फेसवुक सुरक्षा

अहिल्य सामाजिक सञ्जाल फेसवुक चलाउनेकै जगजगी छ,  ईन्टरनेट सम्वन्धी जानकार नहुनेहरुले पनी फेसवुकको प्रयोग गरिरहेका छन्  । जे भएपनी जमाना   फेसवुककै छ ।  स्कुले विद्यार्थीदेखी कपाल पाकेका वयोवृद्धहरुलेपनी फेसवुक प्रयोग गरिरहेका छन् । कामकाज नहुनेहरुको लागी टाईमपास र व्यवसायीक व्यक्तिहरुले उत्पादित सामाग्रीको प्रचारप्रसारका लागी पनी फेसवुक प्रयोग गरिरहेका छन् ।  फोनमा सम्पर्क हुन नसकिरहेका मानिसहरु फेसवुकमा भने अनलाईन भेटिन्छन् । नेपालमा सवैभन्दा वढी प्रयोग हुने सोसिएल साईट नै फेसवुक हो  । १९ लाख भन्दा वढी नेपालीहरुले फेसवुक प्रयोग गरिरहेको र विश्वमा फेसवुक प्रयोग गर्ने राष्ट्रहरु मध्ये नेपाल ६७ औ स्थानमा रहेको   सामाजिक सञ्जालको विश्लेषण गर्दै आईरहेको साईट सोसिएल वेकर्सले हालै जनाएको छ । विहान उठ्नासाथ फेसवुकमा “शुभविहानी”वाट सुरु भएर मध्यरात “शुभरात्री” स्टाटश लेख्दै टुङगिन्छ । तर सधै सुखान्तमा मात्रै फेसवुकमा दिनहरु व्यतीत भएको पाईदैन । धेरैलाई बेलावखत  टाउको दुखाईको विषयपनी वनिरहेको छ । फेसवुककै कारण घर व्यवहार विग्रिएको छ, श्रीमान श्रीमतीको सम्वन्ध चिसिएको छ , प्रेमी पे्रमीकामा फाटो छाएको छ भने फेसवुकले साथीभाईविच मनमुटाव ल्याईदिएको छ ।  यी सबैको पछाडी फेसवुक एकाउण्ट सुरक्षामा आवश्यक होशियारी नअपनाउनु नै हो । 
photo : Google.com
नेपालका धेरै प्रयोगकर्ता फेसवुक एकाउण्ट सुरक्षाको विषयमा अनविज्ञ छन् । फेसवुक सुरक्षामा ध्यान नदिदा टाईमलाईनमा अश्लिल सामाग्री ट्याग, सेयर भईरहेको हुन्छ भने अनावश्यक अश्लिल देखिने भाईसरहरु वारम्वार पोष्ट भईरहेको छ । आफै पोष्ट भईरहेको अश्लिल भाईरस तथा ट्याग,सेयर गरिएका त्यस्ता सामाग्री टाईमलाईनमा देखेपछि त्यो प्रयोगकर्तालाई हेरिने दृष्टिकोणमा धेरै परिवर्तन आउछ । नैतिकतामा प्रश्न चिन्ह खडा गरिनुपनी स्वभाविक हो । फेसवुक वुझेकालाई श्रीखण्ड नजान्दा खुर्पाको विड भन्दा फरक पदैन । त्यसैले दैनिक नित्यकर्ममा प्रयोग हुने फेसवुक एकाउण्ट सुरक्षाको लागी सवैभन्दा पहिल्य टाईमलाईमा ध्यान दिन आवश्यक छ । टाईमलाईनमा अपलोड तथा ट्याग, गर्न नसक्ने वनाउन आवश्यक छ । ट्याग,सेयर गरिएका सामाग्रीलाई आफुले हेरिसकेपछि टाईमलाईनमा देखिने अथवा आवश्यक नलागेको अवस्थामा जो कोहिले नदेखिने वनाउनुपर्ने हुन्छ । यी सवै काम सम्भव छ । ट्याग तथा सेयर एवं टाईमलाईनमा अरुले पोष्ट गर्न नसकोस् भन्नाको लागी फेसवुकको प्राईभेसी सेटिङ्मा जान जरुरी छ । त्यहाँ गईसकेपछि धेरै जानकारी पढ्न सकिन्छ जस्तै आफुले मात्रै टाईमलाईनमा पोष्ट गर्ने कि अरुलाई पनी पोष्ट गर्न स्विकृती दिने , पोष्ट भएका सामाग्रीहरु क कसले हेर्न सक्ने बनाउने आदि । दिईएको उक्त छनोटमा आफुले मात्रै पोष्ट गर्ने वनाउनु उपयुक्त हुन्छ , त्यसो भएको खण्डमा तपाईले पोष्ट गरेका सामाग्रीहरुमाथी मात्रै लाईक,कमेन्ट र सेयर गर्न सकिनेछ ।  
साथै पोष्ट गरिएको सामाग्री आफ्नो साथीले मात्रै देख्न सक्ने वनाउनु उपयुक्त हुन्छ । अरुले ट्याग गर्ने नसक्ने वनाउन पनी सकिन्छ,हैन ट्याग गरुन् भन्ने चाहने हो भने पनी  ट्याग गरिएका सामाग्रीहरु आफ्नो टाईमलाईनमा नदिखेन वनाउन  सकिने छनोट पनी फेसवुकले उपलव्ध गराएको छ । त्यसैपछि ट्याग गरिएका सामाग्री देखाउन मन लागेको खण्डमा एप्रुभ गर्ने छनोट पनी दिएको हुन्छ ।  फेसवुक एकाउण्ट सुरक्षाको लागी यतीले मात्रै पनी पुग्दैन  । फेसवुकमा साथी भएकाहरुलाई चिन्नुभएको छकि छैन सो विषयमा पनी ध्यान दिन जरुरी छ ।  फेसवुकमा व्याप्त नक्कली एकाण्टले पनी यस्ता अश्लिल भद्धा लाग्ने सामाग्रीहरु अपलोड,ट्याग, सेयर गर्ने तथा चरित्रहिन काम गरिरहेका हुन्छन् । नेपालको विग्रदो राजनैतिक अवस्था र साईवर कानुनप्रतीको खिल्लीले पनी यस्तो सामाजिक सञ्जालमा हुने अपराधले प्रश्रय पाईरहेको छ । नेपालका राजनैतिक नेता तथा कलाकारहरुको मानहानी हुने कामकाज दिनानुदिन वढीरहेको छ । उनिहरुको टाउँको पशुको जिउमा तथा नग्न शरिरमा जोडेर रमाइलो गर्नेहरुको जमात पनी ठुलै छ । सवैलाई त्यस्ता काम मन पदैनन र ती र त्यस्ता क्रियाकलापवाट टाढै वस्न नै एकाउण्ट सुरक्षा अपनाउन भनिएको हो । साथै फेसवुक सुरक्षाको लागी पासवर्ड सुरक्षित हुन आवश्यक छ । सिधै तपाईको फेसवुक खोलेर अनावश्यक सामाग्री पोष्ट भयो भनेपनी ती गतीविधी आफैले गरेको ठहरिन्छ । पासवर्ड अक्षर र अकंमा दुवै मिलाएर राख्नुपर्छ । फेसवुक एकाउण्टमा काम,अध्ययन,ठेगाना लगायत जानकारी राख्न पनी उत्तिकै महत्वपुर्ण हुन्छ । यी र यस्ता विषयमा ध्यान दिएको खण्डमा मात्रै फेसवुक चलाएको अर्थ रहन्छ भने तपाईको व्यक्तित्वमा कसैले खोट लगाउन सक्दैन । –  २० मसिंर २०६९ मा अन्नपुर्ण पोष्टमा प्रकाशित ।
 

One Response

Leave a Reply