एकै क्लिकमा ट्वीटरका फेक युजर एवं अनफलोअर्स पत्ता लगाउनुस्

– ट्वीटरमा धेरै प्रकारका मानिसहरु भेटिन्छन् । पब्लिक फिगर त हुन्छन् नै स्व:घोषित पव्लिक फिगर पनी भेटिन्छन् । ट्वीटरमा यस्तै हुन्छ, कसैले कसैको वास्ता नगरेपनी केहि फरक पदैन । मनमा लागेका खसखसहरु उकल्न र अरुका ट्वीट पढ्न पनी मज्जा नै हुन्छ । चर्चित व्यक्ति एवं घतलाग्दा ट्वीट गर्नेहरुलाई फलो गर्नेको ओईरो नै लाग्छ । आफुलाई फलो गरेपछि आफुले पनी फलो व्याक दिनैपर्छ भन्ने लाग्छ भने एकै क्लिकमा त्यो सम्भव छ । त्यस्तै हरेकको ट्वीटर ह्याण्डल हेरेर यो रियल हो वा फेक भनेर घोत्लिन पनी पदैन । अनी आफुलाई फलो गर्नेहरुले कतै अनफलो पो गरेकी भनेर माउस कर्सल तलमाथी किन गरिरहने ? ट्वीटर अटो फलो व्याक डटकमले सहजै रुपमा तपाईको घण्टौको काम मिनेटमा गरिदिनेछ । ट्वीटर प्रयोगलाई यो साईटले अझ सहज र सरल वनाउन सहयोग गर्नेछ ।
 1. Auto Follow Back
फलो गर्नेहरु जति सवैलाई अटो फलो व्याक दिन चाहनुहुन्छ भने सेटिङमा गएर चेक बक्समा एक क्लिक मात्रै गर्नुस् अटोफलो हुन सुरु हुन्छ । त्यस्तै सेटिङवाटै डाईरेक्स म्यासेज पठाउन वा निष्किृय वनाउन सकिन्छ ।
2. Not Following You Back
तपाईले फलो गर्नुभयो तर तपाईलाई अझै सम्म पनी फलो गरेको छैन  भने Not Following You Back अप्सनवाट ती व्यक्तिहरु थाहा पाउन सकिन्छ ।
3. Recent Unfollowers
पहिल्य फलो गरेर हालै क-कसले अनफलो गरे त सहजै रुपमा थाहा पाउन सकिन्छ । अनफलो गर्नुको कारण भनेको आफ्ना ट्वीट मन नपराउनु नै हो । तपाईको ट्वीटप्रती उनीहरु सहमत छैनन र अनफलो  गरेका हुन् ।  अनफलो गरिनुको अर्को मुख्य कारण के पनी हो भने फलो व्याक पाउनको लागी पहिल्य फलो गर्छन र फलो व्याक पाईसकेपछि उल्टै आफैलाई अन फलो गरेर आफ्नो फलोअर्स वढी देखाउछन् ।
4. Fake User 
तपाईले ट्वीटर चलाउदै गर्दा के कती फेक एकाउण्ट छन् । के कती निश्त्रिय छन् र कति चै रियल छन् त्यो जानकारी प्रतिशतमा थाहा पाउन सकिन्छ ।
5. Direct Message 

तपाईले आफ्नो फलोअर्सलाई सिधै १ सय ४० अक्षरसम्मको म्यासेज गर्न सक्नुहुन्छ । हरेक फलोअर्सले  तपाईको Direct Message म्यासेज पाउनेछन् । कम्पनी तथा सघंसस्थाको मार्केटिङ गर्दै हुनुहुन्छ भने आफ्ना उत्पादनको प्रवद्धन गर्न Direct Message गतिलो माध्यम हुनसक्छ ।    तर यो सुविधा निशुल्क छैन, डाईरेक्ट म्यासेज पठाउन भने शुल्क तिर्नुपर्ने हुन्छ । लाग्ने शुल्कको तालिका यस्तो छ ।

यति पढीसकेपछि अव म पनी ट्वीटर एकाउण्ट चेक नगरी कहाँ छोड्नु भन्ने लागेको छ भने यहाँ गएर लग ईन  गर्न सक्नुहुन्छ ।

Leave a Reply