‘फेसवुकमा स्टाँटस अपलोड गरेरै ३५ लाख संकलन’

“शोकमा सहारा, सामाजिक सञ्जाल

– झन्डै ६ महिनाअघि फेसुवकमा भेटिए, विष्णु गौतम । काठमाण्डौ, तिलगंगा निवासी गौतमसगँ फेसवुके साथी बनेसगै जिज्ञासा सुरु भयो । पहिले त उनका फेसवुक स्टाटस जहिले पनी फरक किसिमको हुन्थे । कहिले उनी मगन्ते भएझै लाग्थ्यो अनि कहिले दानी । 
अरुका कामका लागी खर्च जुटाईदिन्छु भन्नु मानौँ उनको थेगो नै हो ।  भर्खरै गौतमसगँ भेट भएपछि थाहा भयो , उनले दुई वर्षमा फेसवुक स्टाटसँकै भरमा करिब ३५ लाख नेपाली रुपैयाँ संकलन गरिसकेका रहेछन् । गौतमको ख्यातिको कारण फेसवुकवाट संकलित ३५ लाख रुपैयाँ मात्रै हैन, उनले आफ्नो पुख्यौली सम्पतिबाट पनि करिब ५० लाख रुपैयाँ सामाजिक कार्यमा लगानी गरिसकेका छन् ।
सामाजिक क्षेत्रमा लाग्नुअघि उनी पर्यटन व्यवसायी थिए । समाजसेवामा लाग्न भने उनलाई आफ्ना दुई छोराबाट प्रेरणा मिल्यो । “मलाई २८ र २६ वर्षका ती दुई छोरावाट प्रेरणा मिल्यो जसले एकएक वर्षको अन्तरालमा सडक दुर्घटनामा परेर ज्यान गुमाएका थिए,” गौतम भन्छन् । पर्यटन व्यवसायमै रहेका जेठा छोरा कुमार गौतमको डिसेम्वर २७, सन् २००८ मा मोटरसाईकल दुर्घटनामा मृत्यु भएको थियो भने अमेरिकामा अध्ययनरत माइला छोरा बलराम गौतमले अक्टोबर ३ सन् २००९ मा कार दुर्घटनामा ज्यान गुमाएका थिए ।

होनाहार दुई छोरालाई वर्षदिनको अन्तरालमा गुमाउनु परेपछि परिवारमा अन्धकार छायो । उनका दुई छोरा साधारण थिएनन् । पढाइ र काममा तेज थिए । चिनियाँ भाषामा दक्षता हासिल गरेका जेठा छोरा सेभेन्टिसेभेन टुर्स कम्पनिका निर्देशक थिए । उनी सन् २००८ मा नेपालमा सबै भन्दा बढी चाइनिज पर्यटक भित्रयाउन सफल भएका थिए । माहिलो छोराले सन २००८ मै अमेरिकाको एनडब्लुओएयु बिश्वविद्यालय टप गरेका थिए । गणित बिषयमा बिश्वबिद्यालय टप गर्ने पहिलो नेपाली माहिलो छोरा बलराम नै थियो , गौतम मलिन स्वरमा भन्छन् , साथै अमेरिकामा “आउट स्टान्डिङ सिनियर अवार्ड, राष्ट्रपती सम्मान, स्टुडेन्ट अफ दि ईयर” समेत पाउन सफल भएको  थियो । दुवै छोराहरु सामाजिक क्षेत्रमा काम गर्न रुची राख्दथे ।
दुइ छोराको निधन पछि पिता बिष्णु गौतमले पर्यटन ब्यबसाय चटक्कै छाडे, अनि लागे दुइ छोराले गदै आएको सामाजिक कामलाई निरन्तरता दिन । “ छोराहरुको कामलाई निरन्तरता दिन सकियो भने उनिहरुको आत्माले शान्ती पाउनेछ भन्ने लागेर स-परिवार नै पुर्ण रुपमा सामाजिक कार्यमा लाग्ने योजना बनायौँ” गौतम भन्छन्, पत्नी लक्ष्मी गौतमको नामबाट लक्ष्मी प्रतिस्ठान स्थापना गरियो । गौतमले काभ्रेस्थित दुइ बिद्यालयलाई भबन निर्माणका लागी जग्गा एवं नगद दान गरे ।

बिद्यालयमा भौतिक सरंचना निर्माणको काम अघि बढ्यो । लाईब्रेरी  निर्माण भयो । छात्रबृत्ति प्रदान गरियो, बिद्यालयमा खानेपानीको ब्यबस्था भयो । “मैले जग्गा बेचेर समेत लगानी गरेँ” गौतम भन्छन । छोराछोरीलाई बिद्यालयसम्म पठाउने वातावरण उनकै पहलमा अभिभाबकलाई पनि तालिम दिन थालियो । प्रौढ शिक्षामा पनी लगानी गरे । काभ्रे र सिन्धुपाल्चोक जिल्लाका गाउँमा गौतमले स्वास्थ्य सेवा पनि सुरु गरे । “मोतियाबिन्दुको समस्या बढी भएको पायौँ । हामिले बर्षेनी एक सय जनाको तिलगंगा आँखा अस्पतालमा निशुल्क अप्रेसनको ब्यबस्था मिलायौ” गौतम भन्छन् । हाल सम्म तिन सय ८३ जनाको आखाँको अप्रेशन सफलतापुर्वक सम्पन्न भइसकेको छ । 

गौतमले गर्न चाहेको मुख्य काम भने सुरक्षित  यात्रा थियो । सुरक्षित यात्रा कसरी गर्न सकिन्छ भनेर पहिलो चरणमा बिभिन्न कलेजहरुमा गएर चार दिने तालिम दिइयो । सडकमा यसै सम्वन्धी सन्देश पेन्ट गर्न थालियो । रात्रीकालिन यातायातको लागि सजिलो होस भनेर उनको संस्थाले चम्कने स्टिकर टास्न थाल्यो । यो अभियान तिरन्तर नै चलिरहेको छ ।
सडक दुर्घटनामा परेर मानिसको ज्यान जानुको अर्को कारण दक्ष चालक नहुनु पनि हो । तिन वर्षभित्र  एक हजार जना महिलाहरुलाई दक्ष चालक बनाउने लक्ष्यका साथ उनी काम गरिरहेका छन । “ड्राईभिङ मात्र नभएर सेभ ड्राईभिङ  गर्न आबश्यक छ,” गौतम भन्छन । नेपालमा विदेशी  पर्यटक पनि आइरहेका हुन्छन । गाडी हाक्नु मात्र ठुलो कुरा नभएर अंग्रेजी बोल्न पनि जान्नु पर्छ । यसका लागि उनले तिन महिने आधारभुत अंग्रेजी पनि सिकाइरहेका छन ।

 महिला ड्राईभर  भएकै कारण हेपिने तथा शोषित हुनबाट बच्न मार्सलआर्टको तालिम पनि दिइरहेको गौतम बताउछन् । डा्रइभिङ्गमै अटोमोबाइलको तालिम पनी उनीहरुले पाइरहेका छन । पहिलो चरणमा काभ्रेबाट ६८ जना महिला पुर्ण चालक भइसकेका छन । केहिचालकले ठुला सघ संस्थामा जानिर खान पनि थालेका छन । “यो हाम्रो लागी अत्यन्तै खुसिको कुरा हो” गौतम भन्छन् ।

गौतमको सस्थाले अन्य काम पनि अघि बढाइरहेको छ । छोराहरुको सपना पुरा गर्नका लागी यति धेरैकाम गर्नुका पछाडि फेसबुकको ठुलो योगदान रहेको गौतम बताउछन । गाउँमा भइरहेको आफ्ना गतिबिधिलाई उनी फेसबुकमा अपलोड गर्छन् । फेसबुकबाटै दाताहरुसंग सम्पर्क भइरहेको छ । फेसबुकबाट चलेका कार्यक्रम सहज पनि छ । डोनरबाट कार्यक्रम गरेको भए डकुमेन्टेसन गर्दागर्दै बर्ष दिन जान्थ्यो होला, गौतम भन्छन्, ”फेसबुकमा हामिले चाडो र सजिलै तबर बाट काम गर्न पाएका छौँ ।”
फेसबुकबाट संकलित रकममा विशेषत बिदेशमा बस्ने नेपालीले सहयोग गरेका छन । दुइ बर्षको अबधिमा तिन जनाले ६-६ लाख र एक जनाले ४ लाख रुपैयाँ सहयोग गरिसकेका छन । बिदेशमा अध्ययनरत बिद्यार्थीले हरेक कार्यक्रमको लागि एक/दुइ सय  अमेरिकन डलर पठाइरहेका हुन्छन । “मलाई १० जना बिद्यार्थीले सय डलरको हिसाबले रकम पठाए भनेमात्रै पनि म एउटा प्रभाबकारी काम गर्न सक्छु”गौतम भन्छन् ।

भिडियोमा पनी हेर्न सक्नुहुन्छ ।

  
२९ जेठ, विसं २०७० मा अन्नपुर्ण पोष्टमा  प्रकाशित लेख ।

2 Comments

Leave a Reply