेल आईडी देख्नुहुन्छ । पुरानो ईमेल आईडी र भर्खरै Add गरिएको नयाँ ईमेल आईडी । नयाँ ईमेल आईडीमा एड्मिन दिईएको छैन । एड्मिन अर्थात पुर्ण अधिकार दिनको लागी Admin मा क्लिक गर्नुस् ।
सफलतापुर्वक व्लगको ईमेल आईडी परिवर्तन भएको छ । यदि पुरानो ईमेलमा पनी व्लग एड्मिन होस् भन्ने चाहनुहुन्छ भने अव केहि चलाउनै पदैन ।
 हैन पुरानो ईमेल आईडीमा व्लगको नामोनिसानै नराख्ने हो भने डिलिजको आईकन देख्नुनै भएको छ । सोहि ठाउँवाट डिजिट गर्न सक्नुहुन्छ ।

Leave a Reply