‘नेपाली भाषाको साईटमा गुगलले एड्सेन्स विज्ञापन रोक्दैछ’

– नेपाली साईट चलाउछु । त्यसमा पब्लिक विज्ञापन त राखिनै हाल्छु गुगलले दिदै आएको अनलाईन विज्ञापन राखेर समेत राम्रो कमाई गर्नुपर्ला भनेर सोचिरहनुभएको छ भने एक छिन पर्खिनुस् । तपाईले सोचाई परिवर्तन गर्नुपर्न भएको छ । नेपाली भाषाका केहि चर्चित साईटमा गुगलले आफ्नो विज्ञापन सेवा वन्द गरेको छ । अनलाईन खबर, ईकान्तिपर, एवं नागरिकन्युजमा गुगलले अनलाईन विज्ञापन ब्लक गरेको छ । हेर्नुस् ती साईटमा गुगलको विज्ञापन देखिदैन । तर अन्य साईटमा भने  गुगल विज्ञापन डिस्प्ले हुन कुनै रोकावट छैन । यी तीन नेपालका चर्चित साईट हुन् र दैनिक लाखौ मानिसले भिजिट गरिरहेका छन् सोहि अनुपातमा गुगल एड्सेन्सवाट कमाई पनी गरिरहेका थिए तर अव यो क्रम रोकिने भएको छ ।  
किन यी साईटमा एड्सेन्स व्लक भए त ?
नेपाली भाषालाई गुगलले मान्यता दिएको छैन अर्थात नेपाली भाषालाई गुगलले चिन्दैन । अग्रेजी भाषामा एप्रुभ गराईएको एड्सेन्स कोडलाई तोडमोड गरिएर नेपाली युनिकोडका साईटमा राखिदै आईएको छ । नेपाली भाषाको सवै जसो साईटमा गुगलको निति नियमभन्दा वाहिर गएर गुगलको विज्ञापन राखिएको छ । नेपाली भाषालाई भेरिफाई नगर्नु र एड्सेन्स कोडलाई तोडमोड गरिनुनै एड्सेन्स रिमुभ गरिनुको मुख्य कारण हो । के पनी अनुमान लगाउन सकिन्छ भने यी नेपालका चर्चित साईटहरु हुन् र पहिलो चरणमा गुगलले कारवाही अगाडी वढायो । क्रमश अन्य नेपाली साईटमा रहेका विज्ञापन पनी व्लक गर्ने सम्भावना छ भन्न सकिन्छ ।
 सञ्चालक के भन्छन् त ?
 ईकान्तिपुर अपडेट गर्दै आएका एक पत्रकारका अनुसार ईकान्तिपुरमा अपडेट भएका सामाग्री गुगलको टर्म एण्ड पोलिशी भन्दा वाहिर भएकाले गुगलले आफ्नो विज्ञापन रोकेको हो, । उनी भन्छन् नेपाली युनिकोडकै कारण गुगलले विज्ञापन रोकेको प्राप्त मेलमा वताएको छ । अहिल्य नेपालका तिन साईट र भारतका केहि साईटमा गुगलको विज्ञापन देखिदैन, ईकान्तिपुरको होम पेज अग्रेजी भएकाले पुर्न एड्सेन्स राख्न सकिने सम्भावना रहेको छ । 
नागरिकन्युजका ऋषिकेश दाहाल पनी यसै भन्छन् : “नेपाली भाषा भएकै कारण गुगलले एड्सेन्स विज्ञापन रोकेको जानकारी दिएको छ । ईमेलमा प्राप्त म्यासेज अनुसार गुगल एड्सेनसको निति नियम भन्दा वाहिर रहेर एड्सेन्स राखिएको हुनाले रोकिएको हो ।” दाहाल भन्छन् नागरिक न्युज मात्रै नभएर भारतको केहि युनिकोड एवं अग्रेजी साईटमै गुगलले विज्ञापन रोकेको देखिएको छ र नेपालका अन्य नेपाली भाषाको साईटमा समेत एड्सेन्स रोक्ने सम्भावना देख्दछु ।
वेफाईदा के त ?
यदि गुगलले नेपाली साईटवाट एड्सेन्स रिमुभ गर्दैगयो भने चर्चित साईट एवं मुलधारका पत्रपत्रिकाको अनलाईन पोर्टलहरु त टिक्छन् नै । त्यस्ता साईटलाई आर्थिक रुपमा थोरवहुत असर परेपनी नियमित सञ्चालनको लागी समस्या नहोला । तर अनलाईन पत्रकारिता गर्छु एवं नेपाली भाषाका साईट चलाएरै भविष्य खोज्छु भन्नेहरुको लागी भने ठुलै समस्या हुनसक्ने देखिन्छ । अनलाईन विज्ञापन राखेर अदृष्य रुपमा कमाई गर्दै आएका त्यस्ता साईटहरुलाई  ठुलै धक्का लाग्ने निश्चित छ ।
अनि फाईदा चै ?
फेसवुकमा देख्नु नै भएको होला ‘यो फोटो लाईक गर्दै यो लिकंमा क्लिक गर्नुस अनि के देख्नु हुन्छ’ भन्ने खालका साईटहरु वन्द हुनेछन् । के के न पो होला भन्ने उत्सुकता जगाउने र अन्त्यमा आफ्नो साईटमा ठक्कर ख्वाउने त्यस्ता साईटहरु बन्द हुनु भनेको खुसीकै कुरा हो । एड्सेन्सकै लागी सञ्चालन भईरहेका कपिपेष्ट वाला साईटहरु पनी पुर्ण रुपमा वन्द हुनेछन् । भुमिगत भएर सञ्चालन गरिएका अर्ध पोर्न साईटहरुले पनी नेपाली ईन्टरनेट युजरलाई झुक्काउने र भुल्याउने खेलवाट हात धुनु पर्नेछ ।
अन्त्यमा
कसैगरी यि तिनवाहेक अन्य नेपाली साईटवाट गुगलले आफ्नो एड्सेन्स विज्ञापन हटाएपनी अथवा नहटाएपनी नेपाली भाषा भेरिफाई गर्नको लागी भने सम्वन्धीत निकायको ध्यानाकर्षण हुन आवश्यक छ । नेपालमा २० औ लाख ईन्टरनेट युजर हुदाहुदै पनी गुगलले नेपाली भाषालाई अवहेलना नै गरिरहेको छ ।  एड्सेन्स मात्रै नभएर गुगलको अन्य धेरै उत्पादन (ट्रान्सलेट,जिमेल मनि ट्रान्सफर लगायत ) उपभोग गर्न नेपाली ईन्टरनेट युजर वन्चित भईरहेका छन् ।
Don’t Miss : यी हुन् ‘उत्कृष्ट अनलाईन विज्ञापनदाता कम्पनीहरु’

15 Comments

Leave a Reply