टु स्टेप भेरिफिकेशन किन ?

– इन्टरनेटको प्रयोग गर्ने तर गुगल एकाउण्टको प्रयोग नगर्ने प्रयोगकर्ता भेटाउन मुस्किल छ । विश्वमा प्रयोगको अवस्थालाई मुल्याकंन गर्दा ईन्टरनेट नै गुगल हो भन्दा फरक नपर्ला । हरेक जिज्ञासादेखी समाधान सम्मको लागी गुगल गर्ने गरिन्छ । गुगलले धेरै सुविधा दिइरहेको छ जुन दैनिकजसो प्रयोग गरिरहेका हुन्छौ । गुगलका सेवाहरु प्रयोग गरिरहदा कतै तपाइलाई आफ्नो पासवर्ड चोरी भएको वा सुरक्षामा कमी भइरहेको आशकां लागेको त छैन ? त्यस्तो हो भने  टु स्टेप भेरिफिकेशन सेवा प्रयोग गर्न उपयुक्त हुन्छ ।

Image:google

गुगल एकाउण्टवाट जिमेल, व्लग, बेवसाइट, युट्युव लगायत अन्य धरै साईटहरु साइन ईन गरिरहेका हुन्छौ । एकै इमेल आइडी र  पासवर्डवाट धेरै साइटहरु लग इन भईरहने हुदाँ एकाउण्ट सुरक्षामा ध्यान दिन पनी उत्तिकै जरुरी हुन जान्छ । इन्टरनेटमा काम गरिरहदा आफ्नो गुगलको पासवर्ड अन्य व्यक्तिहरुलाई पनी थाहा हुन सक्छ, पासवर्ड टाइप गर्ने समयमा चासो लिएर हेर्नेहरु देखेर दिक्क हुनेहरुपनी छन् । पासवर्ड चोरीवाट इमेल ह्याकिङको घटना वढीरहेको छ । पव्लिक कम्प्युटर जस्तो कार्यालय,साइवर लगायतमा वसेर काम गरिरहदाँ पासवर्ड चोरी हुने सम्भावना वढी नै हुन्छ । महत्वपुर्ण काम भएको समयमा विधिवत तरिकाले साइन आउट गर्न पनी विर्सिरहेका हुन्छौ । पासवर्ड चोरीवाट आफ्नो नाम,इज्जत,पद तथा गोपनियतीका विषयसगँ जोडेर चरित्रहत्या गर्ने प्रयास हुनसक्छ र यदाकदा भईरहेका पनी छन् । पासवर्ड चोरी हुनु भनेको आफ्ना सम्पुर्ण अनलाइनमा सुरक्षित गरिएका जानकारी चोरी हुनु हो ।  इन्टरनेटमा भएका  सम्पती कसैले पनी गुमाउन चाहदैन । यस्तो अवस्थामा आफ्नो गुगल एकाउण्टमा भएका विविध सामाग्री सुरक्षित राख्नको लागी टु स्टेप भेरिफिकेशन गर्न भनिएको हो । टु स्टेप भेरिफिकेशनमा पासवर्ड र फोन अथवा मोवाइल अनिवार्य हुन्छ । पासवर्ड टाइप गरिसकेपछि तत्काल फोनमा  ६ अकंको नम्वर प्राप्त हुन्छ, प्राप्त ती नम्वरहरु अपलोड गरिसकेपछि मात्रै गुगल एकाउण्ट खुल्छ । आफ्नो मोवाइल तथा फोन सगै हुनेहुदा पासवर्ड चोरी भएपनी खासै फरक पदैन, किनकी चोरीको प्रयास गर्ने व्यक्तिसगँ तपाइको फोन भने हुदैन । कसरी आफ्नो गुगल एकाउण्टमा टु स्टेप भेरिफिकेशन सेटिङ गर्ने त ?

Image:google

 गुगल एकाउण्ट साइन इन गरिसकेपछि एकाउण्ट सेटिङमा जानुस् त्यहाँ सेक्यूरिटी अप्सन  देखिनेछ र पासवर्ड परिवर्तन गर्ने भनिएको अप्सनको तत्लो लाइनमै युजिङ टु स्टेप भेरिफिकेशन भन्ने लाइन पाउनुहुनेछ । सो युजिङ टु स्टेप भेरिफिकेशनमा  क्लिक गरेपछि सेटअप टु स्टेप फेरिफिकेशन वटम देखापर्छ । त्यो वटममा केहि छनोट गर्ने विषय दिइएको हुन्छ तपाइले प्रयोग गर्ने के हो ल्याण्डलाईन फोन या मोवाईल  । त्यस्तै गुगलले पठाउने भेरिफिकेशन कोर्ड म्यासेजमा वा फोन के वाट  चाहनुहुन्छ सो छनोट गर्ने सुविधा समेत दिएको हुन्छ । डेक्सटप तथा ल्यापटपवाट मात्र नभई स्मार्टफोनहरु जस्तो एण्ड्रोइड, व्ल्याकबेरी, आइफोन, आइप्याड, आइप्याड टच लगायतमा पनी एप्पको प्रयोगवाट टु स्टेप फेरिफिकेशन प्रयोग गर्न सकिन्छ । यो सेटिङ गरिसकेपछि प्रत्येक पटक गुगल एकाउण्ट साईन ईन गर्दा भेरिफिकेशन कोर्ड चाहिन्छ या एक महिनापछि ? ३० दिनसम्मको लागी पनी एक पटक अपलोड गरिएको कोर्डवाट साइन इनको लागी सेटिङ गर्न सकिन्छ ।

Image:google
 यती गरिसकेपछि भने पासवर्डले मात्रै गुगल एकाउण्ट खुल्ने छैन, तपाई वाहेक अन्य व्यक्तिले पनी तपाइको गुगल एकाउण्ट प्रयोग गरिरहेको छ भने अव असम्भव हुनेछ । तपाई  यात्रा गर्दैहुनुहुन्छ अथवा फोनको पहुचँभन्दा वाहिर हुनुहुन्छ भनेपनी तपाइको एकाउण्ट भने साईन इन गर्न सकिन्छ । त्यसको लागी व्याकअप भेरिफिकेशन कोर्ड लिन सकिन्छ । एक पटक दशवटा व्याकअप कोर्ड उपलव्ध हुनेछ भने सो कोडलाई  प्रिन्ट अथवा लेखेर  पर्स, झोलामा सुरक्षित राख्नुभयो भने संसारको जुनै ठाउँवाट पनी ती कोर्डको प्रयोगवाट गुगल एकाउण्ट खोल्न सकिन्छ र मोवाइल नम्वर परिवर्तन गर्नुपरेमा पनी सकिनेछ । टु स्टेप भेरिफिकेशन प्रयोग गर्ने प्रयोगकर्ताको सख्या नेपालमा वढ्दो छ । पासवर्ड चोरी र ह्याकिङवाट वच्नको लागी टु स्टेप फेरिफिकेशनको प्रयोग नै एकमात्र र उत्तम विधी हो । – ४ पुस २०६९ मा अन्नपुर्ण पोष्टमा प्रकाशित

Leave a Reply