अनौठा मार्क जुकरवर्ग

– मार्क जुकरवर्ग फेसवुक सस्थापक हुन् । उनी एक मध्यम  परिवारमा अमेरिकाको न्युयोर्कमा सन् १९८४ मे १४ मा जन्मिएका थिए । हार्डवर्ड विश्वविद्यालयमा पढ्दै गर्दा उनले सन् २००४ मा फेसवुकको स्थापना गरेका हुन् । कलेजवाट  सुरु भएको फेसवुक अहिल्य विश्वमा फैलिएको छ । जुकरवर्ग  छोटो समयमा धनाढ्य हुने विश्वमै सवैभन्दा कान्छा अर्वपतीमा पनी पर्दछन् । उनको आश्चर्यलाग्दो अविष्कारले विश्वलाई निकै नै साधुरो वनाईदिएको छ ।
जुकरवर्गको अविष्कारले  भौतिक दुरीमा टाढा भन्ने शव्द लाई नै टाढै धकेलिदिएका छन् । सम्पर्क विच्छेद भएका,विछोडिएका आफन्त साथीभाइलाई  मिलन गराउने स्थान भएको छ फेसवुक । यो आश्चर्यलाग्दो अविष्कार गर्ने मार्क जुकरवर्ग पनी निकै अनौठा छन् । तपाईहामीले हेरिरहेकै कुरा हो , फेसवुकको डिजाईन निलो रगंको छ, किन निलो रगंमै फेसवुकको डिजाईन गरिएको होलात ? दि न्यु योर्करसगँ उनले भनेका छन्  निलो सम्पन्न र उत्कृष्ठ रगं हो त्यसैले सो रगंको प्रयोग गरिएको छ । अन्य रगंले अन्धो वनाउछ । उनले भने जसै फेसवुकले करोडौ डल्लर कमाईरहेको छ । केहि समयअघि मात्रै सस्थापक जुकरवर्गले फेसवुकमा लेखेका छन् हाल विश्वमा एक बिलियन मानिसले प्रत्येक महिना फेसवुकको प्रयोग गरिरहेका छन् ।
 नेपालमा मात्रै १९ लाखभन्दा वढी फेसवुक प्रयोगकर्ता छन् ।  विश्वका मानिसको जिवनसाथी वनिसकेको फेसवुकले धेरै पैसा पनी कमाएको छ ।  अचम्म त के छ भने  जुकरवर्ग पैसा कमाउनु आफ्नो रुची भित्र नपर्ने वताउछन् ।  वाशिङटन पोष्टसगँ उनले भनेका छन् मलाई पैसा कमाउनसगँ रुची छैन, पैसा कमाउछु धनी हुन्छु भनेर फेसवुक वनाएको हैन,त्यो मेरो पहिलो लक्ष्यमा पदैन , पहिलो लक्ष्य भनेको विश्वलाई फेसवुकको माध्ययमले जोड्न सफल हुनु हो ।  पशुपक्षी मार्न र खान निकै सौखिन जुकरवर्गले प्रत्येक दिन मासु खाने गरेको सन् २०११ मा वताएका थिए सो समाचार विश्वका सञ्चारमाध्यमले प्रथामिकताका साथ प्रकाशित गरेका थिए  । समाचारमा भनिएको थियो, माशांहारीको विरोध गर्ने शाकाहारी अभियानकर्मीलाई ठुलो चुनौती ठडिएको थियो । सो समाचारले निकै चर्चा पायो ।
 मे १९ सन् २०१२ मा वैवाहिक वन्धमा वाधिएका जुकरवर्गले आफ्नो प्रेमिका प्रिसिल्ला चानलाई लगाईदिने औठी अरुको भन्दा फरक चाहन्थे । युनिक चाहने जुकरवर्गले प्रेमिकाको लागी आफैले रुवी एवं हिराको औठी डिजाईन गरेका थिए ।  त्यो औठी निकै नौलो डिजाईनको भएको वताईएको छ । विवाहपश्चात जुकरवर्गले आफ्नो विवाहको तस्विरहरु आफ्नो फेसवुक फ्यान पेजमा राखेका थिए । जसमा जुकरवर्ग टाईसुटमा ठाटिएका थिए । त्यो तस्विर देखेर धेरैले अचम्म मानेका थिए । अरु वेला टाई नलगाउनेले विवाहको दिनमा चै किन टाई लगाएको भन्दै धेरै फ्यानहरुले फेसवुकमा राखिएको सो फोटोमा  प्रतिक्रिया व्यक्त गरेका थिए । उनले भनेका छन् सन् २००९ को वर्षभरी मलाई टाई लगाउन गाह्रो भयो , सन् २००८ को सुरुवाती समयदेखी म धेरै चिन्तित थिए, कम्पनी र लगानीकर्ताको विषयले मलाई निकै व्यस्त वनाएको थियो । उनले भनेका छन् त्यो समयमा म अति नै व्यस्त र महत्वपुर्ण समयमा थिए ।  उनका अधिकाशं पछिल्ला तस्विरहरु  टिर्सट र जिन्स पेन्ट लगाएको देखिन्छ । 

जुकरवर्गलाई सवैभन्दा मन पर्ने जनावर कुकुर हो त्यो पनी पुली नाम गरेको हगेंरीको स्लिप डग । कुकुर भनेपछि भुतुक्कै हुने उनले आफ्नो फेसवुक टाईमलाईनमा त्यहि कुकुरको फोटो राखेका छन् । फेसवुकमा राखिएको सो कुकुरलाई साढे आठ लाख भन्दा वढीले लाईक गरेका छन् । उनले भनेको छन् म आफु एक्लैले सोच्न र सृजना गर्न गाह्रो हुन्छ, कुकरसगँको खेलाई र वसाईले धेरै कुराको सृजना गर्न मद्धत पुग्छ ।  जुकरवर्ग अनौठा हुनुको अर्को कारण वोलाउने नाम धेरै हुनु हो । हाम्रो घर समाज पनी एकै व्यक्तिलाई वोलाउन नाम त धेरै हुन्छ नै तर जुकरवर्गको वोलाउने नाम व्यक्तिपिच्छे फरक हुने वताईएको छ । 
उनको धेरै नाम भएको र धेरै नामले वोलाईने  सिएनएनले निर्माण गरेको एक रिपोर्टले जनाएको छ । सो रिपोर्टमा भनिएको छ उनलाई मिल्ने साथीले जुक भनेर वोलाउछन् । वुवाआमाले प्रिन्सली भनेर वोलाउछन् भने अन्यले फरक फरक नामले वोलाउने गर्दछन् । अरुलाई फेसवुकमै पागल वनाईदिने जुकरवर्ग भने फेसवुकवाट टाढा छन् यस अर्थमा कि हामी फेसवुकवाटै लाईक गर्छौ,कमेन्ट गर्छौ ,आफन्त साथीभाईलाई म्यासेज,भिडियोमा कुरा गछौ तर उनी भने घरपरिवारका सदस्यलाई केहि भन्नुप¥यो,म्यासेज पठाउनु प¥र्यो भने फेसवुक प्रयोग गदैनन । जुकरवर्ग आफु र परिवारको लागी मात्रै भनेर जुकनेट म्यासेन्जर प्रोग्राम चलाउछन् । घरपरिवारका सदस्यसगँ  चाडो भन्दा चाडो खवर आदानप्रदान गर्न सो म्यासेन्जर प्रयोग गर्ने गरेको वासिगंटनपोष्टले जनाएको छ । –यो लेख लिभिङविथ आइसीटी म्यागेजिनमा प्रकाशित भइसकेको छ ।

One Response

Leave a Reply