फेसवुकमा विश्व रेकर्ड

– मार्क जुकरवर्गले सन् २००४ मा स्थापना गरेको फेसवुकको सवैभन्दा वढी प्रयोगकर्ता अमेरिकामा रहेका छन् । करिव १७ करोड मानिसले अमेरिकामा फेसवुक प्रयोग गर्छन । त्यस्तै कम फेसवुक चलाउने राष्ट्र भ्याटिकन सिटी हो । सो देशमा २० जनाले मात्र फेसवुक प्रयोग गर्दछन् । 
– फेसवुकमा सवैभन्दा वढी लाईक भएको पेज फेसवुक फर एभ्रिफोन हो, जसमा १७ करोड भन्दा वढी  लाइक भएको छ । त्यस्तै अमेरिकाका राष्ट्रपनी बराक ओवामाले पुनः राष्ट्रपती भएपछि पोष्ट गरेको पहिलो फोटोमा ४४ लाखभन्दा वढी लाईक भएको थियो ।  
– अमेरिकाका विल्ली सकमनको फेसवुकमा सवैभन्दा वढी म्यासेज आएको थियो । ५६ हजार दश म्यासेज आएर हालसम्म विश्व रेकर्ड रहन गएको छ ।

– पाकिस्तानका दवर काजी र उनका साथीले फेसवुक टाईमलाईनमा दोहोर कमेन्ट गरेर विश्व रेकर्ड राखेका छन् । उनिहरुले एक लाख ५१ हजार चारसय ५३ पटक दोहोरो कमेन्ट गरेका थिए ।
– भिड स्ट्रोपनिकलाई एक मिनेटमा २० जना फेसवुक साथीले पोक गरेका थिए । उनको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन ।
-इजरायलका योगेन रिनहोल्डले अपलोड भएको फोटो सवैभन्दा वढी ट्याग भएको छ । कन्र्सटमा उपस्थित मानिसहरुको खिचिएको उक्त फोटो ४ हजार पाचँ सय २४ फेसवुक प्रयोगकर्ताले ट्याग गरेका थिए । 
– हालसम्म विश्वमा सवैभन्दा वढी लाईक पाउने सेलिव्रेटी रिहान्ना हुन् । गायिका रिहान्नालाई करिव साढे ६ करोड मानिसहरुले लाईक गरेका छन्  ।  नेपालमा भने सवैभन्दा वढी लाईक पाउने सेलिव्रेटीमा हरिवशं आचार्य हुन् । हास्य कलाकार आचार्यको पेजमा २ लाखभन्दा वढी लाइक भएको छ । -लिभिङ विथ आईसीटीमा प्रकाशित ।

Leave a Reply