ट्याव्लेट च्वाइस

– विश्व बजार मात्रै हैन नेपाली बजार पनी ट्याव्लेट पिसीले गर्माउदै छ । नेपालमा ट्याव्लेट उत्पादन नभएपनी साधारणतया करिव ६ हजार रुपैयाँको हारहारीदेखी एक लाख रुपैयाँ भन्दा पर्ने ट्याव्लेट उपलव्ध छन् ।  नेपाल भित्रिएका मध्ये केहि ब्राण्डेड ट्याव्लेट छन् त केहि उपभोक्ताको हातमा पर्नुभन्दा अघिमात्रै नामाकरण हुने गरेका छन् । एकातिर सुनिदै आइएका कम्पनीका ट्याव्लेट र अर्कोतर्फ न्वाँरननै नगरिएको ट्याव्लेट बजारमा पाउन सकिन्छ ।


ट्याव्लेटवाट धेरै काम गर्न सकिनुका साथै वढी एप्सहरु चलाउन पाइने भएपछी मानिसमा रुची वढेको पाइन्छ ।  ट्याव्लेट चलाईरहदा मोवाइलमा जस्तो खुम्चिएर प्रयोग गर्न पदैन भने कम्प्युटरबाट गरिदै आईरहेको काम पनी गर्न सकिन्छ ।  ट्याव्लेटको वढ्दो विश्वबजार र उपभोक्ताको रुचीलाई मध्यनजर गर्दै प्रायजसो आइटी कम्पनीले ट्याव्लेट उत्पादनलाई प्रमुखताका साथ लिएका छन् ।

धेरै ग्याजेट्सहरु जस्तो क्यामरा,मोवाइल,ल्यापटप प्रयोग गरिरहेकाहरुलाई एउटै ट्याव्लेट मात्रैले पनी सन्तुष्ट बनाउन सक्छ । यती धेरै महत्वपुर्ण मानिएको ट्याव्लेट खरिद गर्नुपुर्व र प्रयोग गर्दैगर्दा केहि विषयमा ध्यान दिन भने आवश्यक छ ।

आधिकारीक विक्रेता
नेपालमा दुई दर्जन भन्दा वढी ब्राण्डका ट्याव्लेट छाइसकेको छ । दिन दुईगुणा रात चौगुणाको हिसावले भित्रिरहेको पनी छ । कुन ट्याव्लेट कस्तो हो भन्ने भ्रम मानिसमा पर्न सक्छ । बजारमा हेर्दा उस्तै र उहि जस्तो लाग्ने ट्याव्लेहरु पनी छन् । कुन देशमा बनेको ट्याव्लेट नेपाली बजारमा आउछँ भन्ने जानकारी सवैमा हुन्छ भन्ने पनी छैन । त्यसैले ट्याव्लेट खरिद गर्नुअघि नेपालका लागी आधिकारीक विक्रेता हुनुले ठुलो महत्व राख्दछ । वारेण्टी,ग्यारेण्टी एवं ट्याव्लेटसगँ पाउनुपर्ने अन्य सामाग्री तथा सुविधाहरु के के छन् ? खरिद गरिसकेको ट्याव्लेट कसैगरी विग्रियो अर्थात तुरुन्तै समस्या आइहाल्यो भने कहाँ सम्पर्क गर्ने लगायतका समस्याको समाधानको लागी पनी आधिकारीक विक्रेता जवाफदेही हुनुपर्नेहुन्छ ।

अपरेटिङ सिस्टम
कुन अपरेटिङ सिस्टमको ट्याव्लेट प्रयोग गर्ने हो ? एप्पलको आइओएस,गुगलको एन्ड्रेईड, अथवा माइक्रोसफ्टको विण्डोज ८, वा अन्य  कुन अपरेटिङ सिस्टम प्रयोग गरिएको छ,यस्ता विषयमा जानिराख्दा राम्रो हुनेछ । एन्ड्रोइड अपरेटिङ सिस्टमका ट्याव्लेट अरुभन्दा सस्तो मुल्यमा उपलव्ध हुने गरेको छ । 

ब्राण्ड
मानिसहरु ब्राण्डेड हुदैछन् । पैतालामा लगाउने चप्पलदेखी टाउँकोमा लगाउने टोपीसम्म ब्राण्डेड चाहन्छन् । अझ ग्याजेट्स खरिद र प्रयोग गर्दै गर्दा त ब्राण्डले ठुलै महत्व राख्दछ ।  नाम चलेका अर्थात विश्व बजारमा निकै रुचाइएका ब्राण्डेड ट्याव्लेट चलाउन कसलाई मन नहोलार ? तर ती धेरै महगां र हाम्रो आर्थिक पहुचँ भन्दा माथी पनी हुनसक्छन् । केहि नाम चलेका कम्पनीहरुले पनी सहुलियतमै  ट्याव्लेट दिइरहेका हुन्छन्  । सस्तो र खोजेको जस्तो फिचर भएको ट्याव्लेट पाइयो भने अरु किन खोज्नु ?

साइज
चिनियाँ कम्पनी लेनोभोले चाडै नै २७ इन्चको ट्याव्लेट बजारमा ल्याउदैछ । आइडिया सेन्टर होरिजन टेबल नाम दिइएको उक्त ट्याव्लेटलाई एकै पटक चार जनाले चलाउन सक्नेछन् । हाल भने बजारमा ७ इन्चदेखी १० इन्चसम्मको हाराहारीमा ट्याव्लेट उपलव्ध छ । साधारण काम जस्तो फोन,म्युजिक,क्यामरा लगायतको लागी हो भने सानो आकारको ट्याव्लेट प्रयोग गर्न सकिन्छ, हैन गेम खेल्न,फिल्म हेर्न तथा अन्य कामको लागी हो भने केहि ठुलो साइटको ट्याव्लेट उपयुक्त हुनसक्छ ।

एप्लिकेशन
खरिद गर्न लागिएको ट्याव्लेटमा के कस्ता एप्लीकेशन इन्सटल गर्न सकिन्छ ? निकै महत्वपुर्ण जुन वढी प्रयोगमा आइरहेको एप्लिकेशन कहाँवाट पाउने ? ट्याव्लेट चलाउन चाहनेहरुले यस विषयमा पनी ध्यान दिन जरुरी हुन जान्छ । खरिद गरिदै गरिएको ट्याव्लेटमा के कति एप्लिकेशन उपलव्ध छ, त्यस्तै कतिसम्म एप्लिकेशन डाउनलोड गर्न सकिन्छ लगायतको विषयमा जानीराख्नु राम्रो हो । वढी प्रयोगको आधारमा  आइओएसको एप्लिशेनहरु चाहिएको हो भने एप्ललको एप्स स्टोरवाट डाउनलोड गर्न सकिन्छ भने एन्ड्रोईडको एप्लिकेशनहरु गुगल प्लेमा उपलव्ध छ ।

व्याट्री र अन्य
एउटा स्तरिय ट्याव्लेट खरिद गर्दैगर्दा व्याट्री व्याकअप कति दिन्छ ?  दैनिक कतिघण्टा सम्म निरन्तर चलाउन सकिन्छ यस्ता विषयमा पनी ख्याल गर्नुपर्ने हुन्छ । कुन स्त्रिन साइज  आवश्यक छ । त्यस्तै के कती मेमोरी क्षमताको छ । मेमोरी के केतिसम्म थप गर्न सकिन्छ । ट्याव्लेट अन्य पिसीमा कनेक्सन गर्देगर्दा सपोर्ट गर्छ या गर्दैन । वाइफाई कनेक्सन,सिम कनेक्टिभिटी के कस्तो छ ?

 हेडसेट सपोर्ट कस्तो छ जस्ता   विषयमा पनी किन होशियार नहुने ?

अर्को अर्को विषय आफुले रुचाइएको उक्त ट्याव्लेट खरिद गर्ने क्षमता आफुमा छकि छैन,के कति सम्मको  ट्याव्लेट खरिद गर्न सकिन्छ ? यस्ता विषयमा पनी ध्यान दिन सकियो भने च्वाइस गरिए अनुसारको ट्याव्लेट प्रयोग गर्न किन अर्को आइतवार पर्खिरहनु प¥र्यो र ?   ३ माघ २०६९ मा अन्नपुर्ण पोष्टमा प्रकाशित । 

Leave a Reply