ईन्टरनेटमै दशै

– नेपालीहरुको महान चाड दशै भित्रिसकेको छ । देश विदेशमा रहेकाहरु आफन्त सम्झेर गाउँघर फर्कनेक्रम रोकिएको छैन । भर्चुअल संसारवाट भेटघाट भएकाहरु यो समयमा भने  रियलमै भेटघाट गरिरहेका छन् । आफन्तसगँ सगै रहन पाएपछि मानिसहरुमा जति खुसीको अनुभुती छाएको छ,घरमै वसेर ईन्टरनेटमै दशै मनाउनेहरुको लागी पनी भिन्नै प्रशन्नताको उन्माद देखिएको छ । अन्य समयमा ईन्टरनेटमा बस्न र रमाईलो कुराकानी गर्न नपाईने त होईन तर यो समय भनेको पुर्ण रुपमा फुर्सदिलो समय हो । कामको वोझ तथा जिम्मेवारीवाट लामो सास फेर्ने समय भएकाले पनी ईन्टरनेट चलाउनुको छुट्टै मज्जा छ ।  प्रविधिको चरम विकास भईरहेको समयमा कम्प्युटर तथा ल्यापटप लिएर घरमै कुजिएर वसिरहनुपनी पदैन । मोवाईलवाटै सहज रुपमै विश्वलाई नियाल्न सकिन्छ । जे जस्ता जिम्मेवारीवाट टाढा भएपनी ईन्टरनेटवाट त किन टाढा हुन सकिन्थ्यो र,ईन्टरनेटको प्रयोग त अहिल्य नियमित नित्यकर्म नै हो भन्दा फरक पदैन । मनमा छाएको खुसीलाई ईन्टरनेटवाट सेयर गर्ने सयम वनेको छ कारण कुनै हतार र व्यस्तता पटक्कै छैन । 

यो फुर्सदिलो समयमा झापाका पवन पौडेलले भौगोलिक रुपमा टाढा रहेकी आफ्नी प्रेमिकालाई भावनात्मक रुपमा नजिकाउने समयको रुपमा लिएका छन् । उनी अमेरिकामा रहेकी आफ्नी प्रमिकासगँ ईन्टरनेटमा कुराकानी तथा देखादेख गरेर दशैमा निकै रमाईलो र समयको उपयोग गर्ने सोचमा छन् । पौडेल भन्छन् अन्य समयमा कामको व्यस्तताले आफ्नी प्रेमिकासगँ राम्रोसगँ कुराकानी गर्न सकिएको थिएन अव यो दशैको समयमा धेरै कुराकानी गर्नेछु  । म फुर्सदिलो हुदा उनि व्यस्त हुने ,  उनि र्फुसदिलो हुदा म व्यस्त हुने कारणले पछिल्लो समय हाम्रो राम्रोसगँ कुराकानी हुन पाईरहेको थिएन तर यो दशैमा फेसवुक तथा स्काईपमा धेरै रमाईला कुराकानी गर्ने योजनामा रहेको  पौडेल वताउछन् । 
पौडेललाई मात्र होईन दाङका उमेश सुवेदीले पनी दशैभर  ईन्टरनेटसगै रमाउने सोचमा छन् । काठमाण्डौमा काम तथा अध्ययन गर्दै आएका सुवेदी गाउँमा पुगेपछि भने मोवाईलवाट ईन्टरनेट चलाउने र स्थानिय मेलाको फोटो फेसवुकमा अपलोड गर्ने सोचमा छन् । रोल्पा जिल्लाको गजुल गाविस स्थित  पानिपोखरा घर भएका सुवेदी भन्छन् घरमै नमस्ते मोवाईलको टावर देखाउदैन र घरभन्दा माथि गजुँरकोट भन्ने डाँडामा जानुपर्छ , त्यो डाँडाँमा दशैको मौका छोपी रोजगारी,विदेशीएका तथा अन्य कारणले घर छोडेकाहरु फर्किएपछि ईन्टरनेट चलाउन भनेर जम्मा हून्छन् र एक प्रकारको मेला नै लाग्छ । ईन्टरनेट चलाउन आउनेहरुको ठुलो जमातमा सो डाँडाँ सुख दुखका कुरा गर्ने थलो सावित हुने सुवेदी भन्छन् ।  कसैले क्यामारवाट फोटो खिच्ने, कसैले फोन गर्ने त कसैले ईन्टरनेट चलाउने गर्छन, त्यस्तो वातावरण देख्दा निकै खुसी लाग्छ, सुवेदी  वताउछन् । उनि भन्छन्  दशैको अष्ठमीका दिन गाउँमा लाग्ने मेलाको फोटो ईन्टरनेटमा राखेर विदेशमा रहेका आफन्त साथीभाईलाई देखाउदै गाउँघरको सम्झना र झल्को दिने सोचमा छु । 
 गाउँघरमा ल्यापटप तथा कम्प्युटरवाट ईन्टरनेट चलाउन धेरै समस्या हुन्छ ।  तर भर्चुअल संसारवाट  टाढा हुन नपरोस भनेर सिन्धुली रतनचुरा गाविस वडा नम्वर  ९ का ज्ञानेन्द्र विक्रम वानिँयाले भने ईन्टरनेट चलाउन मिल्ने मोवाईल किनेका छन् । वानिँया भन्छन् पहिलेको मोवाईल साधारण थियो, फोन गर्न मात्रै मिल्थ्यो , तर अहिल्य भने ईन्टरनेट चलाउन मिल्ने किनेको छु । वानिँया भन्छन्  सदमुकामवाट मेरो घर टाढा छ, त्यहाँ विजुली तथा ईन्टरनेटको सुविधा छैन , नमस्ते मोवाईलको  नेटवर्क हुनेभएपछि  ईन्टरनेट चलाउन सजिलो हवस् र साथीभाईवाट टाढा हुन नपरोस् भनेर नोकियाको ११० नम्वर मोडलको मोवाईल किनेको छुँ ।  दशैमा मासु खादै गाउँमा रमाईलो गरेको फोटो फेसवुकमा हाल्ने र आफ्ना साथीभाईलाई देखाउने उनको रहर छ ।  घरपरिवारमा आफन्त र अनलाईनमा साथीभाईसगँ भेटघाट कुराकानी गर्नुको मज्जा नै भिन्ने हुने वानिँया वताउछन् ।
 उनि मात्रै हैन दशैभर ईन्टरनेटमै रहने फिल्म निर्देशक विश्वदिप घिमिरे वताउछन् ।  भर्खरै छायाँकन सकेर सम्पादनमा रहेको फिल्म शुटको प्रचारप्रसारको लागी दशै तिहार जस्ता चाडवाडमा पनी ईन्टरनेटमै रमिरहेको  घिमिरेको योजना छ । उनि भन्छन् म फिल्म क्षेत्रमा लाग्नुभएका साथीभाईलाई फेसवुक,ईमेलवाट शुभकामना वाडिरहेको छु र चलचित्र हेर्न तथा प्रमोटको लागी लागिपरेको छु । जनकपुरका तरुण कुमार कर्ण पेशा सरकारी जागिरे हुन्, वर्दियामा कार्यक्षेत्र रहेका कर्ण दशैमा घर फर्किएका छन् । कर्ण दशैभर जनकपुरका विभिन्न धार्मिक क्षेत्रमा दर्शन तथा भ्रमण गर्ने र आफ्ना साथीभाईलाई ईन्टरनेटवाट सम्पुर्ण जानकारी तथा फोटोहरु देखाउने वताउछन् । कर्ण भन्छन् यो समयमा जे जस्तो महत्वपुर्ण कामपनी ईन्टरनेटवाटै भईरहेको छ , त्यसैले दशै भन्नसाथ ईन्टरनेटवाट टाढा रहन सक्दिनँ ।  अरु महत्पुर्ण समयमा त ईन्टरनेटवाट टाढा हुन नसकिरहेको वेलामा यो फुर्सदिलो समयमा भने किन ईन्टरनेट छोड्न सक्छौ र । मानिसहरु भन्ने गर्छन वरु एक छाक खान विर्सिएला तर ईन्टरनेटमा वस्न विर्सिदैन ।  – अन्नपुर्ण पोष्टमा प्रकाशित लेख ।  

Leave a Reply