आखाँकै ईसारामा चल्छ Samsung Galaxy-S4

– सामसुङ ग्यालेक्सी एसथ्रीले स्मार्ट फोनको बजार पिटेको थियो । एसथ्रीमा धेरै आकर्षण फिरचहरु थिए र सोहि कारणवाट पनी प्रतिस्पर्धी कम्पनी एप्पलको आईफोन फोरएसको विक्रिलाई ठुलै धक्का लगाउन सफल भएको थियो । सामसुङ ग्यालेक्सी एसथ्रीले बजार जमाउन थालेसगै अन्य पुराना नाम चलेका स्मार्ट फोन कम्पनीहरु पछिका पछिनै भएका छन् । विक्रि र पपुलारिटीलाई हेर्दा कोरियन कम्पनी सामसुङले ग्यालेक्सी एसफोर बजारमा ल्याएसगै फेरी पनी स्मार्ट मोवाईलको बजारलाई एक पक्षिय  वनाउने निश्चित छ ।
 उदाहरण नेपालनै छ । नेपाल जस्तो सानो देशमा पनी ग्यालेक्सी एसथ्रीको विक्रि दश हजार भन्दा वढी भईसकेको छ । ६० हजार नेपाली रुपैयाँको हाराहारीमा विक्रि भएको एसथ्री दश हजारभन्दा वढी नेपालीले खरिद गर्नु भनेको कुनै ठट्टाको विषय होईन । नेपाली ग्योजट्सप्रेमीहरु कतिसम्म सुविधा सम्पन्न स्मार्टफोन चाहन्छन् र यसप्रतीको क्रेज कस्तो छ ?  भन्ने वुझ्न पनी एसथ्रीको विक्रिलाई नै उदाहरणको रुपमा हेर्न सक्छौ ।  
नेपालमा सामसुङको स्मार्ट फोन भित्राउदै आएको आधिकारीक कम्पनी ईन्टरनेशनल मार्केटिङ सर्भिसेजका कार्यकारी अध्यक्ष दीपक मल्होत्रा यसै भन्छन् “ग्यालेक्सी एसथ्री लञ्च गर्दैगर्दा के कति न अडर आउला भन्ने लागेको थियो, उच्च मुल्यकै कारण नेपालीले नरुचाउन पनी सक्छन् भन्ने थियो तर सोचेको भन्दा ठिक उल्टो भयो, दशौ हजारको सख्यामा ग्यालेक्सी एसथ्री विक्रि भईसकेको छ ।” सामसुङले आफ्नो चौथो पुस्ताको स्मार्टफोन ग्यालेक्सी एसफोर मार्च महिनामा अमेरिकामा लञ्च गरेसगै नेपालमा पनी लञ्च गरिसकेको छ । 
ग्यालेक्सी एसफोरलाई  सन् २०१३ मा वर्ष उत्कृष्ठ ग्याजेट्स हुने भनेर पुर्व मुल्याकंन नगरिएको पनी होईन । यसै कारणले पनी ग्यालेक्सी एसफोरले एप्पलको आईफोन फाईभको बजारलाई गम्भिर असर पार्ने निश्चित छ । ग्यालेक्सी एसथ्रीमा भएका फिचरलाई अपग्रेड गर्दै एसफोर बजारमा ल्याईएको हुदा थप फिचर र  क्वालिटीमा प्रयोगकर्ताले यो स्मार्टफोन प्रयोग पाएका छन्  । व्यग्र प्रतिक्षारत नेपाली उपभोक्ताले पनी ग्यालेक्सी एसफोरको मज्जा लिन सुरु गरिसकेका छन् । नेपालमा यो स्मार्टफोनको मुल्य भने ७१ हजार ९ सय पर्ने  सर्भिसेजले जनाएको छ ।

Galaxy S4 मा के छ ?
५ ईन्चको स्त्रिन डिस्प्ले भएको सामसुङ ग्यालेक्सी एसफोरलाई आखाँको ईसाराले चलाउन सकिन्छ । अचम्म त यो छ कि, आखाँकै हेराईले भिडियोको गति निर्धारण गर्न सकिन्छ । प्ले भईरहेको भिडियोलाई हेर्न छोडियो भयो भने स्वतं भिडियो पनी रोकिन्छ र पुर्न स्त्रिनमा दृष्टी लगाउनासाथ पज भएको भिडियो अटो प्ले हुनथाल्छ । यस स्मार्टफोनमा रहेका फिरचहरलाई आखैको माध्यमवाट स्क्रोल गरेर तलमाथी समेत गर्न सकिन्छ । यस्ता लोभलाग्दो फिचरकै कारणले पनी एसफोर प्रती मानिसहरु लालयित छन् । 

“सामसुङ एडप्ट डिस्प्ले” प्रकृतीप्रेमी प्रविधिवाट वाहिरी बातावरण अनुसार व्राईटनेस एवं कन्ट्रास्ट वनाएर प्रयोग गर्न सकिनेछ । एसथ्री भन्दा २० प्रतिशत वढी क्षमतावान र ठुलो व्याट्री रहेको एसफोरको  ७ दशमलव ९ मिमि मोटाई तथा १ सय ३० ग्रामको तौल रहेको छ । १ दशमलव ९ गीगाहर्ज अथवा  १ दशमलव ६ गीगाहर्ज प्रोसेसरका ग्यालेक्सी एसफोर  प्रयोग गर्न सकिनेछ । 
 एसफोरमा २ जिवीको र्याम क्षमता रहेको छ भने १६ जिवी,३२ जिवी र ६४ जिवीको स्टोरेज क्षमतामा एसफोर पाउन सकिनेछ  यदि यो भन्दापनी वढी मेमोरी क्षमता चाहिएको खण्डमा भने ६४ जिवि सम्म मेमोरी थप गर्न सकिन्छ  । यो स्मार्टफोनमा रहेको क्यामरा अन्य क्यामरा भन्दा कम क्वालीटी छैन अर्थात एसफोरमा १३ मेगा पिक्सलको क्षमतावान क्यामरा रहेको छ । यसवाट फुल एचडीमा भिडियो कैद गर्न सक्नेछ भने फ्रन्ट साईडमा दुई मेगापिक्सलको क्यामरा राखिएको छ । पलभरमै फोटो खिच्नको सकिने लगायत सुविधा रहेको यो स्मार्टफोनमा अन्य आश्चर्यजनक विशेषता पाउन सकिन्छ । २५ वैशाख २०६९ मा अन्नपुर्ण पोष्टमा प्रकाशित । 

One Response

Leave a Reply