डान्सबारमा दुई रात

‘प्रकटकुमार शिशिर’
~ स्मोक मेसिनबाट उडेको धुँवाले पुरै कोठा कुहिरो लागेजस्तै बनाएको थियो । रंगीन प्रकाशले उनको वक्षस्थल घरी देखिने र घरी छोपिने क्रम भएको थियो । ‘तेरा प्यार प्यार प्यार… हुक्का बार…’ यो गीतमा उनले बेली हल्लाउँदा । उन्मात नै अर्कै । निलो गाउनमा सेतो तिघ्रा देखाएर उनी नाच्दा म एकोहोरो हेरेको हेरै थिए ।
‘मु** । बियर तान । लामो जस्तो हेरेको छस् ।’ महेनले मेरो एकाग्रता भंग ग¥यो ।
अनि म पनि हल्का चुस्की लिदै हुक्का बारको तालमा नै रमे….।
ठमेलको इलाइट डान्स बारमा रातीको १० बजेको रौनक नै फरक थियो । केहीछिन अघि गोगंबुको मनकामना दोहोरी साँझमा र त्यसपछि त्यही दोहोरी साँझसँगै जोडिएको ग्रीनल्याण्ड डान्सबारमा बबाल गरेर महेन, विनय र म निस्केका थियौं । ३ जनाले दुइ ठाउँमा गरेर ७ वटा वियर खाएका थियौं होला ।

‘ठमेल जानुपर्छ ।’ महेन बोलीहाल्यो ।
‘होइन होटल जाउ अब’ विनयले जिद्दी कस्यो ।
म दोधारमै भएपनि होटलतिर नै जानुपर्ला भन्ने सोच बढि थियो । विहान कलेज पुग्नुपर्ने । थेसिसको गाइडलाइन क्लास हुन्छ भन्नुभएको थियो । सुरेश सरले ।
तल सडकमा कता जाने डिस्कस हुँदाहुँदै २ जना केटा हामी नजिक आएर कराउन थाले । मेरो पालो उनीहरुसँग झम्टन गए । तर उनीहरु विनयका साथी परेछन् । विनयले सम्झाएपछि हामी सबै ट्याक्सीमा महेनको करले ठमेल पुग्यौं । ट्याक्सीले ठमेलको भित्री चोक झारेको मात्र के थियो । दुइ मंगोलियन अनुहारका युवक नजिक आए ।
‘दाइहरुलाई केटी चाहिएको हो ? डान्सबार जानुहुन्छ ? बबाल बबाल केटीहरु छन् ।’
उनीहरुको यो आग्रहले सबैलाई एकैचोटी कौतुहलता जगायो ।
‘जा त विनय भित्र चेक गरेर आइजा ।’ भन्नलाई म नै कस्सिए ।
विनय डान्सबार भित्र छिरेर बाहिर नआउँदै महेनले सबैलाई भित्र जाउ भनिहाल्यो ।
साँघुरो भ¥याङबाट उक्लदै म्युजिकको आवाज कानमा ठोकिएको थियो । डान्सबारको ढोका खोल्दा ठूलै आवाज आइहाल्यो ।
‘ओ राधा तेरी चुनरी, ओ राधा तेरी छल्ला, ओ राधा तेरी नटखट नजरियाँ….ओे राधा तेरी झुम्का, ओ राधा तेरी टुम्का….पिछे पिछे सारी नजरियाँ…..’
स्टेजमा एकजना केटा र एउटी केटी नाचिरहेका थिए । हामी जाँदा जाँदै फ्लोरमा नाच्न थालिहाल्यौं । नाच्दै गर्दा विनयले एक केस टुबोर्ग बियर अर्डर ग¥यो ।
सोफामा बसेर अब हामी बियर खान थाल्यौं । सोफामा बसेपछि दायाँबायाँ केटीहरु आएर बस्न थाले ।
एउटीले हात समात्दै भनि दाइ म पनि वियर खाउँ । मैले नाइ भन्ने कुरै भएन । गिलासमा बियर आफै खनाइ अनि आफै सुर्य चुरोट अर्डर गरि । एउटा हातमा वियरको गिलास र अर्काे हातमा चुरोट तानिरहेकी त्यो केटीले आफ्नो परिचय दिएर मसँग परिचय माग्न थालि ।
म…. रुपा लामा ।
म कुमार । डान्सबारको केटीसँग कसले सही नाम भनोस् । मैले ढाँटिहाले ।
रुपाले दुई गिलास वियर खाइसकेकी थिई । आफ्नो बारेमा पनि थप बताई । घर खोटाङ । काठमाण्डौं आएको ३ बर्ष भएछ ।
वियरको नशा लागिरहेको थियो । रुपा उठेर । चेन्जिङ रुमतिर लागि ।
महेन पनि एउटा केटीको अँगालोमा रमाइरहेका थियो । विनय र उसका साथीहरु नाचिरहेका थिए ।
गीत चेन्ज भयो ।
‘तेरी प्यारका नशा कभी यार कभी बार… तेरा प्यार प्यार प्यार… हुक्का बार…’
स्टेजमा रुपा आएर नाच्न थाली ।  एकोहोरो हेरेको थिए । महेनले झस्कायो ।
डान्सबार भित्र हाम्रो गु्रप मात्र थिएन । अरु थुप्रै केटाहरु उफ्रेका थिए । कोही बियर खाँदै । कोही चुरोट उडाउँदै । केटीहरु पनि उस्तै । कोही कोही छामछुममा नै व्यस्त थिए । वेटरले खाली गिलास देख्नै नहुने । बोत्तलबाट वियर खनाइहाल्ने । खाली भयो की । अर्का पनि ल्याउ सर । वेटर भनिहाल्थो । व्यापार जो गर्नु थियो ।

मैले स्ट्रबेरी फ्लेबरको हुक्का अर्डर गरें । हुक्का तानेर धुँवामा उडाउँदै थिए । रुपा नजिक आइसकेकी रहिछे । हात तानी र तल फ्लोरमा नाच्न लगी । फास्ट ट्राकको चिक्नी चमेली….बजिरहेको थियो । केहीबेर नाचेपछि मैले उसलाई भित्तामा लगें । दुइटा हातले बिचमा पारेको थिए तर उ तल बसेर अँगालोबाट फुस्की । मैले फेरी ताने । यसपाली उसले मलाई शरिरमा सुम्सुमाएकी थिई ।
सानो कध भएकी रुपा, खासै राम्री भने होइन तर नाच्न भने राम्रो नाच्दीरहिछे । सौन्दर्य प्रशाधनका सबै सामग्री प्रयोग गर्छे होला । पुरै अनुहार कस्मेटिक ।
नाच्दानाच्दै उसले मेरो जिन्सको जिपरमा हात पुराई । मलाई असहज महशुश भयो । मैले अड मानेको देखेर उसले भनि । केटीले छोएको फस्ट टाइम हो र ?
हो । होइन । के भन्ने म अन्योलमा परें । अरु नै कुरा गर्दै यसपाली मैले नै उसलाई समाले ।
यतिखेरसम्म रातको १२ बजिसकेको थियो । मैले झोला बोकिरहेको थियो । ल्यापटप त्यसैमा थियो । महेनले दिएको ४४ हजार रुपैयाँ पनि । त्यसैले नाच्दा बस्दा त्यो झोला मैले छोडेको थिइन ।
विनयले भन्यो ‘अब जानुपर्छ । ढिला भयो ।’
भर्खर १ महिनाको छोरो र श्रीमतिलाई कोठामा कुराएर ८ बजे घर आउँछु भनेको विनय महेन र मेरो जीतले ठमेलको डान्सबारमा १२ बजेसम्म नाँचिरहेको थियो ।
अब भने बाउन्सरले नै डान्सबार बन्द हुनेबेला भयो भनेपछि बिल तिर्ने काउन्टरमा गयौं । बिल त १४ हजार उठिसकेको रहेछ । एउटा बियरको मूल्य ५ सय, हुक्काको ९ सय ९०, रेडबुलको पनि ५ सय । सुर्य चुरोट एउटा खिल्लीको ३० ।
‘कसले केके खाए । थाहै भएन । बिल त टन्नै उठ्यो नी ।’ म रिसाँउदै भने ।
‘अलिअलि डिस्काउन्ट गरेर दे न ।’ महेनले भन्यो ।
काउन्टरमा बस्ने केटाले आनाकानी गर्दै थियो । मैले झोलाबाट पाँचसयका २४ वटा नोट दिए ।
हाम्रै अगाडी शुरुमा हामीलाई डान्सबार छिराउने त्यो मंगोलियन केटाले ५ सय कमिशन पायो ।
ट्याक्सीमा बालाजुको होटलमा आइयो । जहाँ म बस्ने गर्छु । होटल विनयले अर्काे साथीसँग पार्टनरमा चलाएको थियो ।
कोठामा आएपछि मलाई त्यो १२ हजारको खुब माया लाग्यो । फोकटमा गएको जस्तो लाग्यो । हुन त मेरो पैसा गएको थिएन । तर पनि ।
म नेपाल आउँदै छु । म आएपछि खुब मोज गर्नुपर्छ हैं । महेनले दुबईबाट नेपाल आउनु २ दिन अघि मात्र भनेको थियो । एयरपोर्टमा लिन आउँछस् होला नी ।
मेरो ७ कक्षादेखीको साथी । क्लासको सेकेण्ड ब्याय । महेन । जोसँग भेट नभएको ११ बर्ष भएको थियो । एसएलसी दिएपछि हामी कता कता भयौं थाहा भएन । धन्न फेसबुक । जसले भेटाइदियो । क्लासमा म, नीराजन, महेन र विजय मिल्ने साथी थियौं । नीराजन पनि  विदेश छ । फिनल्याण्ड । विजय, आँखा अस्पताल बागलुङमा डाक्टर ।
१ बजे नेपाल ल्याण्ड गर्ने भनेको थियो । म १ बजे तिर नै एयरपोर्ट गए । भित्र यताउती गर्दा आधाएक घण्टा त लाग्छ भनेर तर म पुग्दा त महेन बाहिर ट्याक्सी पार्किङमा आएर बसीसकेको थियो । 
एयरपोर्टबाट ट्याक्सीमा मेरो कोठामा आयौं । कोठामा आउनेवित्तिकै वियर खाने प्रस्ताव राख्यो । त्यसपछि मुड नै अर्कै । त्यही रात गोंगबु र ठमेल पुगेका थियौं ।
विहान हल्का ह्याङ्ग हानिरहेको थियो । टाउको नुहाएपछि फ्रेस जस्तै भइयो । फ्रेस त के भन्ने । टाउको दुख्न कम भयो । मलाई हिजो ठमेलमा १२ हजारको बिल तिरेको याद आयो । 
महेनले दुबईमा दुख गरेर कमाएको पैसा भन्ने पनि सम्झे । महेनलाई सोचेर नेपालीहरुले विदेशमा काम गरे वापतको अधिकाँश रेमिट्यान्स अनुउत्पादक क्षेत्रमा नै खर्च हुने रहेछ भन्ने उदाहरण पनि भेट्टाए ।
‘महेन डान्सबारमा बिल धेरै ति¥यौ यार ।’
‘नकरा न साला मैले कमाएर ल्याएको छु । मोज गर ।’ उसले भन्यो ।
‘तेरो बाजे । कमाएको छस र त जोगाउनुपर्छ ।  यसरी खर्च त गर्नुहुन्न । ’
‘भैगो ठूलो कुरा नगर । आज पनि जानुपर्छ । ’
मेरो कुरा उसलाई मन नपरेको मैले बुझे ।
दिनभरी उसको पार्सल ठाउँ ठाउँमा पुराएर सकेपछि फेरी साँझमा ठमेल जाउ भन्यो । मैले मानिन् । उसले जिद्दी ग¥यो ।
मलाई फकाउँदै उसले भन्यो । ‘आज धेरै नखाने । त र म मात्र जाउ । एकएक वटा वियर खाएर आउँला । ’
मैले समर्थन पटक्कै गरेको थिइन ।
‘हिजो त्यहाँ बस्दा मोबाइल नम्बर साटासाट गरेका थियौं । त्यसले आइजा भनेकी छे के । त्यसैले भनेकी धेरै नखानु । बरु एउटा वाइन मात्र लिनु । अनी गफ गरौंला । जाम न हिड । ’ उसले पुल्कदै भन्यो ।
‘बोको मोरा । दुबईबाट खरिएर आएको छस की के हो । ’
महेनले अति गरेपछि फेरी ठमेल गयौं । आज त पुरा फ्रेसमा ।
त्यही चोकमा पुगेपछि त्यही मंगोलियन केटा भेट भयो । यसपाली नाम सोधे । प्रविण रहेछ ।
‘दाइहरु त हिजो लास्ट झ्याप नी । मलाई पनि हातपात गर्नुभयो । त्यसले भन्यो । केटीहरुसँग पनि बस्नु भएन । आज त बस्नुपर्छ हैं । की लाने हो । कलेज पढ्ने केटीहरु पनि छन् । ’
महेनले सोधीहाल्यो । ‘कति भन्छन् ?’
‘गएर आएको ३ हजार । पुरै रात ६ हजार । ’
महेन मेरो मुखमा हे¥यो र फिस्स हास्यो मात्रै ।
‘चाहिन्न हामीलाई । हामी वियर मात्र खान आएको ।’ मैले भने ।
अनि हामी डान्सबार भित्र छि¥यौं ।
आज डान्सबारमा हिजोका जस्तो भिड थिएन । महेन र म । मात्र ।
छेउतिर एउटा केटा एक्लै वियर तानेको पनि देखियो ।
चहलपहल निकै कम, डान्सरहरु चुरोट उडाउँदै बसिरहेका थिए । एउटा केटा मात्र स्टेजमा नाचिरहेको थियो । नाचेको के भन्ने । हल्लेको थियो ।
महेन र म हिजोकै टेबलमा गएर बस्यौं । वेटर अर्डर लिन आयो । मैले एकछिन पछि गर्ने भने । १० मिनेट त्यसै बस्यौं ।
रुपा आज रातो स्कर्टमा रहिछ । मैले चिने । त्यसले पनि मलाई चिनि । तर मलाई नजिक हुन थिएन । महेन भने मोबाइलमा नम्बर डायल गरेर त्यही केटीलाई खोजिरहेको थियो ।
रुपा नजिक आइहालि । ‘आज केही नखाने ?’
‘खाने हो’  मैले भने ।
आफै २ वटा बियर अर्डर गरी । महेन त्यही केटीको खोजीमा थियो ।
तीनवटा गिलामा वियर हालेपछि । अरु दुइ केटी पनि थपिए । अनि रुपाले नै महेनले खोजेको केटीलाई बोलाएर ल्याई ।
चारजना केटी, हामी २ जना केटा । कसैले रेडबुल खान्छु हैं दाइ भन्दै थिए । कसैले सुर्य चुरोट अर्डर गर्नुस न भन्दै थिए । रुपाले फेरी एउटा बियर मगाई । सबैको एउटै उद्देश्य बिल बढाउने ।
हामी हिजोको जस्तो अवस्थामा थिएनौं । मैले महेनलाई पहिल्यै भनेको थिए । धेरै खाने होइन । त्यहाँ बिल मात्र बढाउने काम गर्छन । त्यसैले कसैलाई केही अर्डर गरिएन । रुपाले मगाएको वियर नै खान भन्यौं । तर उनीहरुले खाएनन् ।
मैले रुपालाई प्रविणले त तिमीलाई केके भन्दो रहेछ । मैले बाहिर तिमी छ्यौं भनेर सोधेको त्यसले त तिमीलाई त्यस्तो केटी पनि हेर्ने हो भन्यो भनेर लाइदिए । अनि रुपा प्रविणलाई गालीको कुनै शब्द बाँकी नराखी गाली गर्न थालि । धन्न प्रविण अगाडी थिएन ।
महेनलाई बोलाएको केटी, अलि बुढि रहिछ । महेन झस्के होलान् । मन नलाई नलाइ बोलेको थियो । बेला बेला मतिर हेर्दै थियो ।
रुपालाई अर्काे केटीले सरिता भनेर सम्बोधन गरेर बोलाई । त्यसले मलाई हेरेर हाँसेर गई ।
मैले मात्र त्यसलाई नाम ढाँटेको भनेको त त्यसले पनि मलाई ढाँटेकी रहिछ ।
आज डान्सबारमा जाने मुड नै थिएन । गैहाल्यो । बस्ने मुड बनेन ।
कतिखेर निस्कने भन्ने भैराखेको थियो । महेनले नै इशारा ग¥यो ।
बिल तिर्ने काउन्टरतिर लाग्दा । मधुरो बोलीमा त्यही महेनलाई बोलाएकी केटीले भनिन् । ‘बाहुनक्षत्री त छुच्चा हुन्छन के । ’
रिस उठेपनि फिस्स हाँस्दै २ हजारको बिल तिरेर हामी बाहिर आयौं । बाहिर प्रविण भेट भयो ।
‘दाइ । कतिको खानुभयो ?’
मैले ५ हजारको भनिदिए ।
‘केटी नलानी ।’ त्यसले भन्यो ।
‘केको केटी भन्छस् । आन्टी भन न । ’ महेन गर्जियो ।
साला खुब बोलाएकी छे भन्थिस यत्रो खाइस् ट्याक्सी भित्र छिर्दै मैले महेनलाई गाली गरें ।
बढि नकराई । अब गोंगबुको डान्सबार जानुपर्छ । ड्राइभरलाई गोंगबुतिर हिड्न आग्रह ग¥यो ।
मैले कोठामा जाउँ भन्दा सुने पो ।
गोंगबुको डान्सबार भित्र छिर्न लाग्दा मैले भने ।
‘महेन । यार भनेको मान न । मनै लागेको छैन के । ‘
खोइ त्यसको मन के भएछ । हुन्छ तनी नजाउ । भन्दै फर्कियो ।
गोंगबुबाट बालाजुसम्म हिडेर आइयो । बाटोमा स्कुलको कुरा गरियो ।
आज धेरै पनि खाइएन । धेरै खर्च पनि भएन ।
महेनले भोली घर जानुपर्छ भन्दै झोला मिलाउन थाल्यो ।
सुत्ने बेला फेरी भन्यो । ‘म फर्किएपछि मोज गर्नुपर्छ नी । ’
मैले फेरी डान्सबार सम्झिए । …………………..

 ~लेखक कारोबार दैनिकमा आवद्ध पत्रकार हुनुहुन्छ ।

3 Comments

Leave a Reply