आयुर्वेदिक घरेलु औषधी नीम – नाम एक उपचार अनेक

तीतोको पर्यायवाची शब्द हो नीम । नीम (Neem) आयुर्वेदिक औषधीय गुण भएको रुख हो । खान निकै मुस्किल हुने नीमका फाइदा भने अनेक छन् । नीमको महत्व बुझेकाहरुले यसबाट लाभ त लिइनै रहेका छन् नै यदि तपाइलाई यसको प्रयोग र प्रभावको बारेमा थाहा थिएन भने आजैबाट बहुउपयोगी नीमको बारेमा थाहा पाउनुहुनेछ । नीमको पात, डाठ, बोक्रा एवं दानालाई रस, तेल बनाएर दैनिक प्रयोग गरेमा यसबाट धेरै भन्दा धेरै स्वास्थ्य समस्याको समाधान गर्न सकिन्छ ।

नीम – नाम एक उपचार अनेक

  • भोक नलागेमा

नीमले भोक जगाउछ, खान रुची नहुनेहरुको लागि पनि अत्यन्तै लाभदायक छ । यसले दिशा पनि सफा गर्ने गर्दछ भने शरीरमा रोगको संक्रमणलाई प्रवेश गर्न दिदैन । शरीरभित्र र बाहिरका घाउँखटिराको लागि समेत नीम लाभदायक छ ।

  • ज्वरो आएमा

ज्वरो आएको समयमा नीमको ब्रोक्रा र पातलाई पानीमा उमालेर दैनिक १ गिलास खार्ने गर्नाले कुनै पनि औषधीले नछोएको ज्वरोलाई समेत नीमले काम गर्छ । नियमित एक गिलास नीमको रस पिएको केही दिनमै ज्वरोबाट राहत पाउन सकिन्छ भने पुरानो ज्वरोलाई पनि नीमको नियमित प्रयोगले ठीक बनाउन सकिन्छ । नीमको बोक्रा, सुठो, मरिच एवं कुटकी बराबर मिलाएर बनाइएको धुलो पाउडर मनतातो पानीसँग बिहान बेलुका सेवन गरेमा औलो ज्वरो पनि विस्तारै निको हुदै जान्छ ।

  • नाक, कान एवं आँखा दुखेमा

ताजा नीमको पातलाई निचोरेर बनाइएको रस २/३ थोपा नाकमा हाल्ने हो भने नाक दुखेको ठिक हुन्छ । नीमको पातलाई आगोमा तताएर कानमा २/३ थोपा हाल्ने गरेमा पनि कान दुख्ने तथा कान पाक्ने समस्याबाट छुट्कारा पाउन सकिन्छ । नीमको पातको रसलाई आँखा दुखेको समयमा पनि प्रयोग गर्न सकिन्छ । जुन आँखा दुखेको छ सोही पट्टिको कानमा २/३ थोपा रस नीम हाल्दा पनि आँखाको दुखाई कम हुन्छ । आँखा धमिलो देख्ने अथवा फूलो परेको खण्डमा पनि नीमको प्रयोग प्रभावकारी हुन्छ । नीमको तेल आँखामा लगाउने र खाली पेटमा यसलाई पानीमा उमालेको रस पिउनाले पनि रतन्धोबाट मुक्ति पाइन्छ ।

  • अपच, झाडा एवं हैजा भएमा

अपच अर्थात अरुची भएको समयमा पनि नीमको प्रयोग निकै लाभदायक हुन्छ । नीमको पाकेको ५ ७ वटा दाना नियमित खाने गरेमा अपच कम हुदै जान्छ । नीमको बोक्रालाई पानीमा उमालेर नियमित एक गिलास खाएको खण्डमा पनि झाडा निको हुन्छ । त्यस्तै हातगोडामा नीमको तेल लगाएर मालिस गर्नाले हैजा जस्ता रोगबाट मुक्ति मिल्छ । जुका परेको समयमा पनि नीम प्रभावकारी हुन्छ । खाना खाइसकेपछि नीमको रस अथवा तेल केही थोपा खाने गरेमा त्यसको केही दिनमै पेटको जुका मर्दछ ।

यो पनि: यस कारण खानुस् तुलसी | यस्ता छन् १० चमत्कारिक फाइदा

  • डण्डीफोर एवं छालाको समस्या भएमा

नीममा एन्टी इंफ्लेमेट्री तत्व पाइने हुँदा यसले डन्डीफोरको समस्यालाई समेत समाधान गर्दछ । नीमको रस बनाएर नियमित अनुहारमा लगाउनाले डण्डीफोरका साथै चाया पोतो लागायतको समस्याबाट पनि मुक्ति दिलाउँछ । नीमले शरीर तथा अनुहारको छालालाई आकर्षक बनाउन पनि महत्वूर्ण भूमिका खेल्दछ । नीमको रसलाई नियमित चियाकफी झै मानेर पिउने हो भने यसले छालाको रंग निखार्नको लागि महत्वपूर्ण भूमिका खेल्दछ । नीम रगत शुद्ध पार्ने अचुक औषधी हो । यसमा शरिरको कोलेस्ट्रोल घटाउने एवं नष्ट गर्ने क्षमता हुन्छ ।

  • मुटु एवं कलेजोको समस्या देखिएमा

नीमको जुस नियमित रुपमा सेवन गर्नेहरुमा मुटुसम्बन्धी रोग देखा पदैनन् भने हृदयघातको सम्भाव्यता अत्यन्त कम हुन्छ । कलेजोलाई स्वस्थ राख्नुका साथै कलेजोको कार्यक्षमतालाई मजबुत बनाउन समेत नीम लाभदायक छ ।

  • ब्लडप्रेसर एवं सुगरको समस्या देखिएमा

नीमको जुस नियमित सेवन गर्नेहरुलाई ब्लडप्रेसर एवं सुगर रोग नै हुदैन किनभने यसले शरिरको चिनी एवं बोसोको मात्रालाई एकदमै नियन्त्रणमा राख्दछ । नीमको पातको खरानी बिहान बेलुका आधा एक चम्चा केही हप्तासम्म खाएमा पत्थरीको समस्याबाट समेत राहत पाइन्छ ।

  • किरा फट्याङग्राले टोकेमा

नीमको प्रयोगबाट अन्य धेरै स्वास्थ्य समस्याबाट मुक्ति पाउन सकिन्छ । जस्तै शरीरमा दूबी देखिएमा केही पात नीम र उत्तिनै मात्रामा बकाइनोको पात पिसेर लेपन गर्दा पनि यसबाट छुटकारा पाउन सकिन्छ । किराफट्याङग्राले टोकेको अवस्थामा पनि नीमको लेप लगाउन सकिन्छ । जस्तै बिच्छी, बारुलाले टोकेको खण्डमा नीमको पातलाई कुटेर रस निकालेर टोकेको ठाउँमा दल्नाले पनि आराम मिल्छ ।

यो पनि: जानिराख्नस् प्राकृतिक रुपमै मोटोपन घटाउने यी हुन् अचुक सुत्रहरु

Leave a Reply