“नेपालको आवश्यकता भन्दा पहिले जन्मिए”

– कम्प्युटर वैज्ञानिक मुनीबहादुर शाक्य ।  

विश्व प्रसिद्ध कम्पनी आईविएम र एप्पल स्थापित हुन सर्घष गरिरहेको समयमा नेपालमा कम्प्युटर वनिसकेको थियो । सन् १९७९ मा नै कम्प्युटर वनाएको थिए, नेपालीमै टाईप गर्न मिल्ने एवं मौखिक निर्देशनमा आफै काम गर्ने कम्प्युटर । त्यसको दुई वर्षपछि आईविएमले माईक्रो कम्प्युटर वनाएको थियो ।  मैले कम्प्युटर वनाईसक्दा  स्टिभ जव्स एवं विल गेट्स कम्प्युटर के हो भनेर कखरा पढ्दै थिए । काम र अध्ययनको सिलसिलामा फ्रान्स र अमेरिका जादा धेरैकुरा सिक्ने मौका मिल्यो । सन् १९७८ मा फ्रान्समा अध्ययन गर्न गए ।  त्यहाँको  प्रविधिवाट प्रभावित भएर कम्प्युटर वनाउन उत्साह जाग्यो ,  आफ्नै देशमा केहि गरु भन्ने लागेर  नेपाल फर्किए । म दिनको ३ घण्टामात्र सुतेर काममा लागिरहन्थे । त्यसयता आफ्नो अध्ययन अनुसन्धानलाई निरन्तरता दिईरहेको छु । अहिलयसम्म मैले हजारौ कम्प्युटर वनाईसकेको छु । 
मलाई पैसा कमाउनसगँ मतलव भएन, नयाँ टेक्नोलोजी कसरी विकास गर्न सकिन्छ र देशलाई आईटीको क्षेत्रमा कसरी अघि वढाउन सकिन्छ भन्ने चिन्ताले वारम्वार पिरोलिरहन्थ्यो । केहि गर्न सक्छु भन्ने सपना देखेको थिए, मनलागेको काम गरिछाड्नु मेरो घमण्डीपन पनी हो । सामान्य परिवारमा पाटनको हक टोलमा फेव्रुअरी दुईमा जन्मिएको हुँ । मैले भारतवाट सन् १९६५ मा रेडियो ईलेक्ट्रोनिक्सको कोर्स गरे भने बेलायतवाट सन् १९७२ मा सी.ईन्जिनियरिङ सम्पन्न गरे । मैले सन् १९७९ मा  कम्प्युटर वनाए,नेपालमा कम्प्युटर बनाएको थाहा पाएर चीन,  जापान तथा अन्य देशका रेडियो,टेलिभिजन,पत्रपत्रिकाले एक्सक्लुसिभका साथ खवर प्रसारण गरे, म र मेरो कामको सम्वन्धमा आधा दर्जनभन्दा वढी डकुमेन्ट्री वनेको छ । कम्प्युटर वनाएर नेपाललाई प्रविधीमा अघि वढाएर विश्वमा चिनाउने हौसला झनै वढ्दै गयो र सन् १९८५ मा हाइटेक पायोनियर कम्पनी स्थापना गरे । अहिल्य घरमै चिप्स उत्पादन गर्ने करौडौका मेसिन थन्किएर वसेको छ ।  कम्प्युटर वनाउने समयको सुरुवाती चरणमा न्युयोर्क र पेरिसवाट कम्प्युटरका चिप्सहरु लेराउनुपथ्यो । विदेशवाट सामान लेराउदा र भन्सार तिर्दातिर्दै कम्प्युटर अत्यन्तै महगाें भईसक्थ्यो । सरकारी सघंसस्थाले मेरो कामलाई प्रोत्साहन गर्नुपरो म आईटीमा केहि गर्न चाहन्छु भन्दा त्यो समयमा नेपालका नेतृत्व गर्नेहरुले नेपालीले वनाएको कम्प्युटर पनी चल्छर, भनेर मेरो मेहनतलाई हासोमा उडाउथे ।   यतिसम्मकी त्यो समयका अर्थमन्त्री डा.रामशरण महतसगँ  एउटा सानो सहुलियत मागेको थिए, कम्प्युटरका चिप्स विदेशवाट ल्याउदा भन्सारमा ५ प्रतिशत मात्र छुट दिनुपरो, त्यो छुटले पनी मेरो काममा धेरै राहत हुनेथियो भनेको थिए तर  उहाँले मान्नुभएन, “तपाईले कम्प्युटर वनाउने काम गर्न थाल्नुभयो भने त नेपाली विदेश जादैनन् , विदेश नगएपछि रेमिट्यान्स भित्रिदैन अनि कसरी देशको विकास हुन्छ, यस्ता काम नपाईले नगर्दा नै राम्रो ।” उहाँको यस्तो तर्क सुनेर साह्रै दुःख लाग्यो, नेपालका नेताहरुको दुरदर्शिता देखेर म छक्क परे  । 
सरकारले कुनै प्रकारको सहयोग गर्न नचाहेपनी आफुले भने  शोध र अध्ययनलाई निरन्तरता दिईनैरहे । सन् १९८५/८६ को समयमा अर्थ मन्त्रालयलाई पचासी हजारमा कम्प्युटर वेचे । त्यो पनी आफ्नो लागेको खर्च उठाउने गरीमात्र । नेपाल सरकारले मेरो कामलाई नपत्याएपनी युएनसगँ सम्वन्धीत एक सस्थाले पाचँ सय कम्प्युटर किनिदियो जसले मेरो कामलाई निरन्तरता दिन ठुलो टेवा मिल्यो । मेरो त्यो समयको अविष्कार सानो थिएन, नेपाली देवनागरी लिपिमै टाईप गर्न मिल्थ्यो भने वोलेको भरमा आवाज सुनेर कम्प्युटरले काम गथ्र्यो । नेपालीहरुले पनी कम्प्युटर किनुन्,भित्रिदै गरेको विदेशी कम्प्युटरलाई निरुत्साहित गर्न सकियोस् भनेर विदेशी कम्प्युटरभन्दा धेरै सस्तैमा उपलव्ध गराएको थिए, दशौ गुणा छिटो काम पनी गथ्र्यो । तरपनी सो अविष्कारलाई प्रोत्साहन मिलेन । मैले त्यहिवेला सोचेको थिए म नेपालको आवश्यकता भन्दा चाडै जन्मिएछु र त , मेरो कामलाई न राष्ट्रले चिन्न सक्यो न नेपालीले नै थाहा पाए ।  अहिल्यपनी आफ्नो कामप्रती म आशावादि छु ।  म आफ्नो काममा सफल भईसकेको छु जे सोचे त्यो गरेर देखाईदिए । दर्जनभन्दा वढी हार्डवेयर र सफ्टवेयर वनाईसकेको छु भने एकै कम्प्युटरमा भएको कामलाई दुईसय भन्दा वढी कम्प्युटरवाट हेर्न सक्ने प्रणालीको विकास गरेको छु । त्यस्तै रोवर्ट,सेक्युरिटी यन्त्र लगायतको आविष्कार गरिसकेको छु । अहिल्य कणार्ली अञ्चलको कालिकोट जिल्लामा ग्रिन कम्प्युटरमार्फन २० वाटमा चल्ने टेलिमेडिसिन उपकरणवाट हजारौ रोगी,विरामीको ज्यान वचिरहेको छ । 
 मलाई धेरैले उमेरले पाको भईसक्नुभयो भन्छन् । उमेरले मान्छेलाई काम गर्न छेक्दैन र म त भर्खरको २० वर्षे लक्का जवानको अनुभुती गरिरहेको छु । अहिल्य हावावाट चल्ने सोलारको विषयमा अनुसन्धान गरिरहेको छु । चाडै काम थाल्ने सोचमा छु , सो काम सफल भयो भने देशले लोडसेडिङको मार खेप्न पदैन । वढ्दो युवा विदेश पलायनप्रती चिन्तीत छुँ ।  म २० चोटी भन्दा वढी अमेरिका गईसकेको छु र के पनी देखेको छु भने अमेरिकामा आईटी सम्वन्धी ठुलो योगदान गर्ने जापान,ताईवान,सिगांपुरका युवाहरु आफ्नै देश  फर्किदैछन्, आफ्नै देशमा  विकास गरिरहेका छन् । मलाई अझै धेरै काम गर्नु छ, प्राविधिक ज्ञान हासिल गरेर पनी विदेशमै रहेका युवाको साथ सहयोग चाहिएको छ । रोनास्ट,आईसीटी एसोसिएसन आफ नेपाल,कम्प्युटर एसोसिएसन अफ नेपाल,आईसीटी बिजनेश एक्स्लेन्स अवार्ड २०१२ लगायत धेरै पुरस्कारवाट सम्मानित भएँ  मेरो एउटै आग्रह छ राज्यका नितिनिर्माताले विज्ञात र प्रविधिमा विशेष ध्यान देऊन । यस क्षेत्रमा राज्यले लगानी वढाउनुपर्छ । सुचना प्रविधि विकासविना अरु क्षेत्रले फड्को मार्न सक्दैन । हाम्रो शिक्षा प्रणालीलाई सुचनाप्रविधि मैत्री वनाउन आवश्यक छ । अवको पुस्ता सुचनाप्रविधिबिना वाँच्न सक्दैन । -१७ साउन २०६९ मा अन्नपुर्ण पोष्टमा प्रकाशित ।

2 Comments

Leave a Reply