ओहो ! ‘जिमेलको ईमेल डिलिट भईहाल्यो नी’

५७ भाषामा प्रयोग गर्न सकिने जिमेल विश्वमा सवैभन्दा वढी प्रयोग हुने गुगलको बेबमेल सेवा हो । अप्रिल १ सन् २००४ मा सुरु भएको जिमेलको ४ सय २५ मिलियन अर्थात ४२ करोड ५० लाख प्रयोगकर्ता रहेका छन् । (विकिपिडियामा अपडेट भएको पछिल्लो तथ्याकं अनुसार), नेपालमा के कतिले जिमेल प्रयोग गर्छन भन्ने तथ्याकं भेटाउन नसकिए पनी के दाबी गर्न सकिन्छ भने सबैभन्दा वढी ईमेल जिलेलबाटै आउने जाने गर्दछ ।

एउटा सानो समस्या, कसैगरी जिमले चलाउदै गर्दा महत्वपुर्ण ईमले नचाहदा नचाहदै डिलिज भईहाल्यो भने के गर्ने ?  जिमेलको ईमेल डिलिट भएर एक जना साथीले हत्तारिदै फोन गरेपछि यो पनी ब्लगलाई महत्वपुर्ण नै विषय हुने ठानेर लेख्दैछु ।

जिमलेको ईमेल डिलिट भईहाल्यो भने पुर्नः फर्काउन सकिन्छ । अर्थात पहिल्यकै यथास्थानमा ल्याउन सकिन्छ । तपाईले ईमेल डिलिट गरिहाल्नुभयो भने त्यो डिलट भएको ईमले ‘TRASH’ मा गएर बस्दछ । Trash मा क्लिक गर्नुस् र हेर्नुस् । अघि मात्रै डिलिट भएका सम्पुर्ण ईमलेहरुको लिष्ट तपाईले देख्न सक्नुहुन्छ । अव ती ईमलेहरुलाई सेलेक्ट गर्नुस् र मुभ टु गर्नुस् । कुन क्याटागोरीमा फर्काउन चाहनुहुन्छ । सोहि अनुसार जानुस् र अव जिमेल एकाउण्ट रिफ्रेस गरेर हेर्नुस् डिलिट भएको ईमेल पुर्न: फर्कियो कि फर्किएन ? तपाईले ईमेले फर्काउन सफल हुनुभयो । यो तलको तस्बिरबाट पनी थप प्रश्ट हुनसक्नुहुन्छ ।

Leave a Reply