यस्ता छन् दहीका फाइदाहरु | तर राती दही खानु हुदैन, किन?

नेपाली समाजमा एउटा मान्यता छ, कुनै कामको सुरुवात गर्नुअघि दही खानाले उक्त काममा सफलता मिल्दछ । दहीलाई सगुनको रुपमा लिने गरिन्छ । नेपालमा मात्र नभएर दहीलाई संसारभर नै स्वास्थ्यवद्धक भोजनको रुपमा प्रयोग गरिन्छ । सबै उमेर समुहको लागि उपयोगी क्याल्सियम र मिनरलको खानी होे दही । विशेषतः पाचन सम्बन्धी समस्याका लागि दही निकै राम्रो मानिन्छ ।

दहीका फाइदाहरु :

  • पाचन शक्ति बढाउछ

नियमित दही सेवन गर्नेहरुको पाचनप्रणाली मजबुत हुन्छ । दहीले रगतको कमीलाई पुर्ति गर्दै शरिरको कमजोरीलाई कम गर्छ । दहीमा अम्लिय पदार्थ हुने भएकाले यसले खाना रुचाउने र भोक जगाउछ । दहीले रोग प्रतिरोधात्मक क्षमतालाई समेत सुद्धढ बनाउछ ।

  • हड्डीलाई मजबुत बनाउछ

दहीमा क्याल्सियमको मात्रा बढी हुने हुँदा हड्डीलाई मजबुत बनाउनुका साथै यसको विकास हुन सघाउँछ । दातलाई मजबुत बनाउन पनि दहीले विशेष भूमिका खेल्दछ ।

  • मुटुको लागि लाभदायक छ

दही नियमित सेवन गर्नेहरुमा मुटुसम्बन्धी रोग देखिदैन । यसले ब्लडप्रेसर नियन्त्रण गर्न समेत विशेष भूमिका खेल्दछ । कोलेस्ट्रोल बढ्नबाट रोक्नुका साथै असामान्य मुटुको धड्कनलाई सामान्य अवस्थामा फर्काउन पनि दहीले सहयोगीको भुमिका निर्वाह गर्दछ ।

  • दौन्दर्य बढाउछ

छाला गोरो बनाउन दहीको प्रयोग गरिन्छ । दहीलाई अनुहार वा शरिरमा लगाउनाले छाला कोमल बनाउनाका साथै कालोबाट गोह्रो बनाउन सहयोग गर्दछ । नुहाउनुभन्दा अगाडी कपालमा दही लगाउनाले चाया एवं कपालको रुखोपन कम हुदै जान्छ । दहीको लस्सीमा मह मिलाएर पिउनाले पनि सौन्दर्यमा प्रतक्ष्य प्रभाव पार्दछ । दहीले छालाको एलर्जी रोकथाम गर्ने हुदा यसको प्रयोग महत्वपूर्ण छ । दहीमा नीमको रस मिलाएर लगाउनाले दाद रोग समेत निको हुन्छ ।

  • राम्रो निन्द्रा लाग्छ

दहीको नियमित सेवन गर्नेहरुमा निन्द्राको समस्या हुदैन । दहीले रातमा निन्द्राको समस्या कम गर्न विशेष भूमिका खेल्छ ।

  • दहीले मोटाउन सहयोग गर्छ

दहीले मोटाउन पनि सहयोग गर्छ । दुब्ला पातलाले दहीमा किसमिस, बदाम र छोकडा मिलाएर खाएमा उल्लेख्य रुपमा तौल बढ्न सहयोग पुग्छ । तर मोटा व्यक्तिलाई भने दहीको प्रयोग कम गर्नु नै बुद्धिमानी हुन्छ ।

यो पनि: आयुर्वेदिक घरेलु औषधी नीम – नाम एक उपचार अनेक

राती दही खानु हुदैन, किन?

रातमा तापक्रम चिसो हुदै जाने र यो आफैमा चिसो खाद्यपदार्थ भएकोले राती दही खाएर सुत्दा यसले खकारको मात्रा बढाउछ । बढेको खकारको पहिलो प्रभाव छातीमा पर्छ । छाती दुख्ने, खसखस हुने, शिथिलता बढ्नुका साथै कार्यक्षमतामा ह्रास र मानसिक अस्थिरताले पूर्ण रुपमा अस्वस्थ्य भइन्छ ।

बिहान अथवा दिउसो मात्र दही खानु राम्रो, किनपनी भनिएको हो भने हामीले खाएको दहीलाई सुर्यको तापमानले सन्तुलित बनाउने काम गरिरहेको हुन्छ र बिहान दिउँसो हाम्रो शरीर बढी नै सक्रिय हुनेहुदाँ पनि यसले शरीरको चिसोपनालाई नियन्त्रण गर्छ ।

यो पनि: यस कारण खानुस् तुलसी | यस्ता छन् १० चमत्कारिक फाइदा

Leave a Reply