“फेसवुकमा अपरिचित व्यक्तिलाई साथी बन्नवाट यसरी रोकौँ”

– फेसवुक विनाको जिन्दगी कस्तो होला भनेर वहश गर्नुपर्ने समय आईसकेको छ । मानिसहरु महिना, हप्ता, दिन हैन एक पल पनी फेसवुक भन्दा वाहिर रहेर जिउन चाहदैनन । व्यापार व्यवसायको प्रमोट गर्ने देखी टाईम पास गर्ने सम्म सवै प्रकारमा मानिसको लागी अति नै आवश्यक भईसकेको छ फेसवुक ।

धेरै चिनी खायो भने तितो हुन्छ भनेझै फेसवुक धेरै चलाई रहदा निकै छटपटाहट भएको पनी हुनसक्छ । फेसवुक चलाउदै गर्दा एड् फ्रेन्ड बटम नै हटाउन पाए वाईयात मान्छेहरु साथी नै बन्न पाउने थिएनन् भन्ने सोचिरहनुभएको त छैन ? तथानाम कमेन्ट, ट्याग तथा च्याटवाट सुरक्षित हुदै सिमित साथीहरुमै रमाउन चाहनेहरुको लागी एड् फ्रेन्ड बटम हटाउनु (लुकाउन) नै  वुद्धिमानी काम हो । 

‘यसरी ठोकुम् फेसवुकमा ताल्चा’

‘यसरी ठोकुम् फेसवुकमा ताल्चा’

Don’t miss : ‘यसरी ठोकुम् फेसवुकमा ताल्चा’ 

यो बटम हटाउनु भयो भने तपाईको साथी भन्दा वाहिरको प्रयोगकर्ताले एड् फ्रेन्ड बटम नै देख्ने छैनन् भने तपाई प्रती चियोचर्चो राख्न चाहन्छ भने उनीहरुले फलो गरेर तपाईका पोष्टहरु हेर्न पाउछन् । दैनिक धेरै अनवान्टेड फ्रेन्ड रिक्वेष्टवाट वाक्क दिक्क हुनुहुन्छ यसो गरम् ।

डेमो हेरौ ।
मेरो फेसवुक टाईमलाईन यस्तो देखिएको छ । अहिल्य जो सुकैले पनी रिक्वेष्ट पठाउन सक्छन् । म आफ्नो साथीको साथीले भन्दा वाहिरका व्यक्तिले रिक्वेष्ट पठाउन नसक्ने र सो ठाउँमा फलो वटम हाईलाईट गर्दैछु ।

टाईमलाईनको दाहिने तर्फ होम बटम (Home) नजिकै प्राईभेसी सटकट देख्नुहुनेछ । त्यहाँ क्लिक गर्नुस् । Who can contact me ? मा क्लिक गर्नुस् ।  अव भने हु Who can send me friend request ?  मा क्लिक गर्नुभयो भने सोहि ठाउँमा ‘Everybody र Friends of Friends’ यी दुई अप्सन पाउनुहुनेछ । तपाईले ‘Friends of Friends’ लाई सेलेक्ट गर्नुभयो भने मात्रै पनी अपरिचित व्यक्ति साथी बन्न आउने सम्भावनाको ढोकालाई पहिल्यै बन्द गरिदिनुभयो ।

ल हेर्नुस् अव मेरो टाईमलाईन यस्तो देखिएको छ । 
 साथीको साथी भन्दा वाहेकले म सगँ साथी वन्न चाहन्छन् भने फलो गर्नुको विकल्प छैन । 🙂  आशा छ लामो समय पश्चात पोष्ट भएको यो लेख उपयोगी सावित हुनेछ । 

Leave a Reply