अमला – शिरदेखी पाउँसम्मका अगंलाई लाभदायक फल

प्रसिद्ध आयुर्वेदिक औषधी त्रिफलाको मिश्रणमा प्रयोग हुने ३ फलमध्ये एक महत्वपूर्ण जडिबुटी हो अमला । टर्रो र अमिलो स्वादको अमलालाई भिटामिनको राम्रो श्रोतको रुपमा लिइन्छ । मानव स्वास्थ्यको लागि मात्रै महत्वपूर्ण नभएर यसलाई हिन्दु धर्ममा पनि पुजनिय फलको रुपमा लिइन्छ । यो किनपनि बढी नै महत्वपूर्ण भनिएको भने ३ वटा सुन्तलामा हुने भन्दा बढी एउटा अमलामा धेरै भिटामिन एवं लाभ गुण यसमा पाइन्छ । अमलाको मुख्य फाइदाहरु यस्ता छन् :

टर्रो अमला – गुलिया फाइदाहरु

  • कपालको चाया हटाउछ

कपाल कन्याउदै यो लेख पढ्दै हुनुहुन्छ भने तपाई सही ठाउँमा आइपुग्नुभयो । अमलाको रस अथवा पानीमा भिजाएको अमलाको चुर्णले टाउको धुने गर्दा कपालको चाया हट्छ । त्यस्तै ध्यान दिनुपर्ने कुरा के भने कपालको रौंको जरासम्म पुग्ने गरी मालिस गर्नाले चाया हट्नुका साथै कपाल चम्किलो र नरम समेत हुन्छ । अमलाको अर्को प्रभावकारी फाइदा यसले कपाल टुक्रन दिदैन ।

  • आँखाको दृष्टी क्षमता बढाउछ

अमलाले आँखाको दृष्टी क्षमतालाई शक्तिशाली बनाउछ । अमलाको चुर्ण धुलोलाई गाइको ध्यू अथवा महमा मिलाएर बिहान बेलुका नियमित सेवन गर्नाले आँखाको दृष्टी क्षमता बढ्छ । अमलाको रसलाई महमा मिलाएर खाने गर्नाले पनि मोतिविन्दु लगायत आँखा सम्बन्धी रोग निवारण हुन्छ ।

  • मुख गन्हाउन छाड्छ

नियमित रुपमा अमला खानेहरुमा मुख गन्हाउने समस्या हुदैन । अमलाको रसले मुख कुल्ला गर्ने र चुर्णले दात सफा गर्ने गरेमा दातको सुन्दरताको साथै स्वास गन्हाउने समस्या कम हुदै जान्छ ।

  • पेट सफा गर्छ

दैनिक एउटा अमला खानेहरुमा पेटको समस्या हुदैन । ग्याष्ट्रिक, अपच, कब्जियत जस्ता पेट सम्बन्धी समस्या नियन्त्रण गर्न अमला प्रभावशाली औषधी हो । अमलाको रस अथवा सुकेको धुलोलाई दुधमा मिलाएर पिउनाले कुनै पनि रोगले आक्रमण गर्न सक्दैन ।

यो पनि: हर्रो कस्तो फल हो? टर्रो स्वादको हर्रोको फाइदा जानिराख्नुस्

  • मधुमेह एवं चिनी रोग नियन्त्रण गर्छ

अमला डाइबिटिज् (मधुमेह) र सुगर (चिनी) रोग भएकालाई समेत प्रभावकारी औषधी हो । अमलाको रस तथा धुलोलाई दुधमा मिलाएर खाएमा मधुमेह एवं चिनीरोग नियन्त्रण गर्छ । यसमा पाइने फाइबरले पाचन प्रणालीलाई मजबुत बनाउने हुँदा चिकित्सकले समेत नियमित अमला खान सल्लाह दिइरहेका हुन्छन् ।

  • युरिक एसिड एवं किड्नीका बिरामीलाई लाभदायक छ

पत्थरी, यूरिक एसिड एवं मृयौला सम्बन्धी समस्याबाट बच्न अमला लाभदायक फल हो । अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्ने तथा मृगौला सम्बन्धी समस्या देखा पदैनन् । अमलाले शरीरमा भएका अनावश्यक नुनिलो एवं अम्लिय विकार पदार्थ निकाल्ने हुँदा युरिक एसिडको समस्या कम हुदै जान्छ । पत्थरीको समस्या भएकाहरुले अमलाको धुलोलाई मुलाको जुससँग मिलाएर ४ हप्तासम्म नियमित पिउने गरेमा पत्थरीको समस्या कम हुदै जान्छ ।

  • रगत शुद्ध बनाउछ

दैनिक अमलाको रस पानी अथवा दुधमा मिसाएर सेवन गर्ने हो भने यसले रगत शुद्ध बनाउने काम गर्छ । साथै यसले शरीरलाई समेत स्वस्थ्य राख्छ । अनिन्द्रा जस्ता समस्या भएकाहरुलाई समेत अमला खादा निन्द्रा पर्छ ।

यो पनि: आयुर्वेदिक घरेलु औषधी नीम – नाम एक उपचार अनेक

Leave a Reply