एकै क्लिकमा फेसवुकका सम्पुर्ण फोटो Download गर्ने हैन ?

दुईचार वर्षदेखी नै फेसवुक चलाउदै आउनुभएको छ । फेसवुकमा फोटाहरु धेरै नै अपलोड भईसक्यो । फेसवुकमा फोटो अपलोड गरेर राख्नु भनेको आवश्यक परेको समयमा काम टार्नको लागी तुरुन्तै पाईहाल्नुपनी हो । ( कम्प्युटरमा त कुनै वेला जे पनी हुनसक्छ । पेन ड्राईभ,सिडीको कुनै भरोसा नै छैन कुन समयमा के हुने  हो । यो हिसावले पनी ईन्टरनेट साईडहरुमा अपलोड गरिएका फोटोहरु सुरक्षित हुन्छन् ।) 
 तपाईलाई एक वर्ष अघिको कुनै एउटा फोटो आवश्यक परेको छ र फेसवुकको एल्बम एक एक गरी चहादै हुनुहन्छ भने अव यी झन्झट छोडिदिनुस् । एक क्लिकमै भएभरको चिरिप्पै फोटो Download गर्न सक्नुहुन्छ । तपाईले प्रोफाईलमा अपलोड गर्नुभएको फोटो मात्रै हैन ट्याग गरिएको  फोटो पनी सहजै रुपमा डाउनलोड गर्न सकिन्छ । भिडियो पनी Download गर्न सक्नुहुन्छ । 
अ,अनि अर्को कुरा तपाईले जस्तो साईजमा फोटो अपलोड गर्नुभएको थियो Download गर्दापनी सोहि  आकार/प्रकारको पाउनुहुनेछ अर्थात तपाईको फोटोको साईजमा कुनै घटवढ हुनेछैन । 
कसरी ?
फेसवुकमा अपलोड गरिएको फोटो तथा भिडियो जिप फाईल एवं  पिडिएएफमा डाउनलोड गर्न सहज होस् भनेर PICK&ZIP  ले एउटा सफट्वेयरको विकास गरको छ । 

PICK&ZIP ओपन भईसकेपछि अव व्यानरमै लगईन बटम देख्नुहुनेछ, फेसवुक लगईन गर्नुभएको छैन भने त्यहाँवाट  पनी Sing Up  गरेर Join गर्न सक्नुहुन्छ ।

दोश्रो स्टेपमा भने के कस्तो फोटो डाउनलोड गर्ने भनेर देख्नुहुनेछ । 
 जस्तो कि तपाईलाई अरु साथीले ट्याग गरेको फोटोहरु मात्रै Download गर्ने हो, या आफैले अपलोड गरेको एल्बमको फोटो Download गर्ने हो ? आफुले छनोट गरिएका फोटोहरु मात्रै सेलेक्ट गरेर डाउनलोड गर्छु भन्नुहुन्छ भनेपनी सक्नुहुन्छ । त्यस्तै अपलोड भएका भिडियोपनी Download गर्न सक्नुहुन्छ ।

Download भईसकेपछि भने यस्तो देख्नुहुनेछ ।  छोटो समयमा धेरै फोटोहरु Download गर्न चाहिरहनुभएको छ भने यो नै तपाईको लागी छोटो वाटो हुनसक्छ । 🙂

7 Comments

Leave a Reply