छलले साच्चै छलेपछि ….. Short Movie

एउटा यर्थाथ “फिल्म हलमा जुन सुकै फिल्म लागोस् हेर्नेहरु हेरिनै रहन्छन्, तर अर्को त्यो जमात  भने जस्तो सुकै हिट फिल्म किन नलागोस् झुक्किएर पनी पाईला सार्दैनन् ।” यो मेरो मात्र अनुभव हैन धेरैको मुखवाट सुनेको छु । खासमा नेपाली फिल्मको दम नै हुन्न भन्नेहरु धेरै भेटिन्छन्, सत प्रतिशत यर्थाथ नभएता पनी धेरै हदसम्म सहि हो ।

पैसा जम्मा गरेर फिल्ममा छिरेका कलाकार, फितलो कथावस्तु, यौन प्रचारवाजीले मात्रै फिल्म चल्छ भन्ने मानसिकता , पुराना प्रविधीको प्रयोग लगायतको कारण नै नेपाली फिल्मको दम हुदैन भन्न मलाई कुनै हिचकिचाहट छैन । अचम्म त के हुन्छ भने  हलिउड स्टाईलको युट्युव प्रोमो हेर्दा के-के न होला भन्ने लाग्ने गर्छ, स्वभाविक पनी हो । जव दर्शकले फिल्म हेरिसकेपछि सोसिएल मिडियामा आक्रोश पोख्छन् तव पहिलो चरमै थाहा पाउन सकिन्छ, कति सम्म गिरेर प्रचारवाजी गरिएको रैछ ।

पछिल्लो समय डिभिडीवाट हेरिएको फिल्म हो छड्के । कलाकारको प्रस्तुती बेजोड, सुरु र मध्य भाग सम्म कथावस्तु रोचक तर अन्तिम भाग सम्म पुगिसक्दा भने केटाकेटीको काटुन जस्तै हुदै समाप्त  । तोईट् त्यो फिल्म हेरिसकेपछि समय मात्र खेर गएको अनुभुती भयो । एक शव्द बोल्दै एक पप तान्दै , ठुलो मान्छे वन्ने हो भने बोली नै पिच्छे धुवा उडाउनु पर्छ भन्ने वाहेक केहि शन्देश छोडेको देखिएन । सायद त्यो फिल्मको शन्देश त्यो भन्दा वढी पनी थिएन ।

नेपाली फिल्म प्रती त्यति साह्रो असन्तुष्टी पनी छैन , हालै एउटा फिल्म हेर्ने मौका मिल्यो साच्चै “पैसा असुल” थियो त्यो फिल्म । फ्रेम सिने मेकर्सको व्यानरमा बनेको १२ मिनेट ४८ सेकेन्डको फिल्म छल निकै रोमाञ्चक लाग्यो ।

युट्युवमा हेर्न मिल्ने यो फिल्ममा दाङका कलाकारहरुले अभिनय गरेका छन् । छोटो फिल्म भएपनी अव के हुन्छ भन्ने कौतुहल र जिज्ञासा हुदै फिल्म सकिन्छ ।  छलले साच्चै सन्तुष्ट हुनेगरी छल्न सफल भएको छ । यो भन्दा वढी भन्दै गए भने हेर्न खासै मज्जा नहोला । सट मुभी छल हेर्नुस् र हेरिसकेपछि के कती  सन्तुष्ट हुनुभयो , भन्न नविर्सनुहोला ।

जादाँ जादै सिन्धुलीका युवाले निर्माण गरेको यो अर्को रोचक लागेको सट फिल्म पुलिस रेड पनी हेर्न नविर्सनुहोला ।

Leave a Reply