गर्व गर्नैपर्ने कुरा “नेपालीले बनाए उत्कृष्ट एप्स”

~ लीलानाथ घिमिरे

तपाईं अन्य ठाउँवाट काठमाण्डौ आउदै गर्दा काठमाडौंमा केही समय विताउनु होला । त्यतिखेर तपाईलाई काठमाडौंमा बैंक, एटीएम, हस्पिटल, एम्बुलेन्स, रेस्टुरा“, सिनेमा हल, विदेशी दूताबासको आवश्यकता पर्न सक्छ । खोज्न कहा“ जाने ? कसलाई सोध्ने ? समाधान तपाईंको मोवाइलमै छ । स्मार्टफोन चलाउनु हुन्छ भने तिनका एप्स स्टोरमा गएर एप्लिकेसन (एप) निशुल्क डाउनलोड गर्नुस् । आफूलाई चाहिएको ठाउ खोज्नुस् । त्यहा पुग्न यो एप्सले तपाईंलाई बाटोसमेत देखाउने छ ।
नेपालमै उत्कृष्ट एप्स बन्न थालेका छन् । नेपालमा गत साता पहिलो पटक आयोजना गरिएको मोवाइल एप्लिकेसन्स प्रतियोगितामा यस्ता एप्स डेभलपर सहभागी भए । संयोगले एनलोकेट उक्त प्रतियोगितमा उत्कृट एप्स ठहरियो । तीन फरक समूहमा भएको प्रतियोगितामा एनलोकेट युटिलिटिज एन्ड इन्टरटेनमेन्ट समूहमा समेत उत्कृष्ट भएको थियो । उक्त एप्स विकास गर्ने दिपेन चापागाइ र रिचन श्रेष्ठको समूहले सर्बोत्कृष्ट भएर ३ हजार डलर र समूहमा उत्कृष्ट भएर १ हजार गरी ४ हजार डलर (करिव ३ लाख ४८ हजार रुपैया“) पुरस्कार जिते । यस्तै  सोसियल डेभलपमेन्ट समूहमा ‘बर्थडे फरेस्ट’ र बिजनेस एन्ड फाइनान्सियल सभिर्स समूहमा ‘इ–सेवा’ एप्स विकासकर्ता उत्कृष्ट भएका छन् । दुवै समूहले जनही १ हजार अमेरिकी डलर (करिव ८७ हजार रुपैया“) पुरस्कार पाए ।

मोवाइल सोसियल नेटवर्क नेपाल र नेपाल उद्यमी मञ्चले संयुक्त रुपमा आयोजना गरेको एप्स डेभलप प्रतिस्पर्धालाई फिनल्यान्डको परराष्ट्र मन्त्रालय र विश्व बैंकले सहयोग गरेका थिए । गत फागुनमा मागिएको एप्सको आइडियाअनुसार १ सय १६ समूहले मोवाइल एप्स डेभलपबारे आआङ्खना मौलिक आइडिया बुझाएका थिए । तीमध्ये अन्तिम प्रतिस्पर्धामा १८ समूह छानिएका थिए । उत्कृष्ट भएको एप्स एनलोकेटले सर्बसाधारण्ँलाई नजिकैको बैंक÷एटिएम, अटो सोरुम, पेट्रोल पम्प, सिनेमा हल, एम्बुलेन्स, कफी सप, कलेज, विदेशी दुतावास, अस्पताल, होटल, पार्टी प्यालेस, प्रहरी, ट्राभल एजेन्सीलगायतका बारे सम्पूणर््ँ जानकारी मोवाइलमै उपलब्ध गराउ“छ ।

यस्तै सोसियल डेभलपमेन्ट समूहमा उत्कृष्ट एप्स बर्थडे फरेस्टले बन जोगाउन सहयोग गर्छ । संरÔण्ँ घिमिरे, रोशन कार्की, रामकुमार भण्डारी, दीपक मल्ल, प्रयाग उपाध्याय र ध्रुव प्रजापतीको टोलीले विकास गरेको एप्सले जमिन अभाव, बीउ÷बिरुवा नपाएर, ब्यस्तताले, तिनको हेरचाह गर्ने समय नभएर विरुवा रोप्न नपाउनेहरूलाई सघाउ“छ । जन्म दिनमा रुख रोप्न पे्ररित गर्ने एप्सको प्रयोगले हरेक ब्यक्तिले रुख रोप्ने ठाउ“को छनौट, कति वटा रोप्ने, त्यसको मूल्य कति तिर्नु पर्ने छनौट गर्न सक्नेछन् । प्रयोगकर्ताले पैसा दिएपछि सरकारी÷सामुदायिक वनस“ग साझेदारी गरेर विरुवा रोपिने छ ।

बिजनेश एन्ड फाइनान्सियल सभिर्स विधामा उत्कृष्ट एप्स इ–सेवा एफवन सङ्खटका हिमाल निरौला, बीरेन्द्र धामी र अनिश श्रेष्ठको समूहले बनाएको हो । नेपालको पहिलो पेमेन्ट गेटवेका रुपमा प्रयोग भइरहेको यो मोवाइल एप्सबाट आङ्खनो एकाउन्टबाट अर्कालाई पैसा पठाउने, किनमेलको भुक्तानी गर्ने, बैंकमा रकम जम्मा गर्ने, मोवाइलका रिचार्जकार्ड किन्ने, टेलिफोन बिल भुक्तानी गर्नेलगायतका कारोबार गर्न सकिन्छ ।
यी त भए विजयी एप्सहरु । प्रतियोगितामा सहभागी अरु एप्ससमेत एकसेएक थिए । किसानलाई मोवाइलबाटै खेतीका तरिका, सिजनअनुसारका बाली, माटो जाच्ने तरिका, कृषिसग सम्बन्धित संघसस्था, मलका प्रकार, तिनको प्रयोग गर्ने तरिका, बैंक÷वित्तिय सस्थाले कृषकलाई प्रदान गर्ने ऋण योजना, कृषि औजारलगायतबारे जानकारी दिन प्रशान्त न्यौपाने, क्षितिज घिमिरे, अर्जन श्रेष्ठ, प्रभात गजुरेल र प्रतिमराज श्रेष्ठको समूहले विकास गरेको छ ‘एग्रो नेपाल’ एप्स ।
मानिस कुन बेला अपहरण, बलात्कार, लुटपाट, कुटपिटको शिकार हुनसक्छ । अन्जना मान्धर, आजाविन्द श्रेष्ठ र उज्वल श्रेष्ठ मिलेर विकास गरेको ‘लाइफ सेभर’ ले त्यस्तो घटना हुनासाथ आकस्मिक सन्देश आफन्तलाई पठाउनेछ । बालबालिकालाई पहिलो बर्णमालाबाट अक्षरारम्भ गराइने दिनकै झझल्को दिने गरी त्यस्तै एप्स विकास गरेका छन् राजन महर्जन, पारस बोगटी, रिसभ मल्ल, सौजन बस्नेत, अमन महर्जन र जिना बोगटी महर्जनले । ‘एम–बर्णमाला’ नामको यो एप्सले बालबालिकालाई उनीहरुको क्षमता तिखार्न खेल्दै सिकाउने, नेपाली÷अग्रेजी भाषा सिकाउने, बालबालिकालाई पढ्न प्रेरित गर्ने रोचक खेलहरु, स्मार्ट फोन चलाउन सिकाउने, विदेशमा रहेका केटाकेटीलाई नेपाली भाषा सिकाउने काम गर्छ ।
सरकारी कार्यालयमा काम गर्न जादा भोग्नु पर्ने समस्या ‘सरकारी कार्यालय एप्स’ ले हटाउछ । यसले कुन काम गर्न कुन कार्यालय जाने र के–के कागजात आवश्यक पर्छ भन्ने जानकारी दिन्छ । मोवाइलबाटै भइरहेको कुनै इभेन्टबारे जानकारी दिने, त्यसको टिकट बुक गर्ने सुविधा उपलब्ध गराउदैछ ‘इभेन्टबुक’ ले । यस्तो आइडिया ल्याएका छन् रोहित जोशी, राजु गोतामे, दिपेश  गौतम, स्वेता श्रेष्ठ, रोहित श्रेष्ठको समूहले ।
विभिन्न समाचार साइट चहार्दा हैरान हुनेहरुलाई राहत दिनेछ ‘नेपाल खवर’ ले । यसमा कान्तिपुर, बिबिसी, नागरिक न्युज, हिमाल खवर, माइसंसार, कारोबार, हाम्राकुरा, इमेज च्यानल, माइरिपब्लिका, नेपाली टाइम्स र अनलाइन खवरका साइट एकै ठाउमा ब्राउज गर्न पाइन्छ । उमेश घिमिरे, निरज शाक्य, सन्ध्या कोइराला, प्रतिभा न्यौपाने, रजित राजथलालगायतले डेभलप गरेको यो एप्सले तपाईंलाई सबै समाचारको स्वाद एकै ठाउ पस्कने छ ।
सधै काल्पनिक ठाउमा मोटर दौडाउने खेल मोवाइलमा खेलिरहेकाहरुलाई काठमाडौंका सडकमा दौडाउने नौलो अवसर आउदै छ । अमित भण्डारी, आभाषविक्रम थापा र रितेश भण्डारीको समूहले बनाएको ‘रेस योर टाउन’ गेम एप्समा सडक, त्यहा रहेका ठाउहरु, मानिस, भिड, सवारीसाधनलगायत नेपालकै हुनेछन् ।
कुनै रुटमा ट्रेकिङ जादै हुनुहुन्छ भने ‘टिजी (ट्रेक गाइड)’ एप्स मोवाइलमा डाउनलोड गर्न नविर्सनु होला । सन्तोष ढकाल, गौरब बस्नेत, संजीव श्रेष्ठ, सुवर्णमान महर्जन, प्रतिज्ञा सिग्द्याल र कृष्ण श्रेष्ठले विकास गरेको यस एप्सले ट्रेकिङ रुट जानअघिको तयारी, यात्रामा खाने, बस्ने, घुम्ने ठाउ, साबधानीलगाय सम्पूर्ण कुराको जानकारी गराउछ ।
प्रतियोगिता सबैले जित्दैनन् । नजित्नेले बनाएका एप्स पनि उत्कृष्ठ छन् । तिनले हाम्रो दैनिकीमा धेरै प्रभाव पार्ने छन् । नेपालमा समेत उत्कृट एप्स बन्छन् भन्ने प्रमाण हो यो ।

` लेखक कान्तिपुर दैनिकका पत्रकार हुनुहुन्छ ।

7 Comments

Leave a Reply