यस कारण खानुस् तुलसी | यस्ता छन् १० चमत्कारिक फाइदा

हिन्दूहरुको अत्यन्तै पवित्र एवं उपयोगी बनस्पति हो तुलसी । घरवरपर, मठमन्दिर तथा चौताराहरुमा तुलसीको मठ महत्वकासाथ सजाउने र पुजा एवं प्रयोग गरिन्छ । तुलसी नेपालमा मात्र नभएर पूर्वी एसियामै महत्वपूर्ण जडिबुटीको रुपमा प्रयोग गरिन्छ । चिकित्सकहरुका अनुसार तुलसीमा सयौं रोग निको गर्ने क्षमता हुन्छ । मानिस मृत्युशैयामा हुँदा प्राण त्याग्नुअघि भगवान विष्णुको अवतार मानिने तुलसीको बोटसँगै राख्नाले तथा तुलसीपत्र खुवाउनाले मरेपछि मोक्ष पाइन्छ भनी हिन्दु शास्त्रमा वर्णन गरिएको छ । अर्को वैज्ञानिक विशेषता भनेको तुलसी रोपेको चारसय मिटर वरपरको वातावरणलाई यसको सुगन्धले शुद्ध पार्ने हुदा स्वच्छ हावा लिनको लागि पनि तुलसी आवश्यक छ । महत्वपूर्ण बनस्पति तुलसी (Holy Basil) का कैयन फाइदा हुदाँहुदै पनि यहाँ उत्कृष्ठ १० फाइदालाई उल्लेख गरिएको छ ।

तुलसी – चमत्कारिक १० फाइदाहरु

  • मुटुलाई स्वस्थ राख्छ

आफ्नो मुटुलाई सधै स्वस्थ राख्न चाहनुहुन्छ भने नियमित तुलसीको सेवन गर्नुस् । मुटुसम्बन्धी रोगले ग्रसित हुनुहुन्छ भनेपनि प्रत्येक दिन खाली पेटमा दूध र तुलसीको पात सेवन गर्न लगाउनुहोस । तुलसीको प्रयोगले मुटु सम्बन्धी रोग धेरै हदसम्म निको हुन्छ ।

  • क्यान्सर हुनबाट बचाउँछ

तुलसीमा एन्टीबायोटिक तथा एन्टीअक्सीडेन्ट हुने हुँदा क्यान्सर हुनबाट बच्न सकिन्छ । यसलाई दूधमा मिलाएमा नियमित खाने हो भने शरीरको प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउने काम गर्दछ । यसबाट मानिस जस्तोसुकै क्यान्सरजन्य रोगबाट बच्न सकिन्छ ।

  • पत्थरीबाट बचाउछ

नियमित तुलसी सेवन गर्ने हो भने मृगौलाको पत्थरी (किडनीको स्टोन) हुनबाट जोगाउँछ । यदि तपाईलाई किड्नीको पत्थरी छ भने सधै तुलसी र दूध मिलाएर खाली पेटमा खानुस् केही दिनमै पत्थरी गल्दै जान्छ र पछि दिशामा देखा पर्छ ।

  • टाउको, घाँटी, छातीको दुखाई एवं खोकी निको पार्छ

टाउको दुखेमा निधारमा तुलसीको रस लगाएर हलुका मालिश गर्दा टाउको दुखेकोमा शीघ्र आराम हुन्छ ।
घाँटी बसेर बोल्नै नसक्ने भएको खण्डमा १०/१२ वटा पात तुलसीको पात र ४/५ दाना मरिच एवं मिश्रीको टुक्रासँग चपाएर निल्दा घाँटी बस्ने समस्याबाट छुटकारा पाउन सकिन्छ ।

छातिको दुखाई भएको खण्डमा तुलसीको पात र तोरीको तेल मिसाई पकाउने र त्यसलाई छातीमा, ढाडमा दल्ने गर्दा छातीमा भएको दुखाइ कम हुन्छ ।

तुलसीको रस, अदुवाको रस र मह मिसाई चाट्ने गर्दापनि सुख्खा खोकी ठीक हुन्छ । खकार बढी आउने खोकीमा पनि दिनको ३/४ पटक तातो पानी तुलसीपानी पिउदा पनि खोकी बिस्तारै कम हुदै जान्छ ।

  • ज्वरो निको पार्छ

ज्वरो आफैमा रोग हैन, यो संक्रमणको लक्षण मात्रै हो । सफा तुलसीको पात चपाउनाले एवं तातोपानीमा उमालेर खानाले तुलसीमा हुने एंटीवायोटिकले शरीरमा भएका हानिकारक जीवाणु नाश गर्ने र रोग प्रतिरोधात्मक क्षमता बढाउने काम गर्दछ ।

यो पनि: जानिराख्नस् प्राकृतिक रुपमै मोटोपन घटाउने यी हुन् अचुक सुत्रहरु

  • तनाबबाट मुक्ति मिल्छ 

प्राय तनावमा रहेर काम गरिरहनु भएको छ भने तुलसीको सेवन गर्नुस् । तनावमा रहनेहरुको लागि तुलसीको प्रयोग धेरै नै आवश्यक छ । तुलसीको पातलाई दूधमा मिलाएर खाएमा डिप्रेशन कम गराई आराम दिलाउँछ । परिवारमा कसैलाई धेरै तनाव भएमा दूधमा तुलसी मिलाएर खान दिनुस सबै निको हुन्छ । तुलसीले डिप्रेशनको हर्मोनहरुलाई कन्ट्रोल गर्ने भएकै कारण तनावबाट मुक्त हुन सहयोग गर्दछ ।

  • डण्डीफोर निको पार्छ

डन्डीफोर, दाग एवं पोतो हुनेहरुले तुलसीको पात वा जरा मसिनो गरी पिस्ने र त्यसलाई लेदो मलमको रुपमा अनुहारमा लगाउने र आधा एक घण्टापछि पखाल्ने गरेमा अनुहारको डण्डीफोर सुक्दै जाने र दाग एवं धब्वाहरु कम हुदै अनुहार सफा बनाउने काम गर्दछ ।

  • सास स्वच्छ बनाउछ

खाना एवं खाजा खाएपछि तुलसीको पात चपाउने र सर लिइरहने गर्दा पनि सास एवं मुख गन्हाउने समस्याबाट छुटकरा पाइन्छ ।

  • गर्भवतीको लागि फाइदा

गर्भमा बच्चा भएको बेलो एमिनिया अर्थात रक्तअल्पता रोक्न गर्भवती महिलाले तुलसीको नियमित सेवन गर्नुपर्छ । दैनिक तुलसीको सेवनले शरीरमा रातो सक्त कोशिकाको सन्तुलन गर्न यसले सहयोग गर्दछ । गर्भवतीलाई थकान हटाउन सहयोग गर्नुको साथै तुलसीमा पाइने भिटामिनले पोषकतत्व पूर्तिको काम गर्दछ । गर्भको विकास गर्न सहयोग गर्नुका साथै विरामी र संक्रमणबाट बच्न आमा र पेटको बच्चा दुबैको लागि सहयोग पुग्दछ ।

  • यौनशक्ति बढाउछ

तुलसीको पात नियमित खाने गर्दा यौन स्वास्थ्यलाई समेत फाइदा पुग्छ । तुलसीमा आरजिनिन नाम गरेको एमिनो एसिड हुन्छ, जसले शुक्रकीटको शक्ति बढाई बाँझोपनको समस्या कम गर्न मद्दत गर्छ ।

Leave a Reply