“गुगल प्लस प्रयोग गर्नुभएको छैन भने एक कदम पछि पर्नुभो”

– दैनिक ईन्टरनेट चलाउनुहुन्छ भने तपाईको लागी गुगल भन्या के भन्ने कुरै भएन । हामीलाई जत्तिखेर ईन्टरनेटमा केहि कुरा खोजी गर्नुपर्ने हुन्छ  तत्कालै गुगल गरिहाल्छौ अर्थात गुगलमा सर्च गर्ने काम गरिरहेका हुन्छौ । गुगललाई ईन्टरनेटको वादशाहपनी भनिन्छ । सर्च ईन्जिन गुगलले सन् २०११ वाट सामाजिक सञ्जाल गुगल प्लस सुरु गरेसँगै यसको महत्व निकै वढ्दै गईरहेका छ ।
 व्लग तथा ईन्टरनेट सर्चसगँ सम्वन्धीत व्यवसायीहरुले गुगल खोजीमा अग्रडी भुमिका खेल्नको लागी गुगल प्लसको प्रयोग पनी अनिवार्य जस्तै वन्दै गईरहेको छ । फेसवुक ट्वीटरको प्रयोगमा जत्ति मज्जा आउछ गुगल प्लसमा पनी त्यो भन्दा कम चै हुदैन । गुगल प्लसमा अपलोड भएका हरेक स्टाटस गुगल सर्चले प्राथमिकता साथ देखाईदिने काम गर्दछ । तपाईको ईन्टरनेट समाग्री खोजीमा अग्रडी सुचीमा देखाउने वनाउनु छ भने गुगल प्लस पनी प्रयोग गर्न थाल्नुस् ।  यतिमात्रै हैन यी फाई फाईदाहरु पनी थाहा पाईराखौ ।
च्याट
अक्षरमा लेखेर च्याट त हामी फेसवुकमा पनी गरिरहेकै छौ । च्याट नभएको सोसिएल साईट पक्कै पनी केहि खल्लो हुन्छ नै । गुगल प्लसमा रहेको च्याटले खास महत्व राख्दछ । ह्याङ आउटको माध्यमवाट एकै पटक ९ जना सगँ समुहमा वसेर भिडियो च्याट गर्न सकिन्छ । युट्युव भिडियोवाट सो भिडियो च्याटलाई प्रतक्ष्य विश्वव्यापी प्रशारण पनी गर्न सकिन्छ ।

पिकासा :
गुगलको बेव एल्बम पिकासा सगँ पनी गुगल प्लस जोडिएको छ । गुगल एकाउण्ट वनाउदै गर्दा पिकासा पनी एक्टिभ गर्नुभएको छ भने गुगल प्लसमा अपलोड गरिएको फोटोहरु स्वतं एल्वम भएर वस्ने हुदा फोटो संकलन र सुरक्षाको लागी पिकासाको महत्व वढी नै छ ।

 सर्कल :
गुगल प्लस प्रयोग गर्ने प्रयोगकर्ताहरुले आफ्नो सर्कल वनाउन पाउनेछन् । “निकै मिल्ने साथी, घरपरिवारका सदस्य, आफन्त, सहकर्मी” लगायतको भिन्न भिन्नै सर्कल वनाउन सकिन्छ । सर्कल अनुसार अन्तक्रिया गर्न सकिन्छ । फेसवुकको ग्रुप भन्दा गुगलको प्लसको सर्कल सृजनात्मक र उपयोगी रहेको छ ।

 प्राईभेसी :
सामाजिक सञ्जालमा सवैभन्दा सुरक्षित राख्नुपर्ने भनेकै प्राईभेसी हो । अरु सवै जानकारी देखाउने वनाउदा खासै फरक नपर्ला तर केहि महत्वपुर्ण जानकारीहरु आफुसगँ मात्रै सिमित राख्नुपर्ने वा आफ्ना कुनै एक सर्कललाई  मात्र देखाउने वनाउनु परेको अवस्थामा गुगल प्लस प्रभावकारी हुनसक्छ । जस्तो : अपलोड गरिएको महत्वपुर्ण जानकारी आफ्नो ‘मिल्ने साथी सर्कल’लाई मात्रै देखाउने हो भने त्यो गुगल प्लसमा सम्भव छ ।

ईमेल र व्लग
:
ईमेल तथा व्लगमा रहेर काम गरिरहदा दाहिने तर्फवाटै गुगल प्लसमा आईरहेको नोटिफिकेशन थाहा पाउन सक्नुहुन्छ । जिमेलमा मेल चेक गर्दैगर्दा गुगल प्लसमा आएको कमेन्टको नोटिफिकेशन देख्न र पढ्न सक्नुहुन्छ । यस अर्थले पनी गुगल प्लसको महत्व वढ्दो छ ।
तपाईलाई लागेको फाईदाहरु छुटेको छ भन्ने  लाग्छ भने  तलको कमेन्ट वक्समा लेख्नुहोला ।

6 Comments

Leave a Reply