आईफोन ५ को उच्च मागले एप्पलको सेयरपनी वढ्यो

– पछिल्लो दिनमा बजारमा आएको आईफोन ५ ले २० लाख अर्डर पाएपछि  एप्पलको शेयर लगभग ७ सय डल्लरको  हाराहारीमा पुगेको छ । एप्पलको अनुसार यस हप्ताको अन्तमा नै धेरै मान्छेको हातमा फोन पुगिसक्नेछ भने अन्य वाकिँले अक्टोवरसम्म प्रतिक्षा गर्नुपर्नेछ । 
एप्पलको शेयर ८ दशमलव ५० ले वढेर  ६९९ दशमलव ७८ डलरमा पुगेको छ, यो   १ दशमलव २३ प्रतिशत बृद्धिदर हो ।  यस वर्षको सुरुवातदेखी लिएर अहिल्यसम्म  ७० प्रतिशतले सेयरमा वृद्धि भएको एप्पलले जनाएको छ । एप्पलका फिलिप शिलरले भनेका छन् ग्राहकहरु यस विषयलाई लिएर धेरै नै उत्साहित  छन् । 
त्यस्तै पहिलेको रेकर्डमा आईफोन ४ एस ले २४ घण्टामा १० लाख अर्डर आएको थियो भने आईफोन ४ ले केवल ६ लाख अर्डर पाएको थियो । कम्पनीको ताजा रिपोर्ट अनुसार आईफोन ५ को विक्रि नै एप्पलको भविष्यको लागी अहम भुमिका खेल्नेछ । तर आउदो महिनामा एप्पलले यो माग पुरा गर्न सक्छकि सक्दैन त्यो भने हेर्न बाकी रहेको बिबिसीले जनाएको छ ।   

Leave a Reply