जुकरवर्गकै फेसबुक एकाउण्ट असुरक्षित भएपछि…

– यदि तपाई आफ्नो फेसवुक एकाउण्ट चलाउदै हुनुहुन्छ भने त्यसको पासवर्ड तपाईसगँ भन्दा वाहेक अरु  कसै सगँ पनी हुदैन । को व्यक्तिको स्टाँटस/फोटोमा कमेन्ट, लाईक गर्ने, के स्टाँटस अपलोड गर्दै हुनुहुन्छ त्यो अधिकार तपाईमा मात्रै सिमित हुन्छ ।  लामो पासवर्डले एकाउण्ट दह्रो बनाएको छु, कसले पो के गर्न सक्छर भनिरहनु भएको छ भने तपाईको ठम्याई गलत पनी हुन सक्छ । 
 सोचे जस्तो फेसवुक एकाउण्ट सुरक्षित नभएको हालै प्यालेष्टाईनका बेव डिजाईनर तथा ह्याकर Khalil Shreateh ले रहस्य वाहिर ल्याईदिएका छन् ।   दि ह्याकर न्युजमा जनाईए अनुसार  ती प्यालेष्टाईनका ह्याकर Khalil Shreateh ले फेसवुक सुरक्षामा गम्भिर प्रश्न चिन्ह उठाउदै कमजोरीलाई औल्याएका हुन् । 

उनले भने अनुसार जो सुकै व्यक्तिको टाईमलाईनमा जे पनी पोष्ट गर्न सकिन्छ । फेसवुक सस्थापक मार्क जुकरवर्गको एकाउण्टमै उनले आफ्नो सुचना पोष्ट गर्न सफल भएका छन् । चाहेका भए उनले मनलाग्दी जे पनी पोष्ट गर्न सक्थे तर उनले एउटा सुचना मात्रै छाडेका छन् । 

मार्क जुकरवर्गले अध्ययन गरेकै कलेजकी छात्रा Sarah Gooden को फेसवुक टाईमलाईन ह्याक गर्दै एउटा रमाईलो युट्युव भिडियो सेयर गरेका थिए । यो उनले फेसबुकलाई सुसुचित गर्न  प्रयोग गरेको पहिलो एकाउण्ट थियो ।

भिडियो हेर्नुस्, फेसवुक टाईमलाईन यसरी तोडिने रैछ । 

   

समाचारमा भनिएको छ, फेसबुक सुरक्षा टिमले उल्टै फेसवुकमा कुनै कमजोरी नरहेको दावी गरेको थियो । फेसवुक सुरक्षामा कमजोरी छ र त्यो सुराक आफुले दिएको भन्दा भन्दै पनी फेसवुक सुरक्षा टिमले नपत्याएपछि उनै सस्थापक मार्क जुकरवर्गको टाईमलाईन तोडेरै एउटा सुचना सेयर गरेका थिए ।

मार्क जुकरवर्गको टाईमलाईनमा यस्तो सुचना सेयर गरिएको थियो ।  उनले यसो लेखेका थिए । पढ्नुस् :

 

क्रमस तेश्रो पटक पनी फेसवुकमा सुरक्षा कमजोरी छ भनेर उनले दाबी गर्दै गएपछि  फेसवुकले हो रैछ भन्ने प्रतिक्रिया दियो । यस्तो कमजोरी एवं हानिकारक भाईरस पत्ता लगाए वापत न्युनतम ५ सय डलरदेखी पुरस्कार दिने फेसवुकले घोषणै गरेको छ भने दिदै आएको पनी छ । फेसवुक सुरक्षा सम्वन्धी ईन्जिनियरले भनेका छन्  “तर उनलाई पुरस्किृत गर्न सकिदैन किनकी उनले सेक्युरिटी टम्स एण्ड सर्भिस भन्दा वाहिर गएर फेसवुकलाई क्षती पुराएका छन् ।”  अव भन्नुस् के पासवर्ड सुरक्षित राखेकै छ भन्दैमा आफ्नो टाईमलाईन सुरक्षित हुने रैछ त ?

दि ह्याकर न्युजमा सो  समाचार प्रकाशित भएपछि Khalil Shreateh ले आफ्नो फेसवुक पेजमा सेयर गरेका थिए ।

उनले फेसवुक साथीसगँ गरेको यो रमाईलो च्याट पनी हेर्नुस् ।

ती ह्याकर  कस्ता रैछन्  हेर्न पाए हुन्थ्यो भन्ने लागेको छ भने उनको Google+ पेजमा जान सक्नुहुन्छ ।

अपडेट ।
अहिल्य विश्वमा उनको तारिफ वढीरहेको छ । युट्वमा एक व्यक्तिले भनेका छन् “यदि तिमीले चाहेको भए फेसवुक विरुद्ध गम्भिर असर गर्ने काम पनी गर्न सक्थ्यौ तर तिमीले गरेनौ सोहि कारणपनी फेसवुकले पुरस्किृत गर्नुपर्छ ।”

हालै विश्व चर्चित टेलिभिजन सिएनएनले एक रिपोट तयार गरेको छ । हेर्नुस्:

Leave a Reply