ट्याव्लेट ट्रेन्ड

– सिन्धुलीका प्रमोद पौडेल एप्पलको ट्याव्लेट पिसी चलाउछन् । उनलाई ट्याव्लेट पिसी शौख नभई आवश्यकता भईसक्यो  ।  व्यवसायीक व्यक्ति भएकाले धेरै काममा व्यस्त भईरहने पौडेलको हातमा ट्याव्लेट नाचिरहेको हुन्छ । फोन,ईमेल,ईन्टरनेट,फोटो खिच्न, एवं दैनिक कारोवारको विवरण ट्याव्लेटवाट गर्नु दैनिकी नै हो ।  त्यतिमात्र हैन कामवाट फुर्सद हुनासाथ गेम खेल्न ,फिल्म हेर्न,गित सगिंत सुन्न,ईन्टरनेट चलाउन पनी पौडेल ट्याव्लेटनै चलाउछन् । पौडेल भन्छन् केहि समय अघि मात्रै निश्चित स्थानमा वसेर कम्प्युटरमा  काम गर्नुपथ्र्यो । त्यसको लागी निश्चित समय छुट्टाउनु पथ्र्यौ , तर अहिल्य जहाँ जुनसुकै ठाउँमा पनी अपडेट भईरहन सजिलो भएको छ । काठमाण्डौ ठमेलको एक कार्गो व्यवसायमा कार्यरत ज्ञानेन्द्र विक्रम वानिँयापनी ट्याव्लेट पिसी खरिद गर्ने सोचमा छन् । उनलाई भने सस्तो,राम्रो ट्याव्लेट चाहिएको छ । उनि भन्छन् , साधारण कमाई भएकाले सस्तो ट्याव्लेटको खोजिमा छु । प्रयोग गरिरहेकाको सुझाव र साथीभाईको सल्लाहपछि ट्याव्लेट किन्ने मनसायमा छन् उनि । वानियाँले खोजेजस्तै केहि हजारदेखी लाखौ रुपैयाँसम्मका ट्याव्लेट पिसी नेपाली बजारमा उपलव्ध छ ।
 एक सयम थियो कम्प्युटर डेक्सटपमा वसेर काम गर्नुपथ्र्यो,त्यसको लागी निश्चित समय स्थानमा हुन आवश्यक थियो  त्यसपछि ल्यापटपले डेक्सटप कम्प्युटरलाई पाखा लगाईरहेको छ , चुस्तदुरुस्त भनिएको ल्यापटपपनी अव वोझिलो हुदै गईरहेको छ । वोकेरै हिड्न पाईने, जस्तोसुकै जहाँपनी काम गर्न मिल्ने भनिएको ल्यापटप पनी अव झन्झटिलो वन्दै गएको छ,त्यसको कारण हो  नेपालमा ट्याव्लेटले वजार जमाउदैछ । नेपाली वजारमा स्मार्ट फोनको मुल्यमा नै ट्याव्लेट पाईन थालेको छ । दर्जनभन्दा वढी ट्याव्लेट नेपाली वजारमा भित्रिसकेका छन् । भित्रिने क्रम पनी वढ्दो छ , व्राण्डेडदेखी न्वारननै (नामै नभएका) नगरिएका ट्यापलेट पिसी नेपाली बजारमा आईरहेका छन् । दिन दुईगुणा रात चैगुणाको हिसावले ट्याव्लेट प्रयोगकर्ताको सख्या पनी वढ्दैछ । नेपालमा ६ हजारको हाराहारीदेखी लाखौ रुपैया सम्मको ट्याव्लेट पाईन्छ । धनिमनि,मध्यम र निम्म वर्गको लागी , त्यस्तै विद्यार्थी,व्यवसायी,कार्यालयको लागी जस्ता नारा वोकेर धेरै ट्याव्लेट वजारमा भित्रिएका  छन् । मोवाईलकै मुल्यमा आउने र सोखको हिसावले पनी ट्याव्लेट खरिद गर्ने धेरै पाईन्छ भने कम्प्युटर र ल्यापटपको काम ट्याव्लेटवाटै गर्न सकिने भएपछि पनी यसको खरिद गर्नेको जमात ठुलो छ । दर्जनौ ट्याव्लेटले विक्रि वितरण गरिरहेका छन्, वुकिङ गर्ने र वितरण गर्न वाकि पनी धेरै छन् । नेपाली बजारमा विक्रि भईरहेको केहि ट्याव्लेटहरु यस प्रकार छन् । 
 युवा प्लस ट्याव्लेट । 
नेपाली वजारमा पाईने सस्तो ट्याव्लेट अन्र्तगत नै पर्छ युवा प्लस । थाईल्याण्डमा वनेको यो ट्याव्लेटको मुल्य सात हजार रुपैयाँ रहेको छ । न्युन एवं मध्यम आर्थिक अवस्था भएका उपभोक्ताको रुचीलाई मध्यनजर गर्दै नेपाल डिष्ट्रव्युसन आईएनसीले  भित्राएको जनाएको छ । एक वर्षको वारेण्टी रहेको यो ट्याव्लेटमा ईन्टरनेट वाईफाई, जिपिआरएस, थ्रिजी, मोवाईल कल, गेमिङ, क्यामोरा,म्युजिक,भिडियो लगायत सुविधा रहेको कम्पनीको भनाई छ । 
अवतार ट्याव्लेट ।
चिनमा उत्पादित यो ट्याव्लेटको मुल्य २३ हजार रुपैयाँ रहेको छ । डेक्सटप एवं ल्यापटपवाट गरिने कामको ८० प्रतिशत काम यो ट्याव्लेटवाट गर्न सकिने विक्रेता कम्पनी  जिल ईन्टरप्राईजेजको दावी छ । ईन्टरनेट,भिडियो,अडियो,फोन,क्यामारा लगायत अन्य सुविधाहरुका साथ पाचँ घण्टासम्म मुभि हेर्न सकिने व्याट्री क्षमता रहेको कम्पनीले जनाएका छ ।  त्यस्तै कनै पनी फम्र्याटको हाई डेभिनेशन थ्रिडी मुभी एवं अडियो समेत प्ले गर्न सकिने र एडोव अफिसको प्रोग्राम एड गरेर समेत चलाउन सकिन्छ कम्पनीले जनाएको छ । यो ट्याव्लेट पिसीमा एक्सटरनल हार्ड डिस्कको प्रयोगका साथै  केवल जोडेर ५२ ईन्च सम्मको टेलिभिजनमा भिडियो हेर्न सकिने कम्पनीले वताएको छ ।  
 सिमट्रोनिक्स टी ट्याव्लेट । 
 एक्पोलर एसियाले नेपाली बजारमा दुई थरिका ट्याव्लेट सिमट्रोनिक्स टी ७०० र टी ९०१ ल्याएको छ । टी ७०० को मुल्य १२ हजार र टी ७०१ को मुल्य १६ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । ७ ईन्चको मल्टिटच भएको टी ७०१ मा  एन्ड्रोईडको ओएस प्रयोग छ भने ५१२ एमबी ¥याम प्रोसेसर रहेको कम्पनीले जनाएको छ ।  अफिस प्याकेजका फाईलहरु पढ्न सकिनुका साथै ईन्टरनेट थ्रीजी वाईफाई,अडियो,भिडियो लगायतको सुविधा रहेको कम्पनीको भनाई छ । 
पारामाउन्डको ट्याव्लेट पिसी । 
मारामाउन्ट इलेक्ट्रोनिक्सले भर्खरै नेपाली वजारमा ४ प्रकारका ट्याव्लेट ल्याएको छ । एन्ड्रोइड ४ दशमलव ० दशमलव ३ भर्सन अपरेटिङ सिस्टम रहेको यो ट्यावलेट साढे आठ हजारदेखी अठार हजारसम्मका रहेको कम्पनीले जनाएको छ । ७ देखी १० दशमलव १ इन्च सम्मको यी ट्याव्लेटको चारदेखी सोह्र गिगावाईटसम्मको इन्टरनल मेमोरी र १ जिविसम्मको ¥याम रहेको कम्पनीले जनाएको छ । साथै स्क्रिन टचमा सेन्सेटिभ,स्मुथ र राम्रो व्याट्री क्षमताको र माग पश्चात तत्काल उपलव्ध गराउने सुविधा रहेको कम्पनीको दावी छ । 
इङकटेकको एसआई सेभेन ट्याव्लेट । 
इङकटेक ईण्डष्ट्रिजले ६ हजार २ सय रुपैयाँमा पाईने सात ईन्चको एसआई सेभेन ट्याव्लेट वजारमा ल्याएको छ । एन्ड्रोईड २ दशमलव ३ अपरेटिङ सिस्टम र २५६ डिडि आरटु ¥याम भएको यो ट्याव्लेटमा एक गिगाहर्जको प्रोसेसर रहेको छ । त्यस्तै चार जिबीको ईन्टरनल मेमोरी साथै ३२ जिवीसम्म एक्सटरनल मेमोरी सपोर्ट गर्ने यसमा टच स्क्रिन युएसवी पोर्ट,वाईफाई,थ्रिजी अडियो,भिडियो लगाएको सुविधा रहेको छ । एसआई अन्र्तगतका दुई ट्याव्लेट उपलव्ध रहेको कम्पनीले जनाएको छ । 
नोभ ०७ ट्याव्लेट । 
मोटिभ ईन्जिनियरिङ प्रालीले नेपाली वजारमा एन्ड्रोईड नोभ ०७ ट्याव्लेट पिसी भित्राएको छ । सात ईन्चको यो ट्याव्लेट नौ हजार नौ सयदेखी तेह्र हजार पाचँ सयसम्ममा उपलव्ध रहेको कम्पनीले जनाएको छ । यो ट्याव्लेटमा इन्जेनिक जेजेड ४७७० प्रोसेसर प्रयोग गरिएको छ भने दुई मेगापिक्सलको थ्रिडी क्यामरा,वाईफाई,युएसवी पोर्ट,माइक्रो स्लट साथै अडियो भिडियो रहेको कम्पनीले जनाएको छ । 

एईडिएस ट्याव्लेट । 
एईडिस कम्पनीले नेपाली वजारमा ४ प्रकारको एन्ड्रोईड ट्याव्लेट वजारमा ल्याएको छ । छ हजार चार सयदेखी तिस हजार रुपैयाँ सम्मको यो ट्याव्लेटमा २ दशमलव ३ प्रोसेसर, ५१२ एमवी डिडिआर टु ¥याम, ८ जिविसम्मको ईन्टरनल मेमोरी साथै ३२ जिविसम्म एक्सटरनल मेमोरी सपोर्ट गर्ने कम्पनीले जनाएको छ । सात ईन्चको टचस्त्रिन यो ट्याव्लेट पिसीमा थ्रिजी,वाईफाई लगायत अफिल प्याकेजका वर्ड,एक्सल पढ्न सकिने, ईन्टरनेट,साथै १ दशमलव ३ मेगापिक्सलको क्यामरा,आठ घण्टासम्मको व्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ । 
ओएसम ट्याव्लेट ।
सि लिंक मोवाईल केयर होमले यो ट्याव्लेट पिसी नेपाली बजारमा ल्याएको छ । ६ हजार ९ सय ९९ पर्ने यो ट्याव्लेटमा एन्ड्रोइडको ३ दशमलव ३ अपरेडिङ सिस्टम रहेको छ । फुल एचडीको सुविधायुक्त यो ट्यावलेट पिसीमा थ्रिजी,वाईफाई,भोईस सर्च म्याप,ग्राभिटी सेन्टर र एडिएसएल लगायतको सुविधा रहेको कम्पनीको भनाई छ । 
भ्यू सोनिक ट्याव्लेट ।
भ्यु सोनिकले नेपाली बजारमा यो ट्याव्लेट सार्वजनिक गरेको छ ।  सात ईन्चको पर्ल वाईट ट्याव्लेटमा एन्ड्रोईड २ दशमलव ३ अपरेटिङ सिस्टमका साथै एक गिगाहर्जको प्रोसेसर र फुल एचडी पी भिडियो रिजोलुसन रहेको छ । यसमा वाईफाईका साथै म्युजिक भिडियो र गेमहरु डाउनलोड गर्न सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ । 
प्रोडिजिट ट्याव्लेट ।  
प्रोडिजिट नेपालले तिन प्रकारका ट्याव्लेट पिसी वजारमा ल्याएको छ । टी १०, टी ०३ र यु १७ जिटी नाम रहेको यो पिसीको मुल्य क्रमस २१ हजार, १६ हजार र ३१ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । एन्ड्रोइड २ दशमलव ३ अपरेटिङ सिस्टम रहेको यी ट्यावहरुमा  १ दशमलव २ गिगाहर्ज प्रोसेसर र ५१२ एमबी ¥याम रहेको छ । आठ जिठी ईन्टरनल मेमोरी रहेको यो ट्यावलेटमा थ्रिजी,वाईफाई,म्युजिक भिडियो, लगायत राम्रो व्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ । 
मोमो र आई ट्यावलेट । 
नेपाली बजारमा भित्रिएका सस्ता ट्यावहरुको सुचिमा मोमो र आई ट्याव्लेट पनी पर्दछ । लोटस ग्लोबल ईन्टरनेशनल प्रालिले दुईथरीका मामो नाईन र आई ट्याव्लेट पिसी ल्याएको हो । यी ट्याव्लेटको मुल्य १४ हजार ९ सय ९९ रुपैयाँ र १० हजार ९ सय ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । आठ ईन्चको स्क्रिन रहेको यो ट्याव्लेट पिसीमा तिनवटासम्म फिल्म सपोर्ट गर्ने क्षमता रहेको साथै १ दशमलव ५ जिविको प्रोसेसर, आठ जिविको ईन्टरनल मेमोरी र ३२ जिविसम्म एक्सटरनल मेमारी सपोर्ट गर्ने लगायतका सुविधा रहेको  कम्पनीको दावी छ ।  
भर्ब ट्याव्लेट ।
सिटीभी नेपालले भर्ब ट्याव्लेट पिसी नेपाली बजारमा भित्राएको छ । यसको अधिकतम मुल्य २२ हजार ७ सय ६९ रुपैयाँ र विद्यार्थीको लागी १९ हजार ९ ९९ रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । ७ ईन्चको यो एन्ड्रोईड पिसीमा वाईफाई, फोन,थ्रीजी, एचडी भिडियो कल तथा गेमीङको सुविधा रहेको छ । राम्रो ब्याट्री क्षमता रहेको यो ट्याब्लोईडले साधारण अवस्थामा ४८ घन्टा र लगातार प्रयोग गर्दा ६ घन्टासम्म ब्याट्री ब्याकअप दिने कम्पनीले जानकारी दिएको छ । यो पीसीमा ५ सय १२ मेगाबाईट  ¥याम  छ भने ईन्टरनल ८ देखी एक्पान्डेबल ३२ गेगाबाईट क्षमतासम्मको मेमोरी राख्न मिल्छ । हङकङमा निर्मित यस मोबाईलको वारेन्टी १ बर्ष रहेको कम्पनीले जनाएको छ । 
 ड्रासिसको ट्याव्लेट । 
ड्रासिस टेक्नोलोजी एण्ड अटोमेशनले ट्याव्लेट पिसी बजारमा ल्याएको छ । एन्ड्रेइड ४ दशमलव ० अमरेटिङ सिस्टम रहेको यो ट्याव्लेट पिसीमा १ दशमलव ५ गिगाहर्जको सिपीयु,वाईफाई,क्यामरा, टच स्क्रिन, ५१२ ¥याम स्पिड रहेको कम्पनीले जनाएको छ । ४ जिवीको स्टोरेज क्षमता रहेको यो ट्याव्लेटको मुल्य १७ हजार १ सय पर्ने कम्पनीले जनाएको छ । 
मीतासी बिई १०० ट्याव्लेट । 
७ इन्चको मितासी बिई १०० एन्ड्रोइड ट्याव्लेट पिसीमा ४ दशमलव ० अपरेटिङ सिस्टम रहेको मितासीले जनाउको छ । कोर्टेक्स बोक्सपिच ए १०, १० गिगाहर्ज प्रोसेसर रहेको यसमा ५१२ एमबी ¥याम रहेको छ । ४ जिविसम्मको क्षमता रहेको यो ट्याव्लेटमा १६ जिविसम्म एक्सटरनल मेमोरी र ६ घण्टासम्म व्याकअप,अडियो,भिडियो लगायतको सुविधा रहेको कम्पनीले जनाएको छ ।  
ग्लोबल ट्याबलेट ।
शंकर समूहअन्र्तगतको एसजी ग्लोबल प्रालिले ग्लोवल ट्यावलेट पिसी वजारमा ल्याएको छ ।  यसको बजार मूल्य रु ९ हजार ९ सय ९९ तोकिएको कम्पनीले जनाएको छ । वाईफाई ,भिडियो कलिङ ,जिपिआरएस ,ई बुक रिडर लगायतको सुविधायुक्त यो ट्याबलेट पिसी ७ इन्चको टचस्किृन रहेको छ । एण्ड्रोईड २ दशमलव ३ अपरेटिंग सिस्टम रहेको यसमा  रेडियो, एसएमएस तथा सिमकार्ड राखेर चलाउन सकिने  कम्पनीले जनाएको छ । यसमा वाइफाई, जिपिआरस् तथा गेमहरु चलाउन सकिनेछ  । 
 सामसुङ ग्यालेक्सी ट्याव्लेट ।
 ८ दशमलव ९ ईन्चको सामसुङ ग्यालेक्सी ट्याव्लेट अन्य ट्याव्लेटको तुलनामा धेरै महगो र स्तरिय रहेको छ । १ गिगाहर्जको ड्युलकोर प्रोसेसर रहेको छ भने  टिएफटी टचस्त्रिनका साथै वाईफाईको सुविधा रहेको छ । एन्ड्रोईड होनीकोम्ब ३ दशमलव १ अपरेटिङ  सिस्टम रहेको छ । सात हजार एमएएच व्याट्री क्षमता रहेको यो ट्यावको नेपाली मुल्य पचाँस हजार रहेको कम्पनीले जनाएको छ । केहि समयअघि मात्रै सामसुङले ट्याव्लेट पिसी ७३०० मोडेलको ग्यालेक्सी ट्व्यालेट पनी वजारमा ल्याएको छ । डुअल कोर १ गिगाहर्ज प्रोसेसर रहेको यो ट्यावमा ६ हजार एमएएच व्याट्री क्षमता रहेको र नेपाली वजारमा यसकोमुल्य ५९ हजार ३ सय पर्ने कम्पनीले जनाएको छ । 
प्रोलिकं र फुजिथु ट्याव्लेट । 
एसएचटिसी ईन्टरनेशनलले नेपाली बजारमा प्रोलिकं र फुजिथु ट्याव्लेट ल्याएको हो । चाईनामा वनेको प्रोलिकंको मुल्य ५१ हजार रहेको छ भने जापानमा वनेको फुजिथुको मुल्य १ लाख ३२ हजार रुपैयाँ पर्ने कम्पनीले जनाएको छ । यी ट्याव भने विन्डो वेसमा आधातिर भएर चल्ने ट्याव्लेट हो । प्रोलिकंमा १ जिविको ¥याम ३२ जिविसको हाडडिस्क,४ घण्टा व्याट्री व्याकअप रहेको छ भने फुजिथुमा ६२ जिविको ईन्टरनल हार्डडिस्क, २ जिविको ¥याम स्पिड, ९ घण्टा व्याट्री व्याकअप र दुवै पिसीको १ वर्ष बारेण्टी रहेको कम्पनीले जनाएको छ । यी ट्यावमा कम्प्युटरका सम्पुर्ण काम गर्न सकिने कम्पनीले जनाएको छ । 
नेपाली उखानै छ सस्तो वेसाएको पच्दैन, तर यो भनाई नेपालमा ट्याव्लेट किन्नेहरुको लागी भने लागु भएको देखिदैन । नेपालमा जतिपनी ट्याव्लेट विक्रि भईरहेका छन् सस्ताले नै अधिपत्य जमाईरहेका छन् । स्मार्ट फोनकै मुल्यमा ट्याव्लेट पिसी पाईने भएपछि उपभोक्ताको आकर्षण वढेको हो । न्युन आर्थिक अवस्था भएकालाई सस्ता ट्याव्लेट उपयोगी हुने भएकाले त्यसप्रती रुची जानु स्वभाविक भएको युवा प्लस ट्याव्लेट विक्रि गरिरहेको नेपाल डिष्ट्रीव्युसन आईएनसीका राजमान महर्जन वताउछन् । उनका अनुसार सो ट्याव्लेट दैनिक दुई दर्जनको हाराहारीमा विक्रि भईरहेको छ । चाईनामा उत्पादित प्रोलिकं र जापानमा उत्पादित फुजिथु ट्याव्लेट नेपाली बजारमा महंगोमा पर्दछन् । सो ट्याव्लेट विक्रि गर्दै आईरहेको एसएचटिसी ईन्टरनेशनल नेपालका मार्केटिङ म्यानेजर डिबी श्रेष्ठ पनी सस्ता ट्याव्लेटले महगां ट्याव्लेटको विक्रि वितरणलाई कमि ल्याएको स्विर्काछन् । उनि भन्छन् मान्छेलाई सस्ता ट्याव्लेट भएपछि पुग्छ गुणस्तरिय हुन आवश्यक छ कि छैन सो विषयमा ध्यान दिईरहेका छैनन । सामसुङ सभिर्सेज नेपालका स्माटफोन ट्रेनर्र प्रकेश घिमिरे भने  सस्ता ट्याव्लेटले स्तरिय ट्याव्लेटको बजार गिराउन नसक्ने वताउछन् । उनि भन्छन् दिगो भरपर्दोलाई कमसलसगँ तुलना गर्न मिल्दैन । सवै ट्याव्लेटका आ आफ्नै उपभोक्ता छन् । नेपाली बजारमा ट्याव्लेट भित्रिने क्रम वढ्दो छ , आज नयाँ व्राण्ड भनिएको भोली नै पुरानो हुन्छ, जानकारहरु भन्छन् नेपालमा धेरै ट्याव्लेटहरु भित्रिएका छन् जसको नाम ठेगाना नै उल्लेख गरिएको हुदैन । कति प्रकारका ट्याव्लेट नेपाल भित्रिएको छ सो विषयमा यकिन तथ्याकं छैन । हामी नेपालीको आर्थिक अवस्था निम्न नै छ त्यसैले सस्तो किन्नु वाध्यता हो तर धेरै सस्तो भेटियो भनेर किनिहाल्नु पनी हुदैन , राम्ररी वुझेर, के कस्ता फिचरहरु छन् , वारेण्टी ग्यारेण्डी,वितरक कम्पनी आधिकारीक होवा हैन, विग्रिएको खण्डमा कस्ता सुविधा पाउने लगायतका विषयमा राम्रोसगँ वुभझेरमात्र खरिद गर्दा राम्रो हुन्छ ।
१३ भदौ २०६९ मा अन्नपुर्ण पोष्टमा प्रकाशित लेख ।

One Response

Leave a Reply