‘ईन्टरनेटमा यस्तो छ ~ विश्व रेकर्ड’

–  अघिल्लो पोष्टहरुमा गुगल,फेसवुक,ट्वीटर लगायतमा भएका रोचक एवं विश्व रेकर्ड खोजी गरेको थिए । ईन्टरनेटमा विश्व रेकर्ड राख्नेहरुको खोजी क्रम जारी छ । केहि रेकर्डहरु पढ्नुस् :

❶ दक्षिण अमेरिकी मुलुक कोलम्वियाका माईक स्मिथले गुगल क्रोममा निरन्तर २६ सय १० न्यु ट्याव खोलेर विश्व रेकर्ड राखेका छन् । त्यस्तै मुजिला फायरफक्समा ११ हजार ४ सय ११ न्यु ट्याव खोलेर अमेरिकाका जष्टिन व्याकंले विश्व रेकर्ड राख्न सफल भएका छन् । 

 ❷  अमेरिकाका केरल हाईटीले फेसवुकमा ३ हजार ४ जनाले फ्रेन्ड रिक्वेष्ट आएको थियो । उनले ती रिक्वेष्टलाई सन् २०११ मा एसेप्ट गर्दा विश्व रेकर्ड रहन गएको छ ।

❸ अमेरिकाका रिले उडले ७ लाख २० हजार ४ सय ८४ मिनेट ३१ सेकेन्ड स्काईप कल गरेर विश्व रेकर्ड राखेका थिए । मार्च १७ सन् २०१२ मा उनले सो रकर्ड राख्न सफल भएका हुन् ।

 ❹ ब्राजिलका माक्रो अरुजोको जिमलेमा ३ लाख २६ हजार ५ सय ४८ ईमेल आएको थियो । जुन २ सन् २०१० उनको जिमलेमा वढी मेल आएर रेकर्ड दर्ता भएको छ । त्यस्तै इंगल्याण्डका एडम हार्टस्होर्नको जिमलेमा भने २ लाख २१ हजार ९ सय ३१ स्पाम ईमेल आएको थियो । उनकै एकाउण्टमा आएको स्पाम इमले हालसम्म कसैको जिमेलमा आएको छैन ।

❺  क्यानडाका टिम क्लोस्कीले चार दशमलव ३८ सेकेन्डमा एउटा डकुमेन्टलाई बेवसाईटमा अपलोड गरेर विश्व रेकर्ड राख्न सफल भएका छन् । यसअघि स्विडेनका डेनिस डेरभिस्भिकले ७ दशमलव ७० सेकेन्डमा रेकर्ड राखेका थिए ।  

2 Comments

Leave a Reply